स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० क्रिकेट शृंखलामा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
टी-२० क्रिकेटमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको यो एक सयौं खेल हो । नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हङकङसँग खेल्दै अन्तर्राष्ट्रिय टी-२० को सुरुवात गरेको थियो ।
नेपालले टेस्ट राष्ट्रहरु बंगलादेश र जिम्बावेसँग समान २ तथा भारत, अफगानिस्तान र दक्षिण अफ्रीकासँग समान एकएक खेलमा प्रतिस्पर्धा गरेको छ । सबैभन्दा धेरै नेदरल्यान्ड्ससँग १३ खेल खेलेको नेपालले सबैभन्दा धेरै ९ पटक मलेसियालाई हराएको छ ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल भने नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा आइतबार स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । जारी शृंखलामा यो नेपालको पहिलो खेल हो ।