इन्दोर - श्रीलंकाविरुद्ध मंगलबार ७ विकेटको जित निकाल्दा भारतले तीन ट्वान्टी–२० शृंंखलामा १–० को अग्रता लिएको छ। दोस्रो खेलमा जित निकाल्दा भारतले शृंखलामा अग्रता लिएको हो। यसअघि पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।
मंगलबार भएको दोस्रो ट्वान्टी–२० मा भ्रमणकारी टोली श्रीलंकामाथि ७ विकेटको सहज जितले भारत तीन म्याचमा १–० अघि भएको हो। होलकर इन्दोर क्रिकेट स्टेडियममा १ सय ४३ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको भारतले १५ बलअगावै लक्ष्य भेटाएको हो। ३ विकेटको क्षतिमा लक्ष्य भेटाउँदा भारतका लाकेश राहुलले सर्वाधिक ४५ रन बनाए। ३२ बल खेलेका राहुलले ६ चौका प्रहार गरेका थिए।
शिखर धवनले ३२ रन बनाउँदा श्रेयश ऐयरले ४३ रनको योगदान दिए। कप्तान विराट कोहली ३० तथा ऋषभ पन्त १ रनमा अविजित रहँदै टोलीलाई शृंखलामा अग्रता दिलाउन सफल भएका हुन्। बलिङतर्फ श्रीलंकाका वानिन्दु हसरंगाले २ विकेट लिँदा लाहिरु कुमाराले एक विकेट आफ्नो नाममा लेखाए।
जितलाई शुभ संकेतको संज्ञा दिएका भारतका कप्तान विराट कोहलीले जित समग्र टोलीको मिहिनेत भएको प्रतिक्रिया दिए। ‘सबै खेलाडीले शतप्रतिशत खेले। टोलीमा हामी सधैँ यस्तै चाहन्छौं। पछिल्ला शृंखलामा हामी टोलीको प्रदर्शनको आधारमा अगाडि बढिरहेका छौं,’ भारतका कप्तान विराट कोहलीले भने, ‘जितका लागि हामी हकदार थियौं। सन्तुलित प्रदर्शन सबै खेलाडीबाट भएको थियो। यो टोलीको शुभ संकेत हो। नवदीपले पछिल्ला खेलमा बढीभन्दा बढी आत्मबल बटुलिरहेका छन्।’ यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १ सय ४२ रन जोडेको थियो। श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ३४ रन बनाउँदा अभिशेख फर्नान्डोले २२ तथा धनुष्काले २० रनको योगदान दिएका थिए। यस्तै ओसहाडा फर्नान्डो १० र वानिन्दु डी सिल्भा १६ रनमा नटआउट रहे।
भारतका शार्दूल ठाकुरले सर्वाधिक ३ विकेट लिए। नवदीप सैनी र कुलदीप यादवले २-२ विकेट आफ्नो नाममा लेखाउँदा जसप्रीत बुमराह र वासिङ्टन सुन्दरले १-१ विकेट लिए। तेस्रो ट्वान्टी–२० खेल शुक्रबार हुनेछ। ट्वान्टी–२० पछि श्रीलंका र भारतबीच ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला हुने तालिका छ।