पोखरा रंगशाला फुटबल मैदान निर्माणको म्याद चौथो पटक थप गरिएको छ। आगामी मंसिर मसान्तसम्मको म्याद कम्पनीले पाएको छ। मंसिर मसान्तभित्रमा रंगशाालको भिआईपी प्यारापिटको सम्पूर्ण काम सक्ने कम्पनीले जनाएको छ।
मैदानको पूर्व तर्फ निर्माण गरिने अफिसियल भवनको भने राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति भइसकेको छैन। परिषदबाट भवन निर्माण गर्न स्वीकृति दिएको ६ महिनाभित्रमा काम फत्ते गर्ने कम्पनीले जनाएको छ। कोरोना त्राससँगै लकडाउनले काम गर्न नपाउँदा ठेकेदार कम्पनीलाई भने आर्थिक भार बढेको छ।
२०७५ साल फागुन २६ गते फुटबल मैदान तथा दुईवटा प्यारापिट भत्काई नयाँ संरचना निर्माणको शिलान्यास गरिएको थियो। युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गरेका थिए। भारतीय ग्रेट स्पोर्टस इन्फ्रा तथा एम.ए कन्ट्रक्सन ललितपुर(संयुक्त)ले मैदानसहित प्यारापिट निर्माणको जिम्मेवारी पाएको थियो। जिम्मेवारीसँगै २०७६ मंसिर १५–२४ मा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिता तयारी नहुँदै मैदानमा खेलाइएको थियो।
साग हुनु अघि नै कम्पनीको म्याद पहिलो पटक थप गर्दै चैत मसान्तसम्म थपिएको थियो। चैतकै दोस्रो सातादेखि लकडाउन भएपछि काम पूर्ण रुपमा ठप्प हुन पुग्यो। चैत मसान्तपछि असार मसान्तसम्म म्याद थपियो। २०७७ असार मसान्तसम्म पनि कामको खासै प्रगति भने भएन। परिषदले म्याद असारबाट थपेर मंसिर मसान्तसम्म पुर्याएको छ।
‘मंसिर मसान्तसम्म भिआईपी प्यारापिटको सबै काम टुग्याउँछौं’ कम्पनीका स्थानीय प्रोजेक्ट म्यानेजर दिपक बरालले भने,‘भिआईपी प्यारापिटका आवश्यक सामान भारतबाट मगाइसकिएको छ। ढिलोमा अर्को सातासम्म सामान आईपुग्छ।’ सामान आउनेवित्तिकै फटाफट काम टुंग्याइने उनको भनाई थियो। भिआईपी प्यारापिटको छानोको काम बाँकी छ। भइरहेका कामदारबाट चैतयता मैदानको गोडमेलको काम गर्दै आएको छ।
लकडाउनकै कारण कम्पनीले मैदान मर्मत सम्भारको भार बढेको छ। एक वर्ष स्टाफ खर्च बढेको छ। कम्पनीलाई एक करोड रुपैयाँ आर्थिक भार थपिने कम्पनीले जनाएको छ। ‘अफिसियल भवनको अझै स्वीकृति पाइएको छैन’ उनले भने,‘स्वीकृति पाएको ६ महिनामा निर्माण पूरा गरेर परिषदलाई हस्तान्तरण गर्ने छौं।’ बीच बीचमा काम रोकियो। स्पीडमा काम गर्न पाइएन। अहिले कोरोनाले काम ठप्पै भएको छ। ‘कोरोना त्रास हटेपछि मात्रै काम गर्छौ’ उनले थपे,‘अफिसियल भवन र बाँकी सिट जडान गर्न ६ महिना लाग्छ।’
उनले मैदानको पूर्व तर्फ अफिसियल भवनको लागि डिजाइन पेश गरिसकिएको छ। पेश गरिएको डिजाइनलाई परिषदले समेत स्वीकृत गर्दै कन्सल्ट्यान्टलाई पठाइसकेको छ। परिषदले कम्पनीसँग १ अर्ब २८ करोड लागतमा निर्माण गर्ने गरी सम्झौतामा गरेको हो। १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट तयारी भइसकेको छ। ३ हजार ५ सय सिट थप्दै २० हजार पुर्याउने योजना छ।