गण्डकी प्रदेश ‘खेलकुद नियमावली’ कानून मन्त्रालय पेश
१३ साउन २०७७
•
३ मिनेट पाठ
गण्डकी प्रदेश ‘खेलकुद नियमावली’ कानून मन्त्रालय पेश
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय ।
राष्ट्रिय खेलकुद परिषदले सदस्य सचिव पाईसकेको छ । नेपाली खेलकुदकै इतिहासमा पहिलो पटक आवेदन मार्फत खुल्ला रुपमा छनोट गरिएको हो । परिषदले सदस्य सचिव पाईसकेपनि गण्डकी प्रदेशले भने खेलकुद नियमावली बनाउने चरणमै छ । विभिन्न खेलकुदका व्यक्ति विशेषसँग बैठक बसेर राय सुझाव लिइएको छ ।




गण्डकी खेलकुद परिषदको सदस्य १९ सदस्यीय बनाउने प्रारम्भिक निर्णय छ । परिषदको आवश्यक ड्राफ्ट समेत तयार भईसकेको छ । ड्राफ्ट कानून मन्त्रालयमा पुगेको छ । मन्त्रालयबाट मसिनो गरेर अध्ययन गरिने छ । सबैको राय सुझाव लिईने मन्त्रालयले जनाएको छ । सुझावसहितको ड्राफ्टलाई कानून मन्त्रालयमा पेश गरिएको छ । कानून मन्त्रालयमै छलफलकै चरणमा छ । त्यसपछि मन्त्रपरिषदमा पठाइने गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले बताइन् । ‘खेलकुद नियमावलीको ड्राफ्ट तयार भएको छ । कानून मन्त्रालयमा छलफलमै छ । त्यसपछि मात्रै मन्त्री परिषदमा लगेर टुग्याउँछौं ।’ मन्त्री पुनको भनाई थियो ।

* उमेरको हदबन्दी समेत तोक्नुपर्ने राय  

* राखिएको छैन खेल क्षेत्रको अनुभव  

* जिल्ला अध्यक्षहरुलाई पदेन/आमन्त्रित सदस्य बनाउने भन्ने बारे छलफल  
नयाँ खेलकुद नियमावली २०७७ ले सदस्य सचिवको शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने तोेकेको छ । गण्डकी प्रदेशको गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवको योग्यता पनि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने प्रावधान राखिएको छ । ‘सदस्य सचिवले गण्डकी प्रदेशकै खेलकुदको योजना बनाउने, कार्यक्रम सञ्चालन गर्ने लगायतका गतिविधि गर्नुपर्छ’, मन्त्री पुनले भनिन्, ‘त्यसको लागि पनि योग्यता भएकै व्यक्ति चाहिन्छ । त्यसको लागि शैक्षिक योग्यता राखेका छौं ।’ उनका अनुसार सबै तह र तप्कासँगको छलफलमा शैक्षिक योग्यताको विषयमा फरक फरक धारणा आएको छ । उनले शैक्षिक योग्यतालाई छलफलकै विषयमा राखिएको उल्लेख गरिन् ।

३० वर्ष नाघेको हुनुपर्ने प्रावधान छ । अर्को तर्फ उमेरको हदबन्दी समेत तोकिनुपर्ने सुझाव समेत आएको मन्त्री पुनको भनाई थियो । ‘उमेरको हदबन्दी समेत तोकिनुपर्ने सुझाव आएको छ,’ उनले थपिन्, ‘त्यो विषयमा पनि छलफलमै छौं ।’ प्रदेश खेलकुद परिषदको सदस्य सचिवको लागि भने खेलकुदको अनुभव भने उल्लेख गरिएको छैन । १९ सदस्य समिति बनाउने तयारी गरिरहदा गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्षहरुलाई आमन्त्रित वा पदेन सदस्य बनाउने भन्ने निर्णय छलफलबाटै टुंग्याउने सामाजिक मन्त्रालयले जनाएको छ ।

प्रदेश खेलकुद परिषद सदस्य सचिव नियुक्तको लागि तीन सदस्य छनोट समिति गठन गरिने छ । छनोट समितिले नै ३ जनाको नाम सिफारिस गर्ने छ । सिफारिसको आधारमा मन्त्रीपरिषदले सदस्य सचिवको टुंगो लगाउने छ । सामाजिक विकास मन्त्री तथा राज्यमन्त्री अध्यक्ष रहने व्यवस्थाछ । प्रदेश सरकारले नियुक्त गरेको व्यक्ति उपाध्यक्ष बन्ने छ । मन्त्रालयको सचिव, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीबाट दुईजना(एकजना महिला अनिवार्य), प्रादेशस्तरीय नेपाली सेना, नेपाल प्रहरी  तथा शसस्त्र प्रहरी बलबाट एक–एक जना प्रतिनिधिको रुपमा प्रदेश खेलकुद परिषदको सदस्यमा रहने व्यवस्था छ । त्यसैगरी गण्डकी विश्वविद्यालय, खेलकुद विभाग प्रमुख, अपांग महासंघ, उद्योग वाणिज्य संघ तथा स्थानीय तहबाट नियुक्त भएका खेलकुद प्रमुख सदस्य रहने गरी ड्राफ्ट तयार गरिएको मन्त्री पुनले जानकारी दिइन् ।

तयार पारिएको ड्राफ्टलाई यसै साउन महिनाभित्र फाईनल गरेर विधेयक प्रमाणिकरण गर्ने योजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘साउन भित्र विधेयक आउन सक्छ’, मन्त्री पुनले भनिन्, ‘सबै प्रक्रिया पुर्‍याएर समिति बनाउन अझै एकडेढ महिनाको समय लाग्न सक्छ ।’ मन्त्री पुनको भनाई अनुसार भए भदौमा नभए असोजसम्म खेलकुदमा नयाँ समिति बनिसक्ने छ ।
अर्को समाचार
सङ्गीता धामी: ‘सागका स्वर्ण, निर्वाचनमा म्यादी’
१४ कार्तिक २०७९
•
३ मिनेट पाठ
सङ्गीता धामी: ‘सागका स्वर्ण, निर्वाचनमा म्यादी’
खेलकुद क्षेत्रमा पछिल्लो समय उदयीमान खेलाडीका रुपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना भएकी छिन्।




पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना भएको धामीको भनाइ छ। हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता धामी १३औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा पहिलो पटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हुन्।

'हामीले खेलकुदका माध्यमबाट देश चिनाएर आफ्नो कर्तव्य पूरा गर्‍यौ', हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरीमा कार्यरत धामीले भने, 'तर राज्यले इतिहास रच्ने खेलाडीको रोजगारीको ग्यारेन्टी नगर्दा खेलाडी हुँ भन्न पनि गाह्रो मान्नुपर्ने अवस्था आयो।'

दार्चुलाको शैल्यशिखर नगरपालिका स्थायी घर भएकी धामी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुर ठूलोबुवाको घरमा बस्दै आएकी छिन्। बाल्यावस्थामै बुवा अर्कै श्रीमती लिएर घरबाट निस्केपछि आमा धनादेवीको सहारामा यहाँसम्म आइपुगेकी धामीको अझै पारिवारिक अवस्था दयनीय छ।

'आमाले भैँसीपालन गरेर दूध बेचेर हामीलाई यहाँसम्म पुर्‍याउनुभयो', उनले भने, 'अहिले कहिलेकाहीँ म पनि दूध बेच्न महेन्द्रनगर बजार आउँछु।' धामी म्यादी प्रहरीमा भर्नासँगै यही बीचमा नवौँमा स्वर्ण जितेर आईन।  

सागका स्वर्ण जित्दा सरकार र विभिन्न नगरपालिकाबाट पाएको रकमले घर खर्च चलेको उनको भनाइ छ। 'सानैमा बुवाले आमालाई छाडेर जाँदा उहाँले लगाउने खाने रहर अधुरै रह्यो', धामीले भने, 'म्यादी प्रहरीबाट आएको रकमले आमालाई थोरै भए पनि सुन किनेर रहर पूरा गर्ने योजना छ।'

सङ्गीताकी बहिनी रीता प्रवीणता प्रमाणपत्र तह र सङ्गीता स्नातक तहमा अध्ययनरत छिन्। 'दुवैको खर्च पनि मेरै खेलकुदबाट आएको रकमले चलेको थियो', उनले भने, ';अहिले स्वर्ण जितेर आउँदा रातो टीकासम्म लगाएर हौसला दिनुभएन।'

खेलकुद र पढाइलाई निरन्तरता दिनुभएकी सङ्गीताले नेपाली सेना र प्रहरीमा जागिर खाने धोको पूरा नहुनेमा चिन्ता रहेको दुखेसो पोखे। 'अन्तर्राष्ट्रियस्तरमा पदक मुलुकलाई दिलाउँदा कतै जागिर पाइन्छ कि भन्ने आशा थियो', उनले भने, 'अहिले पनि यति ठूलोे खेलाडी म्यादीमा हुँदा समाजले कति कुरा काट्छन कि भनेर चिन्ता हुन्छ।'

खेलाडी भएर मुलुकको इज्जत बढाउने स्तरका प्रतिभावान खेलाडीलाई राज्यले रोजगारीका विषयमा सोच्नुपर्ने उनको भनाइ छ। ]पदक दिलाउने  खेलाडीलाई पालिकास्तरसम्म भए पनि जागिरको व्यवस्था गर्नुपर्छ', उनले भने, 'शरीरमा ताकत हुँदा खेलेपनि पछि गएर जिविका चलाउन बाहिरिनुपर्ने बाध्यता भयो।'

उनले अन्य मुलुकमा अन्तर्राष्ट्रियस्तरमा पदक ल्याउने खेलाडीलाई सम्मान र रोजगारीको कुनै कमी नहुने गरेको बताए। 'अहिले म्यादीमा भर्ना भएर राज्यले गरिरहेको चुनावमा सुरक्षा प्रदान गर्ने जिम्मेवारी पाउँदा हर्षित नै छु', उनले भने, 'स्थायी रोजगारी पाउने आशैआशमा निराशा छाएको छ।'

सङ्गीतासँगै कुस्तीकी नवौँ राष्ट्रिय प्रतियोगितामा अर्की स्वर्णपदक विजेता खेलाडी हेमा भट्टलगायत पाँच / छ जना राष्ट्रिय खेलाडी अहिले कञ्चनपुरमा म्यादीमा भर्ना भएका छन्। कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले खेलाडीलाई राज्यले सुविधा दिने विषयमा सोच्नुपर्ने बेला आएको बताए। 'सागको स्वर्ण जित्ने चेलीले आज जागरिका लागि भौतारिनुपर्ने बाध्यता आउनु राम्रो कुरो होइन', उनले भने, 'अब पालिकामा पदक विजेता खेलाडीलाई रोजगारीको व्यवस्थाका लागि गुहार माग्छौँ ।' उनले खेलाडी भएर बाँच्न मात्रै गाह्रो रहेको बताए।  नवौँ राष्ट्रियमा सुदूरपश्चिमले १० स्वर्ण जित्दा कुस्तीमा मात्रै कञ्चनपुरका पाँच महिला खेलाडीले स्वर्ण दिलाएका थिए। रासस
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस