मिलान – पहिलो हाफमा रोमेलु लुकाकुले गरेको दुई गोलको मद्दतमा सोमबार इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा आठौं स्थानको नेपोलीलाई उसैको मैदानमा ३–१ पराजित गर्दा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले काग्लियारीविरुद्ध ह्याट्रिक गरे।
नेपोलीको घरेलु मैदान स्टाडियो सान पाओलोमा सोमबार इन्टरले नेपोलीको मैदानमा जित निकाल्दा शीर्ष स्थानको युभेन्ट्सलाई थप दबाब पुगेको छ। समान १८ खेल खेलेका दुवै टोलीको समान ४५ अंक रहँदा साबिक विजेता युभेन्ट्स दबाबमा देखिएको हो। सोमबारै भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ४–० ले पराजित गर्दा शीर्षता कायम राखेको थियो। काग्लियारीमाथि सहज जित निकाल्दा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। रोनाल्डोको इटालियन सिरी ‘ए’ मा पहिलो ह्याट्रिक हो।
पहिलो हाफमा दुई गोल गरेका लुकाकुको टोली इन्टरका लागि लाउटारोज मार्टिन्जले तेस्रो गोल गर्दा नेपोलीका एरिक मलिकले एक गोल फर्काएका थिए। सुरुआतबाट नै आक्रामक देखिएको इन्टरका लागि लुकाकुले १४औं मिनेटमा अग्रता दिलाएका थिए। भ्रमणकारी टोलीले दबाबमा राख्दै खेलेको इन्टरका लागि लुकाकुले ३३औं मिनेटमा व्यक्ति गत दोस्रो गोल गर्दै अग्रता २–० मा पु-याएका थिए।
३९औं मिनेटमा एरिक मलिकले गोल गर्दै भ्रमणकारी टोलीसँगको अग्रता छोट्याए। पछि परेसँगै दबाबमा परेको नेपोलीले पहिलो हाफमा खेलमा फर्किने संकेत देखायो। तर दोस्रो हाफमा सफल हुन सकेन। अंक खोस्ने लक्ष्यसहित आक्रामक देखिएको नेपोलीले दोस्रो हाफमा पाएका राम्रा अवसरलाई सदुपयोग गर्न सकेन।
अग्रता लिए पनि काउन्टरलाई निरन्तरता दिएको मिलानका लागि ६२औं मिनेटमा मान्र्टिजले गोल गर्दै अग्रता थप मजबुत पारे। ३/१ को अवस्थामा पछि परेको नेपोली खेलमा फर्किन सकेन र इन्टरले स्पष्ट ३ अंक खोस्न सफल भयो। सोमबारको जितसँगै इन्टर तालिकाको दोस्रो स्थानमा यथावत् छ। यस्तै पराजित नेपोली १८ खेलबाट २४ अंकका साथ तालिकाको आठौं स्थानमा छ।
दोस्रो स्थानको इन्टरसँग समान अंक भए पनि गोलअन्तरका आधारमा शीर्ष स्थानमा रहेको युभेन्ट्सले सोमबारै सिरी ‘ए’ मा काग्लियारीमाथि ४–० को फराकिलो जित निकाल्ने क्रममा रोनाल्डोले ह्याट्रिक गर्दा गोन्जालो हिग्विनले एक गोल आफ्नो नाममा लेखाए। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफमा फरक रणनीतिका साथ मैदान उत्रिएको घरेलु टोलीका लागि रोनाल्डोले गोल गर्दै खाता खोले।
अग्रता बनाएसँगै मनोबल उच्च बनाएको युभेन्ट्सका लागि रोनाल्डोले ६७औं मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारे। त्यसपछि खेल सकिन नौ मिनेट बाँकी रहँदा गोन्जालो हिग्विनले गोल थप्दै अग्रता ३–० मा पु-याए। त्यसको अर्को मिनेटमा रोनाल्डोले मैदानको मध्यभागबाट पाएको लामो पासलाई आकर्षक शैलीमा फिनिसिङ गर्दै ह्याट्रिक पूरा गरे। बाँकी समयमा काग्लियारीले आक्रामक खेले पनि अग्रता छोट्याउन सकेन।
घरेलु मैदानमा स्पष्ट जित निकालेको युभेन्ट्स शीर्ष स्थानमा यथावत् रहँदा पराजित काग्लियारी समान १८ खेलबाट २९ अंकका साथ तालिकाको छैटौं स्थानमा छ। लिगअन्तर्गत सोमबारै भएका अन्य खेलमा युडिनेसीले लेसीलाई १–० उसैको मैदानमा हराउँदा एट्लान्टाले भ्रमणकारी टोली पार्मामाथि ५–० को फराकिलो जित निकाल्यो। एसी मिलान र साम्पडोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा टोरिनोले रोमालाई उसैको मैदानमा २–० ले पराजित ग-यो।
यस्तै बोलोग्ना र फियोरिन्टिनाले १–१ गोलको बराबरी खेले। यसअघि आइतबार बेरिस्कामाथि २–१ को जित निकालेको लाजियो १७ खेलबाट ३९ अंंकका साथ तालिकाको तेस्रो स्थानमा छ। १८ खेल खेलेको रोमा ३५ अंकका साथ तालिकाको चौंथो स्थानमा छ भने एट्लान्टा समान खेलबाट ३४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ।