प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सवको अवसरमा आयोजित हाफ म्याराथन प्रतियोगितामा पुरुषतर्फ विभिषण लिङ्देन र महिलातर्फ जुनी राई विजेता बनेका छन्।
सिदिङ्वा गाउँपालिकामा शनिबार बिहान आयोजित हाफ म्यारानथनमा पुरुषतर्फ ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङका लिङ्देन विजेता बन्दा महिलातर्फ रामप्रसाद राई गाउँपालिका–७ भोजपुरकी राई विजेता बनिन्। यस्तै म्याराथनमा पुरुषतर्फ फिदिम नगरपालिका वडा नं ४ पाँचथरका विशाल राई दोस्रो बन्दा ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ६ फाकुम्बाका प्रकाश लिम्बू तेस्रो भए।
महिलातर्फ मिक्लाजुङ गाउँपालिका वडा नं २ पाँचथरकी पुष्पा सेर्मा लिम्बू दोस्रो र रामप्रसाद राई गाउँपालिका वडा नं ७ भोजपुरकी विनिता राई तेस्रो भएका छन्। पुरुष र महिलातर्फ प्रथम, द्धितीय र तृतीय हुनेले समान जनही नगद ४० हजार, ३० हजार र २० हजार रुपैयाँ दरले पुरस्कार तथा प्रमाणपत्र पाएका छन्। हाफ म्याराथनमा पुरुषतर्फ ५४ जना र महिलातर्फ ७ जना सहभागी थिए।
स्थानीयतर्फको म्याराथनमा सिदिङ्वा गाउँपालिका वडा नं १ कालिखोलाका भरत बानियाँ प्रथम भए। उनले प्रोत्साहन स्वरुप नगद २५ हजार रुपैयाँ प्राप्त गरे। समुद्र सतहदेखि ३ हजार ५१५ मिटर उचाइ रहेको थामडाँडा क्षेत्रमा महोत्सव सञ्चालन भइरहेको छ। बिहीबारबाट सुरु महोत्सव शनिबार सकिँदै छ। महोत्सवको दोस्रो दिन शुक्रबार गायक राजेश पायल राई, कुशल थलङसहितका कलाकारले आफ्नो प्रस्तुति दिएका थिए।