कार्ल्सबर्गको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा कार्ल्सबर्ग गल्फ क्लासिक प्रतियोगिता सम्पन्न भएको छ।
रोमाञ्चक एकदिवसीय गल्फ प्रतियोगितामा एक सय गल्फरहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका विजेताहरूलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरूण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए।
फुन्टसोक एन लामा ४२ अंक जोड्दै कार्ल्सबर्ग गल्फ क्लासिक प्रतियोगिताको विजेता भए। लामाले डेनमार्कको कोपनहेगनस्थित कार्ल्सबर्ग ब्रुअरीको ट्रिप पुरस्कारस्वरूप पाए। कुल ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टासी छिरिङले जिते। नामग्याल टी लामा ४० अंक जोड्दै रनरअप भए। महिलामा गीता गुरुङले २५ अंकसहित विजेता भइन्।
सिनियरतर्फ अर्जुनकुमार कार्की ३३ अंकसहित विजयी भए। सुस्मिता खड्का उपविजेता भइन्। छेवाङ शेर्पाले क्लोजेस्ट टु द पिन अवार्ड जिते। प्रकाश गुरुङले लङ्गेस्ट ड्राइभको उपाधि जिते।
मोस्ट बर्डिजको उपाधि पाँच बर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जितेका थिए। विजेताहरूलाई ट्रफी र काल्र्सबर्गको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।