काठमाडौं – प्रिन्स दाहाल काठमाडौंमा जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेसनल सिरिज २०२० को पुरुष एकलतर्फ सेमिफाइनल प्रवेश गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहीबार नेपालका प्रिन्सले भारतका खलाडी आयन रसिदलाई २१–१०, २१–९ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन्। उनी बिहीबारै भएको मिक्स युगलतर्फको स्पर्धामा भने पराजित भए। रसिला महर्जनलाई जोडी बनाएका प्रिन्स भारतका आयन रसिद र तस्निम मिरसँग २४–२६, २१–१४, २१–८ ले सेटमा पराजित भएका हुन्।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकलतर्फ नीता लम्साल नेपालकै नीलिमा महरालाई २१–१२, २१–६ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भइन्। नीताले दोहोरो जित निकाल्ने क्रममा गोकुल जोरासँग मिलेर मिक्स डबल्समा नेपालकै नरेन्द्र बम र नीलिमा महरालाई २१–१६, २१–१३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन्।
पुरुष एकलतर्फको अर्को खेलमा नेपालका नरेन्द्र बम श्रीलंकाका दुमिन्दु अवेविक्रमासँग २१–७, २१–९ को सोझो सेटमा पराजित हुन पुगे। पुरुष एकलतर्फ भारतका अभिन वशिष्ठले श्रीलंकाका दिगायु कहातापितियालाई २१–१५, २१–८ ले तथा भारतका मिरब लुवाङले आफ्नै देशका शिवमकुमार मिश्रलाई २१–१२, २१–१६ ले पराजित गर्दै सेमिफाइनल स्थान पक्का गरे। दशरथ रंगशालाको कभर्डहलमा भएको प्रतियोगितामा रसिला महर्जन एकल प्रतिस्पर्धामा पनि पराजित भइन्। महर्जन मलेसियाकी करुपथेभन लेत्सानासँग २१–१४, २१–१२ ले पराजित भइन्।
सीमा राजवंशी भारतकी अनुपमा उपाध्यायसँग २१–९, २१–७ ले पराजित भइन्। महिला एकलतर्फको अर्को खेलमा भारतकी तस्निमा मिरले मलेसियाकी सरन्या कविलानलाई २१–९, २१–३ ले पराजित गरिन्। पुरुष युगलतर्फ नेपालका अमृत चौधरी र जेबी साउदको जोडी नेपालकै डेभिड थापामगर र युनिस राईको जोडीलाई २१–१६, २१–१२ ले पराजित गर्दै सेमिफाइन प्रवेश ग-यो। अन्य खेलमा नेपाली खेलाडीले पराजय भोगे।
श्रीलङ्काकाका दुमिन्दु अवेविक्रमा र दिगायु कहातापितियाको जोडीले नेपालका योगेश खड्का र सत्यम सुब्बाको जोडीलाई २१–१०, २१–१० ले, भारतका आर.विकास प्रभु र अरुण कार्थिक केको जोडीले नेपालका गोकुल जोरा र प्रियान्शुसिंह क्षत्रीको जोडीलाई २१–१०, २१–१८ ले पराजित गर्दै सेमिफाइन प्रवेश गरे।
मिक्स डबल्सतर्फ नेपालका पेम्बा शेर्पा र सीमा राजवंशीको जोडीले अमृत चौधरी र विष्णा विष्टको जोडीलाई २१–१४, २१–१० को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश ग-यो भने जेबी साउद र प्रुना खत्रीको जोडी भारतका मुरुगप्पा के.एस. र सनिया सिकन्दरको जोडीसँग २१–२, २१–७ ले पराजित हुन पुग्यो।