काठमाडौं – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दर्शकको न्यून उपस्थिति भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न तरिकाले दर्शक आकर्षित गर्ने प्रयास गरेको छ।
रंगशालाका दर्शकलाई नेपाली टोलीसँगैको विदेश भ्रमणदेखि दशरथ रंगशालाको भिआइपी प्यारापिटमा बसेर सित्तैँ अन्तर्राष्ट्रिय खेल हेर्नेसम्मका आकर्षण एन्फाले दिएको छ। एन्फाले साधारण प्याराफिटतर्फको टिकट रु २ सय र भिआइपीतर्फ रु ५ सय तोकेको छ।
लिगको समाप्तिपश्चात् रु २ सयको टिकट खरिद गर्ने दर्शकमध्येबाट १ र रु ५ सयको टिकट खरिद गर्ने दर्शकमध्येबाट १ गरी २ जनालाई नेपाली राष्ट्रिय फुटबल टिमसँग विदेश भ्रमण गर्ने अवसर प्रदान गरिने एन्फाले जनाएको छ। यस्तै रु २ सय को टिकट खरिद गर्ने दर्शक र रु ५ सयको टिकट खरिद गर्ने दर्शकमध्येबाट क्रमश १० र १५ जनालाई नेपाल र अस्ट्रेलियाबीच हुने विश्वकप छनोट चरणको खेल हेर्नका लागि भिआइपी प्याराफिटतर्फको टिकट प्रदान गरिनेछ।
एन्फाका अनुसार गोलाप्रथाबाट गरिने पुरस्कार दुई किसिमको हुनेछ। प्रत्येक राउन्डको समाप्तिपछि एक चरणको पुरस्कार वितरण गरिनेछ भने अर्को चरणको पुरस्कार लिग समाप्तिपछि मात्र घोषणा गरिनेछ। प्रत्येक राउन्डको समाप्तिपश्चात् रु २ सय को टिकट खरिद गर्ने दर्शकमध्येबाट २० र रु ५ सयको टिकट खरिद गर्ने दर्शकमध्येबाट ५ जनालाई एन्फाले आकर्षक पुरस्कार प्रदान गर्नेछ। यसै गरी तेस्रो राउन्डदेखि १३औं राउन्डसम्म कुल २ सय ७५ जना दर्शकलाई पुरस्कृत गरिनेछ। लिग हेर्न आउने विद्यार्थीहरूका लागि समूहमा आए ५० प्रतिशतसम्मको छुट दिने एन्फाले जनाएको छ।‘