रंगशालाको पूर्वाधार निर्माण धमाधम
०४ चैत्र २०७५
•
९ मिनेट पाठ
रंगशालाको पूर्वाधार निर्माण धमाधम
भरतपुर महानगरपालिका वडा नम्बर १५ मा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थल । तस्बिर: सविता/नागरिक
चितवन - गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा यति बेला धमाधम काम भइराखेको छ। रंगशाला निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण  भइरहेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा रहेको रंगशाला निर्माणस्थललाई चारैतिरबाट घेर्ने, अस्थायी गेट बनाउने, सुरक्षाकर्मी बस्नेलगायतका पूर्वाधार निर्माणको काम सुरु गरिएको छ।

भरतपुर महानगरपालिकासँग सम्झौता गरेर धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको काम अघि बढाएको छ। फाउन्डेसनका प्रतिनिधि चन्द्र खड्का पूर्वाधार निर्माणका लागि रंगशाला निर्माणस्थलमा खटिएका छन्। २० बिघा ६ कट्ठामा बन्न लागेको रंगशालाले ओगट्ने क्षेत्रलाई फलामको पाइप राखेर टिन लगाएर घेर्ने काम अहिले भइरहेको छ। त्यसका लागि वेल्डर ग्रुपले निर्माणस्थललाई घेर्ने काम अघि बढाएको छ। यो काम केही दिनमा सकिने उनले जानकारी दिए। यस्तै, रंगशालाको साइट अफिस बनाउन रंगशालानजिकैको एउटा घर लिइएको छ। त्यसमा पनि आवश्यक पूर्वाधार तयार गर्ने काम भइराखेको छ।

भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा रहेको रंगशाला निर्माणस्थललाई चारैतिरबाट घेर्ने, अस्थायी गेट बनाउने, सुरक्षाकर्मी बस्नेलगायतका पूर्वाधार निर्माणको काम सुरु गरिएको छ।

निर्माण सामग्री ल्याउने, इन्ट्री गर्ने कामका लागि अस्थायी पूर्वाधारका रूपमा गेट निर्माण गरिँदै छ। निर्माणस्थलमा निर्माण सामग्री राख्ने गोदाम घरलगायतका पूर्वाधार तयार गर्न अहिले दैनिक ५० जना कामदार खटिएका छन्। आवश्यक पूर्वाधार तयार भएपछि रंगशालाको गुरुयोजनाअनुसार काम अगाडि बढाइने फाउन्डेसनका प्रतिनिधि खड्का बताउँछन्। जमिन सम्याउनेदेखिका सबै काम सोहीअनुसार गरिने उनले जानकारी दिए। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको प्रारम्भ गर्न घोषणा गरिएको दिनबाट छ महिनाको अवधिमा डिपिआर तयार गर्ने भनिएअनुसार नै काम अघि बढाइएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल बताउँछन्।  फाउन्डेसनका पदाधिकारी भरतपुरमा नै आएर रंगशाला बनाउने घोषणा गरेको एक महिना पूरा भएको छ। माघ २० गते रंगशाला निर्माणस्थलमा आएर डिपिआर निर्माण प्रारम्भ गरिएको घोषणा गरिएको थियो।

निर्माण घोषणा भएको एक महिनाको अवधिमा रंगशाला निर्माणका लागि फाउन्डेसनलाई साढे पाँच करोड रुपैयाँ सहयोग प्राप्त भएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए। वैदेशिक यात्रामा गरिने कार्यक्रमहरूबाट सहयोग संकलन गर्ने काम थालिएको उनी बताउँछन्। यस्तै, फाउन्डेसनलाई सहयोग गर्न धेरै स्थानमा सहयोग संकलन समितिसमेत बनाइएको उनले बताए। संकलित रकम पारदर्शी र व्यवस्थित रूपमा खर्च गर्न फाउन्डेसन प्रतिबद्ध रहेको उनको भनाइ छ। रंगशाला निर्माणका लागि आर्थिक सहयोग गर्ने दातालाई सहयोग संकलनका रसिद पनि दिइने व्यवस्था गरिएको छ।

रंगशाला निर्माणस्थलमा काम नरोकियोस् भनेर सामान राख्नका लागि गोदाम घर बनाउन थालिएको उनले बताए। शिलान्यास गरिसकेपछि काम रोकिनु हुँदैन भन्ने मान्यताका साथ काम अघि बढाइएको उनले जानकारी दिए। डिपिआर बनाउनका लागि पनि आवश्यक रकम संकलित सहयोगबाट नै खर्च गरिने उनले बताए।

डिपिआर बनिसकेपछि विषय विज्ञसँगको सहकार्यमा निर्माणको काम अघि बढाइनेछ। सुरुमा नै गृहकार्य गर्दा आधुनिक प्रविधिको प्रयोगबाट आधुनिक रंगशाला बनाउन सकिने भएकाले त्यसमा प्राथमिकता दिइएको छ। ‘जस्तो परियोजना हो त्यसको सम्पूर्ण तयारी गरेर पूर्वाधार बनाउने काम सुरु गरिन्छ,’ उनी भन्छन्, ‘शिलान्यास गरिएको मितिले दुई वर्षभित्रमा रंगशाला बन्छ।’

फाउन्डेसनले सरकारको नीतिनियमभित्र बसेर काम गर्ने उनी बताउँछन्। रंगशाला निर्माणको जिम्मेवारी फाउन्डेसनले लिँदा गरिएका टीका टिप्पणीलाई उनले सकारात्मक रूपमा लिएका छन्। ‘नशानशामा सामाजिक सेवा छ। कुनै पनि स्वार्थ छैन,’ उनी भन्छन्, ‘देश बनोस् भनेर अभियान सुरु गरिएको हो। यसलाई सकारात्मक रूपमा लिइनुपर्छ।’

रंगशाला निर्माणका लागि फाउन्डेसन आर्थिक रूपमा सक्षम नभए पनि संयोजनको भूमिकामा आएको कट्टेलले बताए। निराशा मात्र भइरहेको समयमा आशाको दियो मात्र बाल्न खोजेकाले फाउन्डेसनमार्फत आँट गरिएको उनको भनाइ छ।

रंगशालाको नाम कुनै विवादको विषय नभएको उनी बताउँछन्। गौतमबुद्धप्रति भएका भ्रम चिर्नका लागि नाम परिकल्पना गरिएको उनले बताए। ‘धेरै ठूलो परियोजना हो। सबैले यसमा अपनत्व ग्रहण गर्नु हुनेछ’ उनी भन्छन्, ‘हिजोको दिनमा सीमित ठाउँ र समुदायका लागि हामीले काम गरेका थियौं। रंगशाला निर्माणको काम देशका लागि हो।’ रंगशाला निर्माण गर्नुको मुख्य उद्देश्य भनेको खेलकुद क्षेत्रको समुन्नत विकाससँगै खेलाडीको स्तरोन्नति र विकासलाई अघि बढाउनु भएको उनले प्रस्ट पारे।

खेलकुदको संरचना र खेलाडीको अवस्थाका बारेमा बुझेर रंगशाला निर्माण गर्ने योजना अगाडि बढाइएको हो। क्रिकेटलाई प्राथमिकता दिए पनि यो क्रिकेटको मात्र रंगशाला होइन,  करिब ३५ वडा खेल खेल्न मिल्ने संरचना बनाइनेछ। अन्तर्राष्ट्रिय रूपमा देशको चिनारी उच्च बनाउने परिकल्पना गरिरहँदा रंगशालालाई एकेडेमीका रूपमा अगाडि बढाइने उनी बताउँछन्। रंगशालामार्फत खेलकुदको हब निर्माण गर्न खोजिएको र हरेक जिल्लाबाट खेलाडी छनोट गरेर ल्याएर उत्कृष्ट खेलाडी उत्पादन गरिने उनले बताए।  

रंगशाला निर्माण पूरा भएभछि धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्दा हुने आम्दानी खेलाडी र खेलको विकासका लागि खर्च गरिनेछ। भरतपुर महानगरले कृषि तथा वन विज्ञान विश्वविद्यालयको जमिन रंगशाला बनाउनका लागि फाउन्डेसनलाई दिएको छ। प्रारम्भिक अनुमानअनुसार करिब ३ अर्ब रुपैयाँको लागतमा ३० हजार दर्शक अट्ने रंगशाला बन्नेछ।
अर्को समाचार
रंगशालाको पूर्वाधार निर्माण धमाधम
०७ चैत्र २०७५
•
९ मिनेट पाठ
रंगशालाको पूर्वाधार निर्माण धमाधम
भरतपुर महानगरपालिका वडा नम्बर १५ मा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थल। तस्बिर : सविता/नागरिक
चितवन - गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा यति बेला धमाधम काम भइराखेको छ। रंगशाला निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण  भइरहेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा रहेको रंगशाला निर्माणस्थललाई चारैतिरबाट घेर्ने, अस्थायी गेट बनाउने, सुरक्षाकर्मी बस्नेलगायतका पूर्वाधार निर्माणको काम सुरु गरिएको छ।

भरतपुर महानगरपालिकासँग सम्झौता गरेर धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको काम अघि बढाएको छ। फाउन्डेसनका प्रतिनिधि चन्द्र खड्का पूर्वाधार निर्माणका लागि रंगशाला निर्माणस्थलमा खटिएका छन्। २० बिघा ६ कट्ठामा बन्न लागेको रंगशालाले ओगट्ने क्षेत्रलाई फलामको पाइप राखेर टिन लगाएर घेर्ने काम अहिले भइरहेको छ। त्यसका लागि वेल्डर ग्रुपले निर्माणस्थललाई घेर्ने काम अघि बढाएको छ। यो काम केही दिनमा सकिने उनले जानकारी दिए। यस्तै, रंगशालाको साइट अफिस बनाउन रंगशालानजिकैको एउटा घर लिइएको छ। त्यसमा पनि आवश्यक पूर्वाधार तयार गर्ने काम भइराखेको छ। निर्माण सामग्री ल्याउने, प्रवेश गर्ने कामका लागि अस्थायी पूर्वाधारका रूपमा गेट निर्माण गरिँदै छ। निर्माणस्थलमा निर्माण सामग्री राख्ने गोदाम घरलगायतका पूर्वाधार तयार गर्न अहिले दैनिक ५० जना कामदार खटिएका छन्। आवश्यक पूर्वाधार तयार भएपछि रंगशालाको गुरुयोजनाअनुसार काम अगाडि बढाइने फाउन्डेसनका प्रतिनिधि खड्का बताउँछन्। जमिन सम्याउनेदेखिका सबै काम सोहीअनुसार गरिने उनले जानकारी दिए।

भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा रहेको रंगशाला निर्माणस्थललाई चारैतिरबाट घेर्ने, अस्थायी गेट बनाउने, सुरक्षाकर्मी बस्नेलगायतका पूर्वाधार निर्माणको काम सुरु गरिएको छ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको प्रारम्भ गर्न घोषणा गरिएको दिनबाट छ महिनाको अवधिमा डिपिआर तयार गर्ने भनिएअनुसार नै काम अघि बढाइएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल बताउँछन्। फाउन्डेसनका पदाधिकारी भरतपुरमा नै आएर रंगशाला बनाउने घोषणा गरेको एक महिना पूरा भएको छ। माघ २० गते रंगशाला निर्माणस्थलमा आएर डिपिआर निर्माण प्रारम्भ गरिएको घोषणा गरिएको थियो। निर्माण घोषणा भएको एक महिनाको अवधिमा रंगशाला निर्माणका लागि फाउन्डेसनलाई साढे पाँच करोड रुपैयाँ सहयोग प्राप्त भएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए। वैदेशिक यात्रामा गरिने कार्यक्रमहरूबाट सहयोग संकलन गर्ने काम थालिएको उनी बताउँछन्। यस्तै, फाउन्डेसनलाई सहयोग गर्न धेरै स्थानमा सहयोग संकलन समितिसमेत बनाइएको उनले बताए। संकलित रकम पारदर्शी र व्यवस्थित रूपमा खर्च गर्न फाउन्डेसन प्रतिबद्ध रहेको उनको भनाइ छ। रंगशाला निर्माणका लागि आर्थिक सहयोग गर्ने दातालाई सहयोग संकलनका रसिद पनि दिइने व्यवस्था गरिएको छ।

रंगशाला निर्माणस्थलमा काम नरोकियोस् भनेर सामान राख्नका लागि गोदाम घर बनाउन थालिएको उनले बताए। शिलान्यास गरिसकेपछि काम रोकिनु हुँदैन भन्ने मान्यताका साथ काम अघि बढाइएको उनले जानकारी दिए। डिपिआर बनाउनका लागि पनि आवश्यक रकम संकलित सहयोगबाट नै खर्च गरिने उनले बताए। डिपिआर बनिसकेपछि विषय विज्ञसँगको सहकार्यमा निर्माणको काम अघि बढाइनेछ। सुरुमा नै गृहकार्य गर्दा आधुनिक प्रविधिको प्रयोगबाट आधुनिक रंगशाला बनाउन सकिने भएकाले त्यसमा प्राथमिकता दिइएको छ। ‘जस्तो परियोजना हो त्यसको सम्पूर्ण तयारी गरेर पूर्वाधार बनाउने काम सुरु गरिन्छ,’ उनी भन्छन्, ‘शिलान्यास गरिएको मितिले दुई वर्षभित्रमा रंगशाला बन्छ।’ फाउन्डेसनले सरकारको नीतिनियमभित्र बसेर काम गर्ने उनी बताउँछन्। रंगशाला निर्माणको जिम्मेवारी फाउन्डेसनले लिँदा गरिएका टीका टिप्पणीलाई उनले सकारात्मक रूपमा लिएका छन्। ‘नशानशामा सामाजिक सेवा छ। कुनै पनि स्वार्थ छैन,’ उनी भन्छन्, ‘देश बनोस् भनेर अभियान सुरु गरिएको हो। यसलाई सकारात्मक रूपमा लिइनुपर्छ।’

रंगशाला निर्माणका लागि फाउन्डेसन आर्थिक रूपमा सक्षम नभए पनि संयोजनको भूमिकामा आएको कट्टेलले बताए। निराशा मात्र भइरहेको समयमा आशाको दियो मात्र बाल्न खोजेकाले फाउन्डेसनमार्फत आँट गरिएको उनको भनाइ छ। रंगशालाको नाम कुनै विवादको विषय नभएको उनी बताउँछन्। गौतमबुद्धप्रति भएका भ्रम चिर्नका लागि नाम परिकल्पना गरिएको उनले बताए। ‘धेरै ठूलो परियोजना हो। सबैले यसमा अपनत्व ग्रहण गर्नु हुनेछ’ उनी भन्छन्, ‘हिजोको दिनमा सीमित ठाउँ र समुदायका लागि हामीले काम गरेका थियौं। रंगशाला निर्माणको काम देशका लागि हो।’ रंगशाला निर्माण गर्नुको मुख्य उद्देश्य भनेको खेलकुद क्षेत्रको समुन्नत विकाससँगै खेलाडीको स्तरोन्नति र विकासलाई अघि बढाउनु भएको उनले प्रस्ट पारे।

खेलकुदको संरचना र खेलाडीको अवस्थाका बारेमा बुझेर रंगशाला निर्माण गर्ने योजना अगाडि बढाइएको हो। क्रिकेटलाई प्राथमिकता दिए पनि यो क्रिकेटको मात्र रंगशाला होइन,  करिब ३५ वडा खेल खेल्न मिल्ने संरचना बनाइनेछ। अन्तर्राष्ट्रिय रूपमा देशको चिनारी उच्च बनाउने परिकल्पना गरिरहँदा रंगशालालाई एकेडेमीका रूपमा अगाडि बढाइने उनी बताउँछन्। रंगशालामार्फत खेलकुदको हब निर्माण गर्न खोजिएको र हरेक जिल्लाबाट खेलाडी छनोट गरेर ल्याएर उत्कृष्ट खेलाडी उत्पादन गरिने उनले बताए। रंगशाला निर्माण पूरा भएभछि धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्दा हुने आम्दानी खेलाडी र खेलको विकासका लागि खर्च गरिनेछ। भरतपुर महानगरले कृषि तथा वन विज्ञान विश्वविद्यालयको जमिन रंगशाला बनाउनका लागि फाउन्डेसनलाई दिएको छ। प्रारम्भिक अनुमानअनुसार करिब ३ अर्ब रुपैयाँको लागतमा ३० हजार दर्शक अट्ने रंगशाला बन्नेछ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस