अंकतालिकाको पुछारका टोलीबीच भएको भिडन्तमा झापा एफसीले बाँसबरी क्लबलाई हराउँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार झापाले बाँसबारीमाथि २–० को जित निकाल्यो। जितसँगै अंकतालिकाको पुछारबाट दोस्रो स्थानको झापालाई केही राहत मिलेको छ। झापाको जितमा शेरबहादुर धिमाल र असीमजंग कार्कीले गोल गरेका हुन्।
दुवै हाफमा समान एक गोल भए। यो जितसँगै झापा आठौं स्थानमा उक्लिएको छ। हारपछि बाँसबारीको शीर्ष डिभिजनमा पुग्ने सम्भावना कमजोर बनेको छ। तीन खेल बाँकी रहेको अवस्थामा बाँसबारी दोस्रो स्थानको श्री भगवतीभन्दा ६ अंकले पछाडि छ। श्री भगवतीले एक खेल कम खेलेको छ। शेरबहादुरले नवौं मिनेटमा झापालाई अग्रता दिलाएका थिए।
सेटपिस अवसरलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन्। निर्धारित समयको अन्तिम मिनेटमा असीमले झापाको जित सुनिश्चित गरे। ‘बी’ डिभिजन लिगमा अंकतालिकाको पुछारमा रहेको सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबविरुद्ध ३–१ को जित निकालेको छ। यो जितसँगै सरस्वतीले तत्कालका लागि रेलिगेसन क्षेत्र छाडेको छ।
सरस्वतीको जितमा विशेष लामा, फत्तेमान घले र विज्ञान खड्काले गोल गरे। ब्रिगेड ब्वाइजका लागि अभिषेक लामाले गरेको गोल सान्त्वना बन्न पुग्यो। यो जितसँगै सरस्वती ९ अंक जोड्दै १२औं स्थानमा उक्लियो। सरस्वतीले अंकतालिकामा सुधार गरेसँगै एक खेल कम खेलेको मध्यपुर युथ एसोसिएसन ८ अंकका साथ हालका लागि पुछारमा झरेको छ।
समान अंक जोडेको नयाँ बस्ती युवा क्लब गोलभिन्नताका आधारमा मध्यपुरभन्दा माथि छ। मध्यपुरले शुक्रबार १०औं चरणको खेलमा श्री कुमारी क्लबसँग खेल्ने तालिका छ।
उक्त खेल मध्यपुरको पक्षमा गए सरस्वती पुनः रेलिगेसन क्षेत्रमा झर्नेछ। हारसँगै बिग्रेड ब्वाइजले तालिकामा आफ्नो स्थान सुधार गर्ने अवसर गुमायो। बिग्रेड ब्वाइज १२ अंक जोड्दै नवौं स्थानमा यथावत् रह्यो। सरस्वतीविरुद्ध जित हासिल गरेको भए बिग्रेड ब्वाइज छैटौं स्थानमा उक्लिन्थ्यो। विशेष लामाले पहिलो हाफको अन्तिम मिनेटमा सरस्वतीलाई ब्रेक थ्रु दिलाएका थिए।
खेलको ७६औं मिनेटमा फत्तेमानले सरस्वतीको अग्रतालाई दोब्बर बनाए। सात मिनेटपछि अभिषेकले ब्रिगेड ब्वाइजका लागि एक गोल फर्काए। थप गरिएको इन्जुरी समयमा विज्ञानले सरस्वतीको जित सुनिश्चित गरे। लिगमा बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा तेस्रो स्थानको वीरगन्ज युनाइटेडले चौथो स्थानको ब्वाइज युनियन क्लबसँग प्रतिस्पर्धा गर्नेछ।