एसिसी मेन्स यू-१६ इस्ट जोन कपको उपाधिका लागि नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्ने भएको छ । फाइनल खेल आगामी शनिबार हुनेछ ।
दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गर्दै सिंगापुरले नेपालसँगको भेट पक्का गरेको हो । हङकङले दिएको १ सय ६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपाल आजै भएको पहिलो सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो । एकै समूहमा रहेको नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपाल जारी प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । गत संस्करणको फाइनलमा नेपालले मलेसियालाई २२१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।