नेपाल सुपर लिग (एनएसएल) को पछिल्लो खेलमा काठमाडौं रेजर्स विजयी भएको छ।
दशरथ रंगशालामा सोमबार भएको खेलमा काठमाडौंले चितवन एफसीलाई २–० ले हराएको हो । जितसँगै काठमाडौंको प्लेअफ खेल्ने सम्भावना कायमै रहेको छ ।
दश खेलाडीमा सीमित चितवनलाई पराजित गर्न काठमाडौंका बाकारी माने र अमाडाउ डियोपले गोल गरे । कप्तान अन्जन विष्टले चितवनलाई अग्रता दिलाउन पाएको दुवै अवसरमा गोल गर्न सकेन ।
चितवन ५६ औं मिनेटमा दश खेलाडीमा सीमित बनेको थियो । युसुफ मलिकलाई बलले हानेपछि अलिजोन अलिजोनोभलाई रेफ्री प्रज्वल क्षेत्रीले पहेंलो कार्ड दिएका थिए। युसुफले पनि कार्ड खाएका थिए तर दोहोरो पहेंलो कार्ड पाउँदै अलिजोन भने मैदान बाहिरिएका थिए ।
६ खेलपछि २ जित, २ बराबरी र २ हारमा काठमाडौंको ८ अंक भएको छ। आजको हारपछि चितवनको यात्रा कठिन बनेको छ। पाँचौं खेलबाट चितवनको ७ अंक भएको छ। प्लेअफमा स्थान बनाउन अब चितवनले अन्तिम खेलमा धनगढी एफसीलाई हराउनु पर्नेछ । काठमाडौंले भने अन्य खेलको नतिजा कुर्नु पर्नेछ ।
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ। क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। २ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...