सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबार (आज) देखि गोकर्ण गल्फ क्लबमा हुँदै छ।
सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगितासमेत रहेको सूर्य नेपाल प्रिमियर गल्फ सोमबारदेखि हुन लागेको हो। आयोजक प्रोफेसनल गल्फर एसोसिएसन अफ नेपालले त्रिपुरेश्वरमा आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएकाे थियाे।
बिहीबारसम्म चल्ने प्रतियोगिता ७२ होलको हुने प्रोफेसनल गल्फर एसोसिएसन अफ नेपालका महासचिव दीपक आचार्यले जानकारी दिए। ३६ होलपछि कट लागू गरिनेछ। शीर्ष २१ प्रो तथा कट बनाउने एमेच्योर गल्फरले अन्तिम ३६ होलका लागि प्रतिस्पर्धा गर्न पाउनेछन। च्याम्पियनसिपमा ३८ प्रो तथा १५ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन्।
विजेताले तीन लाख तथा उपविजेताले एक लाख ८५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। तेस्रोदेखि पाँचौं स्थानमा रहनेलाई क्रमशः एक लाख २५ हजार, एक लाख पाँच हजार र ९२ हजार रूपैयाँ प्रदान गरिनेछ। शीर्ष २१ भित्र पर्ने सबै गल्फरले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।
यस प्रतियोगितमा प्रोफेसनल गल्फर नीरज तामाङ, तोरण शाही, भुवन नगरकोटी, शुक्रबहादुर राई र सुवास तामाङलाई एमच्योर गल्फर सद्भाव आचार्य र राहुल विश्वकर्माले चुनौती दिने अनुमान गरिएको छ। यस च्याम्पियनसिपमा भुटानका शीर्ष एमेच्योर निमदोर्जी तामाङले पनि सहभागिता जनाउने आयोजकले जनाएको छ। च्याम्पियनसिपपछि शनिबार प्रो–एम स्पर्धा हुनेछ।