कञ्चनजङ्घा हीरक महोत्सवको अवसर पारेर आउँदो बैशाख ३ गते देखि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । हीरक महोत्सव भने बैशाख ५ गते देखि ७ गते सम्म हुने छ ।
महोत्सवको मूल आयोजक कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले बुधबार पत्रकार सम्मेलनमार्फत अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताबारे जानकारी दिएको हो । परिषद्का सदस्य तथा कञ्चनजङ्घा हीरक महोत्सव खेल समिति संयोजक सन्तोष लिम्बूका अनुसार भलिबल प्रतियोगितामा ताप्लेजुङका आठराई त्रिवेणी र मैवाखोला बाहेक ७ तथा पाँचथरको याङवरक गाउँपालिका सहित ८ टिमको सहभागिता रहने भएको छ । नकआउटका आधारमा खेल खेलाइने समेत लिम्बूले जानकारी दिए ।
प्रतियोगिताका विजेताले नगद २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ तथा उपविजेताले १ लाख ८ हजार ५ सय ८६ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् । प्रतियोगिताको म्यान अफ दि म्याचलाई नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगितामा विधागत पुरस्कारको समेत व्यवस्था गरिएको लिम्बूले जानकारी दिए । उनका अनुसार बिदागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा उत्कृष्ट डिफेन्डर,उत्कृष्ट सेटर,उत्कृष्ट ब्लकर,उत्कृष्ट सर्भर र उत्कृष्ट क्विकरलाई जनही नगद ३ हजार ५ सय रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र दिइने भएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख ९ हजार रुपैयाँको लागत अनुमान गरिएको समेत खेल संयोजक लिम्बूले जानकारी दिए । आयोजकले खेलमा सहभागी हुन आउने खेलाडीलाई दुरीका आधारमा यातायात,बास तथा खाना खर्च समेत उपलब्ध गराउने भएको छ । जस अनुसार पाँचथरको याङवरक गाउँपालिकाको टिमले यातायात,बास तथा खाना खर्चबापत ६० हजार रुपैयाँ पाउने छ । ताप्लेजुङका सिदिङ्वा र सिरिजङ्गा गाउँपालिकाले समान ५०–५० हजार पाउने छन् । यस्तै पाथीभरा याङवरक,मेरिङदेन,मिक्वाखोला र फुङलिङ नगरपालिकाले समान ४०–४० हजार रुपैयाँ पाउँदा गृह टिम फक्ताङलुङ गाउँपालिकाको टिमले २० हजार रुपैयाँ यातायात,बास तथा खाना खर्च पाउने भएको छ ।
प्रतियोगिताले स्थानीय खेलाडीलाई सशक्त बनाउनुका साथै खेलकुदका माध्यमबाट कञ्चनजङ्घा संरक्षण क्षेत्र र यहाँ रहेको पर्यावरणीय महत्वलाई प्रवर्द्धन गर्ने आयोजकले अपेक्षा लिएको छ ।