इण्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार रोएल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे लखनऊमा सुरु हुनेछ ।
शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स बिहीबार राति लखनऊ सुपर जाइन्ट्ससँग पराजित भएपछि शुक्रबार जित निकाले बेंगलुरु शीर्ष स्थानमा उक्लने छ । १३ खेलबाट १८ अंक भएको गुजरात शीर्ष र १२ खेलबाट १७ अंक भएको बेंगलुरु दोस्रो स्थानमा छन् । लिग चरणको आफ्नो अन्तिम खेलमा गुजरातले चेन्नई सुपर किङ्ससँग र बेंगलुरुले लखनऊसँग प्रतिस्पर्धा गर्नेछन् ।
पछिल्ला चार खेल लगातार जितेको विराट कोहलीको बेंगलुरु आजको खेलमा पनि सोही लय समाउने योजनामा हुनेछ । १२ खेलबाट मात्र ९ अंकमा आठौं स्थानमा रहेको हैदरावाद अंक सुधारको योजनामा मात्रै हुनेछ । जारी सिजन लय समाउन नसकेको हैदरावादले लिगमा खेलिएका १२ मध्ये ४ मा मात्रै जित निकाल्न सकेको छ ।