विमलको ह्याट्रिकमा मच्छिन्द्रलाई सफलता
१४ फागुन २०७६
•
४ मिनेट पाठ
विमलको ह्याट्रिकमा मच्छिन्द्रलाई सफलता
ह्याट्रिककर्ता विमल घर्तीमगरलाई म्यान अफ दी म्याच पुरस्कार दिइँदै। तस्बिर:रोहित राई
धरान – विमल घर्तीमगरले  ह्याट्रिक गर्दा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब, काठमाडौं धरानमा जारी २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।




धरान १६ स्थित रंगशालामा मंगलबार  भारत कोलकाताको सन डे एफसीमाथि ६–१ को रबाफिलो जित दर्ता गर्दै मच्छिन्द्र सेमिफाइनल  पुगेको हो। मच्छिन्द्रको ह्याट्रिक प्रतियोगताकै पहिलो हो। उनले खलको २०औं मिनेटमा पहिलो गोल गरेका थिए भने  ७९ औं र ८७औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए।

मच्छिन्द्रका लागि थप २ गोल विशाल राई ‘बी’ ले गरे। उनले खेलको २८औं मिनेटमा रेजिन सुब्बाको प्रहार सन डेका गोलकिपरले फर्काएको मौकामा बल भेटेर जाली चुमाएका थिए। यस्तै, खेलको ७३औं मिनेटमा पिटर सेगुनको पासमा विशालले व्यक्तिगत दोस्रो गोल गरेका थिए। यसै गरी, खेलको ४९औं मिनेटमा रेजिन सुब्बाले मच्छिन्द्रका लागि थप एक गोल गरे। सनडेका गोलकिपर सौरभ वीरको गल्तीमा बल बुद्ध चेमजोङले पाए। उनले रजिनलाई पास दिएका थिए। रेजिनले गोल गर्ने मौका खेर फालेनन्। कोलकाताका लागि एक मात्र सान्त्वना गोल खेलको ८२औं मिनेटमा सञ्जीव बौरीले गरेका थिए।

एक साताभित्र महत्वपूर्ण दुई उपाधि जितेको मच्छिन्द्र खेलअवधिभर हाबी रह्यो। मच्छिन्द्रले लिग जितेपछि झापाको सताक्षीधाम गोल्डकप पनि दुई दिनअघि जितेको थियो। मच्छिन्द्रले थुप्रै अवसर पाएर पनि गोल गर्नबाट चुकेको थियो। खेलको २७औं मिनेटमा रेजिन सुब्बा वान भर्सेस वानमा गोल गर्न चुके भने ६१औं मिनेटमा विराज मर्हजनको पासमा रेजिनले पेनाल्टी एरियाबाट गरेको भली प्रहार बाहिरियो। यस्तै, ६६औं मिनेटमा पिटर सेगुन पनि वान भर्सेस वानमा गोल गर्न चुके। ८५औं मिनेटमा बुद्धको पासमा विमल पनि गोल गर्न चुकेका थिए।

सन डे एफसीले पनि खेलमा केही अवसर खेर फाल्यो। खेलको चौथो मिनेटमै पाएको फ्रिकिकमा दिपायान समनताको प्रहार मच्छिन्द्रका गोलकिपरले रोके।  ३५औं मिनेटमा अक्रिम मरिसको पासमा जेसन कडेको प्रहार क्रस बारमा ठोक्किएर फर्कियो । पहिलो हाफको इन्जुरी समयमा गुड्डुको पासमा कोउडियो औटाउको प्रहारलाई गोललाइननजिकैबाट मछिन्द्रका देवेन्द्र तामाङले फर्काइदिए। खेलको ५६औं मिनेटमा पनि प्रविर वीरको पासमा गुड्डुको प्रहार पोलमा ठोक्किएर फर्कियो भने ७८औं मिनेटमा अक्रिमको पासमा बाबुलालको प्रहार पोलमा ठोक्किनु दुर्भाग्य भयो।

खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका विमल मगर घोषित भए। उनले नगद १५ हजार हात पाए भने बेस्ट गोलको पुरस्कार नगद ५ हजार कलकत्ताका सञ्जीव बौरीले पाए। मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले नतिजा राम्रो आएपनि विपक्षी कमजोर  भएकोले खेलाडीहरूले शतप्रतिशत नखेलेको बताए। सन डेका प्रशिक्षक रहमत आलमले अन्तिम समयमा निमन्त्रणा आएकाले जुनियर खेलाडी लिएर आएको र खेलाडीहरू नयाँ ठाउँमा नर्भस भएर खेलेको बताए। प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र युनाइटेड कर्साङ भारतबीच हुनेछ।
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
१ घण्टा अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस