टेबल टेनिस खेलाडी छनोट
११ जेष्ठ २०८२
•
१ मिनेट पाठ
टेबल टेनिस खेलाडी छनोट
बागमती प्रदेश यु–१४ जुनियर खेलकुदका लागि काठमाडौं जिल्लाबाट शनिबार टेबल टेनिस खेलाडी छनोट भएका छन्।




पुरुष/महिलामा समान ३/३ गरी ६ खेलाडी छनोट भएका हुन्। पुरुषमा अर्नव श्रेष्ठ, आर्यन शाही र शम्भवराज वन्त छनोट भए। महिलामा प्रजिना महर्जन, यमिला श्रेष्ठ र अंशु खनाल छानिइन्। काठमाडौं जिल्ला टेबल टेनिस संघले लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना गरेको छनोट प्रतियोगिताको पुरुषमा २४ तथा महिलामा ८ खेलाडी सहभागी थिए।
अर्को समाचार
विश्व टिम टेबल टेनिस छनोट : शीर्ष चार वरीयताका खेलाडी सहभागी हुने
१३ साउन २०८२
•
३ मिनेट पाठ
विश्व टिम टेबल टेनिस छनोट : शीर्ष चार वरीयताका खेलाडी सहभागी हुने
नेपालका शीर्ष चार वरीयताका महिला र पुरुष खेलाडीले घरेलु भूमिमा हुने विश्व टिम टेबल टेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता खेल्ने भएका छन्।




नेपालसहित पाँच राष्ट्र सहभागी हुने साउथ एसियन रिजनल वर्ल्ड कप क्वालिफिकेसन आगामी बुधबारदेखि काठमाडौंमा सुरु हुँदै छ। उक्त छनोटमा नेपाली महिला र पुरुष टेबल टेनिसको शीर्ष चार वरीयताका खेलाडीले चुनौती प्रस्तत गर्न लागेका हुन्।  

अखिल नेपाल टेबल टेनिस संघले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै यस छनोट प्रतियोगिताबारे जानकारी दिएको हो। पुरुषमा संयोग कपाली, रुबिन महर्जन, राजीव चिकन्बन्जार र गनन्जय दाहालले खेल्नेछन्। महिलामा वियन्का राई, इभाना थापा, नविता श्रेष्ठ र योङ्गी पौडेलले चुनौती प्रस्तुत गर्नेछन्। नेपाली टोलीको मुख्य प्रशिक्षकमा मोहनदास वासुकला छन्।

उनको प्रशिक्षण टोलीमा सञ्जीवकुमार ढुंगेल र सन्ध्या शाक्यले साथ दिनेछन्। दुईदिने छनोट प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ। यो छनोट अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा नेपालमा हुन थालेको ठूलो प्रतियोगितामध्ये एक हो। यसअघि नेपालमै पेरिस ओलम्पिक र विश्वकपको क्वालिफिकेसन समान एक पटक भएको थियो। पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली क्षेत्रको छनोटबाट स्यान्टु श्रेष्ठ पहिलो हुँदै पेरिस ओलम्पिक खेल्न सफल थिए। तर, हाल अस्ट्रेलियामा रहेका स्यान्टुले यो छनोटका लागि नेपालबाट छनोट प्रतियोगिता भने खेलेनन्।  

प्रतियोगिताका निर्देशकसमेत रहेका आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले छनोटका लागि सबै खेलाडीलाई सूचना दिइएको उल्लेख गरे। अखिल नेपाल टेबल टेनिस संघले अर्को ठूलो प्रतियोगिता पनि नेपालमा गर्न लागेको हो। तर, यस छनोटमा भुटान र पाकिस्तानका खेलाडीको चुनौती रहने छैन। त्यसबाहेक नेपालसहित अन्य पाँच राष्ट्र ३४ खेलाडीले खेल्नेछन्। भारतबाट सर्वाधिक १० खेलाडी सहभागी हुनेछन्। नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सबाट समान आठ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यो राउन्ड रोबिन लिगका आधारमा हुने संघका महासचिव सिंहले जानकारी दिए। छनोट प्रतियोगितामा पहिलो हुने पुरुष÷महिला टोली विश्व टिम टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट हुनेछन्।

विश्व टिम टेबल टेनिस च्याम्पियनसिप इङ्ल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुनेछ। तर, घरेलु मैदानमा हुने छनोटमा दोस्रो भएमा नेपालले विश्व च्याम्पियनसिप खेल्ने अवसर पनि पाउनेछ। तर, भारतको उडिसामा अक्टोबर ११ देखि १५ तारिखसम्म हुने एसियन टिम टेबल टेनिस च्याम्पियनसिपमा भारतीय खेलाडी शीर्ष १२ स्थानभित्र रहँदा दक्षिण एसियाली छनोटमा दोस्रो हुने राष्ट्रले पनि इङ्ल्यान्ड यात्रा गर्न पाउनेछ। संघका महासचिव सिंहले यस छनोट प्रतियोगिताका लागि करिब ३५ लाख खर्च हुने अनुमान गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट सहयोगका लागि प्रयास भैरहेको बताए।  

अन्तर्राष्ट्रिय महासंघ एसियन टेबल टेनिस युनियनबाट पनि पाँच हजार डलर प्राप्त भएको उनले उल्लेख गरे। बाँकी रकम प्रायोजनबाट उठाउने संघको अपेक्षा छ। संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले यो छनोट प्रतियोगिता नेपाली टेबल टेनिसको ठूलो प्रतियोगितामध्येको एक रहेको र यसलाई राम्रोसँग आयोजना गर्ने विश्वास व्यक्त गरेका छन्।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस