सहिद स्मारक ‘ए’ डिभिजन लिगका दोस्रो चरणका खेल आजबाट
०१ मंसिर २०७५
•
९ मिनेट पाठ
सहिद स्मारक ‘ए’ डिभिजन लिगका दोस्रो चरणका खेल आजबाट
फाइल फाेटाे
काठमाडौं – पाँच वर्षपछि राष्ट्रिय टोलीको बलियो मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग हुँदा १४ क्लबले २०७५ को सिजनका लागि सहभागिता जनाएका छन्।




विविध कारण देखाउँदै समयमा हुन नसकेको लिग अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएसँगै सञ्चालन भएको हो । यसपालिको  लिगमा यसको मूल मर्म रेलिगेसन नहुने प्रावधान भने हटाइएको छ । तर टोल कपमा सीमित खेलाडीका लागि आफ्नो योग्यता प्रमाणित गर्ने अवसर मिलेकोमा उनीहरू उत्साहित छन्। 

१४ टिमको सहभागिता रहेको प्रतियोगिताका दोस्रो चरणका खेलहरु आजबाट पुनः सञ्चालन हुँदै छन् । पहिलो चरणका खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएका थिए । दोस्रो चरणका खेल भने एन्फा मैदानका साथै हलचोकस्थित एपिएफ क्लबको मैदानमा हुनेछन्।

अाजदेखि हुने दोस्रो चरणकाे पहिलो खेलमा मनाङ मर्स्याङ्दी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल हलचोक मैदानमा बिहान ११ बजे शुरु हुनेछ । शनिबार नै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

पहिलो चरणका खेल समाप्त हुँदा साबिकको विजेता मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा छ । यस्तै विजयी सुरुआत गरेका नेपाल पुलिस, संकटा र थ्री स्टार क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । प्रतियोगितामा पुलिसले जावालाखेल युथ क्लबलाई १–० ले पराजित गर्दा संकटाले सरस्वतीलाई पनि १–० ले नै पराजित गरेको छ भने  थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २–१ को अन्तरले पराजित गरेको छ।

‘मोफसलका खेलले धानिरहेको बेला लिग हुनु हामी खेलाडीका लागि निकै फाइदाजनक हो । गोल्ड कप प्रतियोगितामा सीमित बनेका हामी लिग सुरु भएपछि क्लबका लागि गम्भीर भएका छौं।’

उता दुई विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लबले क्रमशः गोलरहित र २–२ को बराबरी खेल्दै अंक बाँड्दा हिमालयन शेर्पा, मच्छिन्द्र फुटबल तथा न्युरोड टिम (एनआरटी) र पहिलो पटक सहभागिता जनाएको च्यासल युथ क्लबले पनि बराबरी खेल्दै अंक बाँडेका हुन् । यस्तै फ्रेन्ड्स, जावालाखेल युथ, सरस्वती युथ  र ब्रिगेड ब्वाइज (बिबिसी) ले आफ्नो पहिलो खेलमा पराजय भोग्दै अंक गुमाएका छन्।

सबै टोलीले आफ्नो पहिलो खेल खेलिसक्दा बलिया मानिएका टोली मनाङ, थ्री स्टार, पुलिस र संकटाले स्वाभाविक खेल खेल्दै दसैं मनाउने छुट्टी सुखद बनाएका थिए । विभागीयमध्येका पुलिसबाहेक आर्मी र एपिएफले जितको स्वाद लिन सकेनन्।

रेलिगेसन नहुने भन्दै एन्फाले नियमावली खुकुलो पारे पनि सबै क्लबमा एथेष्ट खेलाडी भने नपुगेको कतिपय क्लबका पदाधिकारीले बताउँदै आएका छन् । उनीहरूले उमेरसमूहका केही खेलाडीलाई टिममा सहभागी गराउँदै टोलीको संयोजन गरेका छन् भने केही पाका खेलाडीलाई स्थान दिएका छन् । अर्कोतर्फ केही क्लबले विदेशी खेलाडीलाई अनुबन्धित गरेका छन् भने केही क्लब विदेशी खेलाडी ल्याउने प्रक्रियामा छन् । प्रतियोगितामा मनाङसहित थ्री स्टार, फ्रेन्ड्स, संकटा, सरस्वतीले विदेशी खेलाडी अनुबन्धित गरिसकेका छन्।

अर्को पक्ष केही क्लबको लगानी ठूलै देखिएको छ भने उनीहरूका लागि प्रायोजकको पनि राम्रो व्यवस्था छ । सहभागीमध्ये केहीले प्रायोजक पाएका छन् भने केही प्रायोजकको खोजीमा  छन् । केहीलाई प्रायोजक पाउन धौधौ भएको छ । मनाङ, थ्री स्टार, त्रिभुवन आर्मी, एपिएफ, संकटा, फ्रेन्ड्स, हिमालयन शेर्पा, च्यासल युथ क्लब, जावालाखेलले प्रायोजक पाएका छन् भने सरस्वती, मछिन्द्र, ब्रिगेड ब्वाइज, न्युरोड र पुलिस क्लबले पहिलो चरणको खेलसम्म प्रायोजक भेटेका छैनन्।

लामो समयपछि भएको ‘ए’ डिभिजनमा खेलाडी, प्रशिक्षक तथा रेफ्रीमा उत्साह देखिएको लिगका निर्देशक सञ्जीव मिश्रले बताए।

‘लिगको माहोल ट्रफी टुरदेखि सिर्जना भयो । सामाजिक सञ्जालदेखि  सञ्चारमाध्यमले लिग आयोजना गर्न हौसला प्रदान गरे,’ निर्देशक मिश्रले भने, ‘रेलिगेसन नहुने भए पनि अंक घट्ने डरले सहभागी क्लबले मिहिनेतका साथ खेलेका छन् । राम्रो पक्ष भनेको सबै क्लबले पूर्व र राष्ट्रिय खेलाडी पाएका छन् । सबै क्लबमा राष्ट्रिय टोलीका खेलाडी छरिए।’

‘पहिलो पटक हामीले लिगमा ४ विदेशीमध्ये १ दक्षिण एसियाका खेलाडी हुनुपर्ने प्रावधानलाई लागू गरेका छौं,’ मिश्रले थपे, ‘क्लबका प्रशिक्षकको कम्तीमा पनि ‘बी’ लाइसेन्स हुनुपर्ने प्रावधान पनि यसै लिगबाट सञ्चालनमा आएको छ।’

खेलाडीको बिमादेखि खेल्न योग्य छ भन्ने डाक्टरको सिफारिस पनि यसै लिगबाट सुरुआत भएको छ । यस्तै नेपाली राष्ट्रिय टोलीका कप्तान विराज मर्हजनले लिगबाट खेलाडीमा उत्साह थपिएको बताए।

‘मोफसलका खेलले धानिरहेको बेला लिग हुनु हामी खेलाडीका लागि निकै फाइदाजनक हो,’ कप्तान तथा मनाङका रक्षक महर्जनले थपे, ‘गोल्ड कप प्रतियोगितामा सीमित बनेका हामी लिग सुरु भएपछि क्लबका लागि गम्भीर भएका छौं।’

लिगका दुई खेलपछि नै एन्फाले लिगको तालिकाअनुसार खेल सञ्चालन गर्न नसक्ने सूचना प्रकाशन  गर्यो । बंगलादेशमा हुने बंगबन्धु गोल्डकपमा नेपालको सहभागिता हुने पक्का भएपछि पूर्व प्रकाशित तालिकामा हेरफेर भएको थियो । तर साबिक विजेता नेपालको बंगबन्धु सहभागिता समूहचरणमै सीमित भएपछि दशैंअगाडि पहिलो चरणका खेल सक्ने उद्देश्य सम्भव बन्यो । बंगबन्धु सहभागिताको विषयलाई लिएर केही क्लबका पदाधिकारीले परिपक्व निर्णय लिन नसेकेको भन्दै एन्फाको आलोचना गरेका थिए।

यो संस्करणमा लिगका लागि प्रायोजन बढेको छ भने प्रत्येक टिमले तयारी खर्चस्वरूप २० लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो चरणका खेल अब पाँच हप्तापछि हुनेछ । मंसिरसम्म सञ्चालन हुने लिगको पुछारमा रहने दुई टिमको क्रमश २ र १ अंक घटाइनेछ।
अर्को समाचार
पाँचौं चरणका खेल आजबाट
२१ पौष २०७६
•
३ मिनेट पाठ
पाँचौं चरणका खेल आजबाट
काठमाडौं – वर्षाका कारण दुई दिन पछि धकेलिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगका पाँचौं चरणका खेल सोमबारबाट सुचारु हुँदै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आयोजना हुने दिनको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले जावलाखेल युथ क्लबको सामना गर्दा दिनको दोस्रो खेल साबिक च्याम्पियन मनाङ मस्र्याङ्दी र राष्ट्रिय खेलाडीले भरिएको मच्छिन्द्रबीच प्रतिस्पर्धा हुँदै छ। यससँगै लिगमा पाँचौ चरणका खेल सुचारु हुँदै छन्।




लिगको चौथो चरणको खेल बिहीबार सकिएपछि खराब मौसमका कारण खेल दुई दिन पछि सारिएको थियो।  लगातारको वर्षाले मैदानको अवस्थालाई मध्यनजर गर्दै आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई दिन खेल स्थगित गरेको थियो ।

दिनको पहिलो खेल खेल्न लागेको जावलाखेल जारी लिगमा अपराजित टोली हो। सोमबार पनि जावलाखेल जितको लयलाई निरन्तरता दिन चाहन्छ भने एनआरटी तेस्रो जितको खोजीमा हुनेछ। जावलाखेल ८ अंकसहित चौथो स्थानमा रहेको छ। शीर्ष स्थानको मनाङ मस्र्याङ्दीको १० अंक छ। आठौं स्थानको एनआरटीको ४ अंक  छ।

दिनको दोस्रो खेलमा अपराजित दुई टोलीद्वय मछिन्द्र क्लब र साविक विजेता मनाङबीच खेल हुँदा लिगको शीर्ष स्थानको टुंगो लाग्नेछ। यस खेललाई सबैको प्रतीक्षाका साथ हेरिएको छ। किनकि मनाङबाट खेल्दै आएका ७ खेलाडी अहिले मछिन्द्रमा आबद्ध छन् भने राष्ट्रिय टिमका एक मात्र खेलाडी अन्जन विष्ट सोमबारको खेलमा मनाङबाट जारी लिगमा फर्किनेछन्। ‘डिस्को काण्ड’ मा मुछिएका अन्जन प्रतिबन्ध फुकुवा हुँदै मछिन्द्रविरुद्ध खेल्न मैदान फर्किनेछन्।

१४ क्लबले सहभागिता जनाएको लिगमा पुछारमा रहेको क्लब रेलिगेसनमा पर्नेछ। चौथो चरणका खेल समापन हुँदा मनाङ १० अंकका साथ तालिकाको पहिलो स्थानमा, मच्छिन्द्र ९ अंकसहित दोस्रो, त्रिभुवन आर्मी ९ अंकका साथ तालिकाको तेस्रो तथा जावलाखेले ८ अंकका साथ तालिकाको चौथो स्थानमा छन्। अहिलेसम्म तालिकाको पुछारमा रहेको सरस्वतीले खाता खोल्न सकेको छैन।

आजका खेल (दशरथ रंगशाला)

एनआरटीविरुद्ध जावलाखेल    १२ः०० बजे

मनाङ मस्र्याङ्दीविरुद्ध मच्छिन्द्र    ३ः०० बजे
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस