प्रिमियर लिग तालिका सार्वजनिक
०५ भदौ २०७७
•
२ मिनेट पाठ
प्रिमियर लिग तालिका सार्वजनिक
प्रिमियर लिगमा बढुवा भएको लिड्सले नयाँ सिजनको पहिलो खेलमा साबिक विजेता लिभरपुलसँग खेल्दा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले उद्घाटन खेलमा आराम लिने भएका छन् ।  

लिड्स १६ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको हो । टोलीले यसअघि २००३/०४ मा प्रिमियर लिग खेलेको थियो । प्रिमियर लिगको तालिका आयोजकले बिहीबार सार्वजनिक गरेको छ । तालिकाअन्तर्गत उद्घाटन खेलमा लिड्सले साबिकको च्याम्पियन लिभरपुलसँग उसैको घरेलु मैदानमा आफ्नो खेल पस्ँिकदा प्रिमियर लिग २०२०/२१ को नयाँ सिजन आरम्भ हुनेछ । उता २०१९÷२० सिजनमा पछिसम्म खेलेका सिटी र युनाइटेडले भने पहिलो साताको खेलमा आराम लिने भएका हुन् ।  

कुनै पनि क्लबलाई प्रिमियर लिगको प्रावधानअनुसार सिजनको अन्त्यमा ३० दिन आरामको समय छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले धकेलिएका केही खेलका कारण सिटी र युनाइटेडको खेल एक साता लम्बिएको हो । यस्तै सिटी र युनाइटेड क्रमशः च्याम्पियन्स लिग र युरोपा लिगबाट गत साता मात्रा बाहिरिएका थिए । च्याम्पियन्स लिग प्रिमियर लिग सकिएको तीन सातापछि पुनः सुचारु भएको थियो । च्याम्पियन्स लिगअन्तर्गत अहिलेसम्म सेमिफाइनलसम्मका खेल सम्पन्न भइसकेका छन् । जर्मन क्लब बायर्न म्युनिख र फ्रान्स लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले युरोपको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा उपाधि भिडन्त पक्का गरिसकेका छन् । यस्तै चेल्सी र उल्भसले सेप्टेम्बर १४ बाट खेलको सुरुआत गर्नेछन् । उनीहरूले अगस्ट महिनामा युरोपका केही प्रतियोगितामा सहभागिता जनाएका थिए ।  

लिड्सलाई आतिथ्यता दिन लागेको लिभरपुलले पछिल्लो तीन वर्षमा घरेलु मैदानमा भएको पहिलो खेलमा सुखद नतिजा निकालिरहेको छ । प्रिमियर लिगअन्तर्गत ह्यारी केन कप्तान रहेको टोटेनह्यामले एभरटनलाई आतिथ्यता गर्दा आर्सनलले यसै सिजन बढुवा भएको अर्को टोली फुलह्यामसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै चेल्सीले ब्राइटनको मैदानमा भ्रमण गर्नेछ । बिहीबार सार्वजनिक भएको तालिकामा सिटी र लिभरपुलबीच नोभेम्बर ७ मा प्रतिस्पर्धा हुने तालिका छ । 
अर्को समाचार
चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को खेल तालिका सार्वजनिक
१३ फागुन २०७७
•
२ मिनेट पाठ
चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को खेल तालिका सार्वजनिक
फागुन १५ गतेदेखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल तालिका सार्वजनिक गरेको हो ।  

प्रकाशित खेल तालिका अनुसार देशभरबाट सहभागी १६ टिमलाई क्रमसः समूह ए, बी, सी र डी गरी चार समूहमा विभाजन गरिएको छ । समूह ए मा काठमाडौँको हिमालयन ह्याइट हाउस, धनगढी तारानगरको शारदा विद्या निकेतन, काठमाडौँको नेक्सस इन्टरनेसनल एकेडेमी र कञ्चनपुरको महेन्द्रनगरमा रहेको लिटल बुद्ध एकेडेमी रहेका छन् । त्यस्तै समूह बी मा धनगढी २ मा रहेको लिटल फ्लावर इङ्लिस बोर्डिङ स्कुल, धनगढीको शारदा माध्यमिक विद्यालय वैयावेहडी, धनगढीकै त्रिनगर माध्यमिक विद्यालय र विद्या भूषण पब्लिक स्कुल गेटा रहेका छन् ।  

त्यसै गरी समूह सी मा धनगढीको स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, कञ्चनपुरको शारदा सरस्वती माध्यमिक विद्यालय दोधारा, धनगढी नमुना माध्यमिक विद्यालय धनगढी र अत्तरियाको होल्याण्ड इङ्लिस बोर्डिङ स्कुल रहेका छन् भने समूह डी मा कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिर, रुपन्देहीको न्यु एकेडेमी बोर्डिङ स्कुल, दाङको रोजी बर्ड्स बालबाटिका सेकेन्ड्री बोर्डिङ स्कुल र कैलालीको लम्कीमा रहेको गुरुकुल इङ्लिस मिडियम स्कुल रहेका छन् ।  

धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेलमैदानमा लिक कम नक आउटमा खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक लिटल फ्लावर र विद्या भूषण पब्लिक स्कुल गेटा भिड्ने प्रतियोगिताका व्यवस्थापक ज्ञानेन्द्र दडीमाना क्षेत्रीले जानकारी दिए । लिग चरणमा प्रत्येक टिमले ३/३ खेल खेल्न पाउने छन् । उक्त खेलबाट समूह विजेता ४ वटा टिमले सेमिफाइनलमा स्थान पाउने उनले बताए । फागुन १५ बाट सुरु भएर फागुन २७ गते लिग चरणका खेल सम्पन्न भएपछि २८ गते समूह ए को विजेता र समूह सी को विजेता पहिलो सेमिफाइनल तथा समूह बी को विजेता र समूह डी को विजेता दोस्रो सेमिफाइनल खेल खेल्ने छन् ।  

प्रतियोगिताको विजेताले १ लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही  ५/५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस