बंगलादेशको जितबाट नेपाल सेमिफाइनलमा
०१ चैत्र २०७५
•
९ मिनेट पाठ
बंगलादेशको जितबाट नेपाल सेमिफाइनलमा
बंगलादेश (हरियो) की खेलाडी भुटानविरुद्ध बल अघि बढाउँदै।    तस्बिर : चुमन/नागरिक
विराटनगर – २०१६ को फाइनल भिडन्तमा भारतसँग पराजित हुँदै उपविजेता बनेको बंगलादेशले बिहीबार साफ महिला च्याम्पियनसिपमा भुटानलाई २–० ले पराजित गरेपछि नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ। 




विराटनगरस्थित सहिद रंगशालामा बिहीबार भएको समूह ‘ए’ को दोस्रो खेलमा भुटानले लगातार दोस्रो पराजय भोगेपछि समूह ‘ए’ बाट नेपाल र बंगलादेश अन्तिम चारमा प्रवेश गरेका हुन् भने बिहीबारको पराजयसँगै भुटान साफ च्याम्पियनसिप प्रतियोगिताबाट बाहिरिएको छ।

शनिबार हुने समूह ‘ए’ अन्तर्गत नेपाल र बंगलादेशको खेलले समूहविजेता र उपविजेताको टुंगो लाग्नेछ। यता पहिलो खेलमा भुटानमाथि ३–० को नतिजा हात पारेको नेपाल यही खेलबाटै अन्तिम चारको ढोकाभित्र प्रवेश गर्याे। उद्घाटन खेलमा ३–० को नतिजा सुम्पिएको भुटान दोस्रो खेल पनि गुमाउँदै घर फर्किने भएको हो।

पहिलो खेलमा आयोजक नेपालसँग ३–० ले पराजित भएपछि अघिल्लो चरणको यात्रालाई जीवितै राख्न गर या मरको अवस्थामा मैदान उत्रिएको भुटानले पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरे पनि दोस्रो हाफमा भने निरन्तरता दिन असफल भएको थियो। पहिलो हाफ सन्तुलित प्रदर्शन गरेको भुटानविरुद्ध बंगलादेशले १२औं मिनेटमा वान भर्सेस वान मौका गुमाउँदा अग्रता लिने अवसर गुमाएको थियो।

बंगलादेशकी सिरात जहान सोप्नाले मैदानको मध्यभागबाट पाएको लामो पासलाई पेनाल्टी बक्सभित्र भुटानकी गोलकिपर संगीता मुंगरलाई बिट गराउन नसक्दा मौका गुमेको हो। उनले प्रयास गरे बल गोलपोस्टभन्दा माथिबाट बाहिरियो। 

१८औं मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनले पेनाल्टी बक्सबाहिरबाट गरेको फितलो प्रहार भुटानकी गोलकिपर संगीताले सहजै नियन्त्रणमा लिँदै विफल पारिन्। २२औं मिनेटमा कप्तान सविनाले नै पेनाल्टी बक्सभित्र गोलका लागि अर्को मौका सिर्जना गरे पनि भुटानको रक्षापंक्तिले उत्कृष्ट बचाउ गर्यो। लगत्तै सविनाले नै सिरात जहान सोप्नालाई मौका दिलाए पनि सोप्ना पेनाल्टी बक्सभित्र बललाई नियन्त्रण लिन नसक्दा अर्को अवसर खेर गएको थियो। २९औं मिनेटमा मारिया मन्दाले प्रहार गरेको कर्नर बल जहान सोप्नाले सदुपयोग गर्न नसक्दा पुनः अग्रता लिने मौका गुम्यो। 

बुधबार माल्दिभ्स र भारतको खेलमा जस्तै बिहीबार पनि भुटान र बंगलादेशबीच पनि कुलिङ ब्रेक लिइएको थियो। दुई मिनेट लिएको उक्त कुलिङ ब्रेकपछि पनि बंगलादेशले भुटानमाथि दबाब जमायो। ३५औं मिनेटमा भुटानकी गोलकिपरले रिलिज गरेको बललाई कप्तान सविनाले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको बल माथिल्लो बार नजिकैबाट बाहिरिएको थियो। त्यसको एक मिनेटपछि नै बंगलादेशले अर्को मौका बनाए पनि भुटानकी गोलकिपर संगीताले सहजै नियन्त्रणमा लिँदै बंगलादेशको आक्रामक खेललाई रोक्न सफल भइन्।

३८औं मिनेटमा बंगलादेशले पेनाल्टी बक्सभित्र अग्रता लिने अवसर पाए पनि रेफ्रीले अफसाइडको संज्ञा दिए। तुलनात्मक हिसाबले बलियो आकलन गरिएको बंगलादेशलाई रोक्न सफल भुटानले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सफल रह्यो। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पेनाल्टी बक्सभित्रको क्रस बललाई मिश्रात जहान मौसुमीले गोल गरे पनि लाइन रेफ्रीले अफसाइडको इसारा गरे। पहिलो हाफको  सकिँदा बंगलादेश ६ वटा अफसाइडको सिकार भएको थियो। 

२०१६ को संस्करणमा उपाधि भिडन्तमा भारतसँग प्रतिस्पर्धा गरेको बंगलादेशले अग्रता लिन दोस्रो हाफ कुर्नुप¥यो। ४६औं मिनेटमा मोनिका चक्माको कर्नर बललाई मिश्रात जहान मौसुमीले हेडर गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्। पहिलो हाफमा सन्तुलित खेल प्रदर्शन गरेको भुटानले दोस्रो हाफमा निरन्तरता दिन सकेन। 

७४औं मिनेटमा भुटानले कर्नरबाट सुनौलो मौका सिर्जना गरे पनि सफल हुन सकेन। वैकल्पिक खेलाडीका रूपमा दोस्रो हाफमा प्रवेश गरेकी सोनाम छोदेनले पेनाल्टी बक्सभित्रबाट हानेको कर्नर बल दोर्जी इदोनले बाइसाइकलको प्रयास गरे पनि बार नजिकैबाट बाहिरिएको थियो। ८२औं मिनेटमा बंगलादेशकी सोप्नाले पुनः गोलको प्रयास गरिन्। तर सोप्नाले दायाँ बार च्याप्दै प्रहार गरेको बल भुटानकी गोलकिपर संगीताले उत्कृष्ट बचाउन गरिन्। अग्रता फराकिलो पार्न अन्तिमतिर आक्रामक देखिएको बंगलादेशले खेल सकिन पाँच मिनेट बाँकी छँदा गोल गर्दै अग्रता मजबुत बनायो। बंगलादेशकी कप्तान सबिनाले गोल गर्दै जित सुनिश्चित गरिन्। 

नेपालसँगै अन्तिम चारमा स्थान बनाएको बंगलादेशका प्रशिक्षक गोलम रोब्बानी छोटोनले खेलाडीको प्रदर्शनमा सन्तुष्ट रहेको बताए। ‘सुरुआतबाट नै हाम्रा खेलाडीले भुटानको टोलीलाई दबाबमा राख्दै  खेले। भुटानले सुरुआतबाट रक्षात्मक खेल्यो,’ प्रशिक्षक गोलम रोब्बानीले भने, ‘दोस्रो हाफमा पनि पहिलो हाफको लयलाई निरन्तरता दिन लगाएसँगै हामीले गोल निकाल्न सफल भयौं।’

नेपालसँगको खेलमा पनि सुखद नतिजा निकाल्ने उद्देश्य रहेको बंगलादेशका प्रशिक्षक गोलम रोब्बानीले थपे, ‘नेपाली टोलीले घरेलु मैदानको फाइदा उठाउन सक्छ, रक्षापंक्ति राम्रो भए पनि पहिलो खेलमा राम्रो नतिजा आए पनि दोस्रोमा अझै राम्रो गर्ने आशावादी छौं।’

यस्तै अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल गरेकी बंगलादेशकी उपकप्तान मिश्रात जहान मौसुमीले केही दिनअगाडि मात्र म्यानमारसँग ओलम्पिक छनोटमा खेलेको अनुभवले खेलमा उच्च मनोबल बढाएको बताइन्। उनको गोलबाट बंगलादेशले सुरुआती अग्रता लिन सफल भएको थियो। 

उता गर या मरको अवस्थामा मैदान उत्रिएको भुटानका प्रशिक्षक सुङ जिय लीले साफ च्याम्पियनसिपको उद्घाटन खेलमा भन्दा दोस्रो खेलमा आफ्नो टोलीले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए। 

‘नेपालसँग भन्दा पनि बंगलादेशसँग राम्रो खेल खेल्यौं, पहिलो हाफमा केही राम्रा अवसर लिन सफल भयाैं,’ प्रशिक्षक सुङ जिय लीले भने, ‘बंगलादेश र नेपाल नेपाल टेक्निकल्ली उस्तैउस्तै हुन्। घरेलु टोली भएकाले नेपाललाई उत्कृष्ट प्रदर्शन गर्न सहज हुनेछ।’

प्रतियोगितामा समूह ‘बी’ अन्तर्गत शुक्रबार माल्दिभ्स र श्रीलंकाबीच खेल हुनेछ। प्रतियोगितामा माल्दिभ्सको दोस्रो खेल हो भने श्रीलंकाको पहिलो खेल हो। यसअघि भएको पहिलो खेलमा माल्दिभ्स भारतसँग ६–० ले पराजित भएको थियो। 
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस