राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालाभित्र टेनिसको पूर्वाधार बनाउन दुई करोड ५७ लाख रुपैयाँ खर्च गर्यो। भवन, हार्ड कोर्ट र क्ले कोर्ट बनाउन परिषदले त्यति रकम खर्च गरेको हो। पूर्वाधार बनाउन परिषदले जिल्ला संघसँग समन्वय नै नगरी टेण्डर आह्वान गरी ठेकेदार कम्पनीलाई जिम्मा लगायो। ठेकेदार कम्पनी आर एण्ड सी विल्डर्सले परिषदले दिएको नक्सा अनुसार धमाधम पूर्वाधार तयार पार्यो। भवन बनायो। हार्ड कोर्ट र क्ले कोट बनाई तारजाली लगाईदियो।
भवन तयार भईसक्यो। राष्ट्रिय खेलकुद परिषदलाई ठेकेदार कम्पनीले बुझाईसके। गएको कार्तिकमै काम सकिएको हो। तर म्याद असार मसान्तसम्म थियो। असार मसान्तमा रंगशालाभित्र टेनिसको लागि बनाइएको भवन बुझाइयो। भवन प्रयोगविहीन छ। क्ले कोर्ट पानी जमेर लेउयुक्त छ। संरक्षण र सम्बद्र्धनको जिम्मेवारी र दायित्व परिषदले नत खेलकुदलाई निर्देशन गरेको न टेनिस संघलाई नै।
पूर्वाधार थपिनु राम्रो हो। तर गलत ठाँउमा बनाइएकोले प्रयोगविहीन बनेको ठम्याई टेनिस संघ कास्कीको छ। समन्वय गरेर बनाइएको भए उपयुक्त ठाँउ बनाइन्थ्यो। नयाँ भवन बनाउन टेनिस संघसँग प्रारम्भिक छलफल नै भएन। छलफल नभई परिषदले आफ्नो हचुवाको भरमा भवन बनाएको टेनिसमा आवद्धहरु बताँउछन्। कास्की जिल्ला टेनिस संघकै एक दशक अघि नै अफिसियल भवन बनाइसकेको थियो। संघले पहिले नै ५ वटा कोर्ट तयार पारिसकेको थियो।
‘टेनिसको पूर्वाधार बनाउँदा संघसँग समन्वय नै नगरी बनाइयो’ कास्की जिल्ला टेनिस संघका कोषाध्यक्ष लोकबहादुर गुरुङले भने–‘समन्वय गरेको भए बनाइएको भवन अहिले प्रयोगविहीन अलपत्र पर्ने थिएन।’ परिषदले आवश्यकता भन्दा पनि हचुवाको भरमा बनाएको आरोप लाग्दै आएको छ। नयाँ बनाइएको भवन छ वटा कोर्ट भन्दा दक्षिणमा छ। संघको आफ्नै अफिसियल भवन छ। यसले गर्दा नयाँ बनाइएको भवन संघले उपयोग गरिसकेको छैन। भवन उपयोग गर्नु अघि नै मर्मत सम्भार गर्नुपर्ने देखिएको छ। ‘भवन उपयोग गर्ने विषयमा कुनै जानकारी नै छैन’ उनले भने–‘कोर्ट पनि खत्तम भईसकेको छ। मर्मत नगरी हुदैन।’
भवनमा चेन्जिङ रुम, शौचालय, फिडब्याक रुम र प्यारापिट बनाइएको छ। संघले प्यारापिटसहितको चेन्जिङ रुम बनाउन कोर्टहरुको पूर्व तर्फ बनाउन उपयुक्त थियो। कोषाध्यक्ष गुरुङका अनुसार पूर्व तर्फ प्यारापिटसहित चेन्जिङ रुम र शौचालय बनाउन सकिन्थ्यो। भवनसँगै हार्डकोर्ट र क्ले कोर्ट पनि बनाइएको छ। क्ले कोर्टमा पानी जमेर लेउ पलाएको छ। हार्ड कोर्ट मात्रै उपयोग हुँदै आएको छ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पनि टेनिसको पूर्वाधार बनिसकेको विषयमा यकिन जानकारी परिषदबाट नआएको बताएको छ। ‘हस्तान्तरण भएको आधिकारीक सूचना छैन। हामीले पनि भवन र कोर्टमा भएको समस्याको समाधान गर्न संघलाई ठेकेदारसँग समन्वय गर्न निर्देशन गरेका थियौं।’ कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने–‘समन्वय संघले ठेकेदार कम्पनीसँग गरयो गरेन जानकारीमा छैन। तर हामीलाई परिषदबाट कुनैपनि निर्देशन भने आएको छैन।’ संरक्षण र सम्बद्र्धन एवं उपयोगको लागि निर्देशन नहुँदा भवन कार्तिक यता अलपत्रै छ।