काठमाडाैँ – गोल्डेनगेट इन्टरनेसनल कलेज र साइपाल एकेडेमीले मंगलबार जेभियर कप यु–१९ बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। गोल्डेनगेट ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने।
जेभियर इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा गोल्डेनगेटले आयोजक जेभियरलाई ६८–६५ ले पराजित ग¥यो। विजेताका प्रज्ज्वल मल्लले २५ अंक जोडे। गोल्डेनगेटले ७–१७, २२–१६, २४–११ र १५–२१ को प्रदर्शन ग¥यो।
गल्र्सको उपाधि भिडन्तमा साइपालले समृद्धिलाई ५९–४५ ले हरायो। साइपालकी रोशनी श्रेष्ठले १९ स्कोर गरिन्। साइपालले पहिलो क्वार्टरमा २०–८, दोस्रोमा १५–११, तेस्रोमा ११–१२ र चौथोमा १३–१४ अंक जोड्यो।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, जेभियरका प्रमुख कार्यकारी अधिकृत लोक भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।