दमक – सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लबले तेस्रो सताक्षी गोल्डकपको उपाधि जितेको छ। झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा आइतबार सम्पन्न फाइनलमा थ्री स्टार क्लबलाई १–० ले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो। उपाधिसँगै मच्छिन्द्रले ६ लाख प्राप्त गर्दा थ्री स्टारले तीन लाख रुपैयाँमा चित्त बुझायो। लिग सकिएको एक सातापछि नै यी क्लब मोफसलको पहिलो उपाधि यात्रामा होमिएका थिए। लिगमा मच्छिन्द्रले थ्री स्टारलाई २–० ले हराएको थियो। फाइनलको त्यसको बदला लिने थ्री स्टारको सपना पूरा हुन सकेन।
तेस्रो मिनेटमा पाएको पेनाल्टी गोल नै मच्छिन्द्रलाई उपाधि जिताउन पर्याप्त भयो। मच्छिन्द्रका अडेलाजा सोमिडेलाई पेनाल्टी क्षेत्रभित्र थ्री स्टारका अशोक खवासले लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो। जुन अवसरलाई विमल घर्तीमगरले सदुयोग गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए। नवौं मिनेटमा विशाल राई ‘बी’ को प्रहार थ्री स्टारका गोलकिपर पूर्ण चेमजोङले बचाए।
२३औं मिनेटमा पेनाल्टी क्षेत्रनजिकबाट थ्री स्टारका लालरामभ्राको प्रहार थौरै अकासियो। ३९औं मिनेटमा अशोक खवासको पासमा लालरामभ्राको हेडर बाहिरियो। ४३औं मिनेटमा मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठ बिट भएको मौकामा लालरामभ्राको प्रहार रक्षक देवेन्द्र तामाङले गोललाइन नजिकबाट क्लियर गरिदिए। ४६औं मिनेटमा रेजिन सुब्बाको पासमा विमल घर्तीमगरको प्रहार अकासियो। दोस्रो हाफमा दुवैतर्पmबाट केही प्रयास भए पनि गोल हुन सकेन र विमलको गोल नै निर्णायक हुँदा मच्छिन्द्र च्याम्पियन भयो।
म्यान अफ दी म्याच घोषित मच्छिन्द्रका देवेन्द्र तामाङले नगद १० हजार पाए। म्यान अफ दी टुर्नामेन्ट थ्री स्टारका कप्तान विक्रम लामा भए। उनले नगद ५० हजार रुपैयाँ पाए। थ्री स्टारकै सन्जोग राईले सर्वाधिक गोलकर्ता (दुई गोल) बापत २५ हजार रुपैयाँ प्राप्त गरे। विधागतअन्तर्गत मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठ, फरवार्ड रेजिन सुब्बा, डिफेन्डर पिटर सेगुन र थ्री स्टारका मिडफिल्डर रूपेश केसी उत्कृष्ट घोषित भए।
मच्छिन्द्रका प्रवेश कटवाल उत्कृष्ट प्रशिक्षक ठहरिए। उत्कृष्ट सबैले जनही २० हजार रुपैयाँ पाए। उदीयमान खेलाडी आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जित राईलाई नगद २० हजार रुपैयाँ प्रदान गरियो। विजेतालाई अखिल नेपाल फुटबल क्लब (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र आयोजक अध्यक्ष रमेश लावतीलगायतले पुरस्कृत गरे।

तेस्रो मिनेटमा पाएको पेनाल्टी गोल नै मच्छिन्द्रलाई उपाधि जिताउन पर्याप्त भयो। मच्छिन्द्रका अडेलाजा सोमिडेलाई पेनाल्टी क्षेत्रभित्र थ्री स्टारका अशोक खवासले लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो। जुन अवसरलाई विमल घर्तीमगरले सदुयोग गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए।