प्रदेश खेलकुद संघमा ‘एक व्यक्ति एक संघ’
१७ असोज २०७७
•
२ मिनेट पाठ
प्रदेश खेलकुद संघमा ‘एक व्यक्ति एक संघ’
एउटै व्यक्ति दुई वा दुई भन्दा बढी संघमा सदस्य एवं पदाधिकारी बन्ने परिपाटी अब अन्त्य हुने छ। एउटा खेलकुद संघमा रहेको सदस्य अर्को संघमा बस्न नपाउने भएका छन्। केही दिनअघि मात्रै पास गरिएको गण्डकी खेलकुद विधेयकले एउटा व्यक्ति दुई खेल संघमा बस्न नपाउने प्रावधान छ। गण्डकी खेलकुद परिषदमा दर्ता हुने संघमा दोहोरो गरी बस्न पाईदैन।  




‘एउटा व्यक्ति एउटा संघमा मात्रै बस्नुपर्छ’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन्–‘पहिला गण्डकी प्रदेश खेलकुद परिषदमा खेल संघ दर्ता हुनुपर्यो।’ दर्ता भएको संघमा एउटै व्यक्ति दुई खेलमा बस्न नपाईने विधेयकमा उल्लेखसँगै दोहोरो संघमा बस्ने संस्कार बन्द हुने छ। ‘विधेयकले नै एउटै व्यक्ति दुईवटा खेल संघमा बस्न नपाउने प्रावधान भएपछि त्यसै अनुसार दर्ता गर्ने अपेक्षा छ।’ उनको भनाई थियो। पद ओगट्ने प्रवृत्तिको समेत अन्त्य हुने छ।

क्रिकेटको मात्रै प्रदेशस्तरीय संघ छ। गण्डकी प्रदेश क्रिकेट संघ अब गण्डकी खेलकुद परिषदमा दर्ता हुने सम्भावना छ। त्यसैगरी प्रदेशस्तरीय फुटबल संघ समेत बनाइएको थियो। अखिल नेपाल फुटबल संघले प्रदेशस्तरीय संघ बनाएपनि यद्यपी चर्चामा भने छैन। खेलकुद परिषदमा प्रदेश खेल संघ दर्ता गर्न आधा भन्दा बढी जिल्लालाई समेट्नुपर्ने सामाजिक विकास मन्त्री पुनले बताईन्। गण्डकी प्रदेशमा ११ जिल्ला छन्। सबै भेगिए र सबै क्षेत्रलाई समेट्ने गरी सदस्य रहनुपर्ने विधेयकले जनाएको छ। ‘कम्तिमा ६ जिल्लाका खेलकर्मी सदस्यको रुपमा समेटेर प्रदेश खेल संघ दर्ता गरिनुपर्ने प्रावधान छ’ उनले भनिन्–‘त्यसो नभए खेल संघ दर्ता भने हुदैन।’ खेल संघ दर्ता गर्न ११ जिल्लालाई समेट्ने सकिए अझ प्रभावकारी हुने विश्वास मन्त्रालयको छ।

जिल्ला खेल संघ दर्ता गर्न पनि तीनवटा स्थानीय तहमा दर्ता भएको हुनुपर्ने प्रावधान विधेयकमा छ। विधेयक नहुँदा जिल्ला खेल संघ सिधै जिल्ला प्रशासन कार्यालयमा दर्ता भई जिल्ला खेलकुद विकास समितिमा दर्ता हुने प्रावधान थियो। तर अब जिल्ला खेल संघ गण्डकी प्रदेश खेलकुद परिषदमा दर्ता हुुनुपर्ने छ। दोहोरो संघमा बस्दा समय व्यवस्थापन गर्न समेत कठिनाई हुने हुँदा त्यसले झन समस्या निम्त्याउने गरेको छ।

‘तीन वटा गाँउपालिकामा दर्ता भएका खेल संघले जिल्ला खेल संघको रुपमा दर्ता हुन पाउने छ।’ मन्त्री पुनले भनिन्। गाउँपालिकामा खेल संघ दर्ता नभएको अवस्थामा जिल्ला संघ गठन गर्न नसकिने उनको स्पष्ट भनाई थियो। संघले गर्ने वार्षिक गतिविधि, खेलकुद प्रतियोगिता, वार्षिक प्रतिवेदन समेत सबै बुझाउनुपर्ने छ। जिल्ला खेल संघले वार्षिक प्रतिवेदन नबुझाए कार्वाही गरिने विधेयकमा उल्लेख छ। तर अहिल जिल्ला खेलकुद विकास समितिमा दर्ता भएका झण्डै तीन दर्जन खेल संस्था भएपनि दर्ता भएका अधिकांशले वार्षिक प्रतिवेदन भने बुझाउँदैनन्। केही खेल संस्थाले मात्रै वार्षिक प्रतिवेदन बुझाउँदै आएका छन्।
अर्को समाचार
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
३८ मिनेट अघि
•
१ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्। शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान २–२ गोल गरेर अंक बाँडेका थिए।




शनिबार भएको आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदूरपश्चिम एपीएफसँग अंक बाँडेसँगै लिग चरणबाट बाहिरिएको हो।

खेलको ७ औं मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर एपीएफका गणेश पुलामीले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको २६औं मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनाएको थियो।

पहिलो हाफमा १ गोलले पछाडी परेको सुदूरपश्चिमले दोस्रो हाफमा भने पुनरागमन गर्दै खेलको ७२ औं मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पुर्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।

म्याच कमिसनर पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पँहेलो कार्ड पाएका थिए। एपीएफका सुमन श्रेष्ठले ६०औं मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९औं मिनेटमा पँहेलो कार्ड पाएका थिए।

प्रतियोगितामा दुई खेल खेलेको एपीएफ क्लब सेमिफाइलनमा प्रवेश गरेको छ भने समान खेल खेलेको सुदूरपश्चिम प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ। अघिल्लो खेलमा मधेश प्रदेशसंग सुदूरपश्चिम पराजित भएको थियो।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस