घरेलु टोली अस्ट्रेलिया भारतविरुद्धको अन्तिम तथा तेस्रो ट्वान्टी–२० क्रिकेटमा १२ रनको रोमाञ्चक जित हात पारेसँगै शृंखलामा क्लिन स्विप हुनबाट जोगिएको छ।
मंगलबार सिड्नीमा भएको अन्तिम खेलमा अस्ट्रेलियाले १ सय ८७ रनको लक्ष्य रक्षा गरेको थियो। भारतका कप्तान विराट कोहलीले ८५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। ११ बल बाँकी छँदा कोहली आउट भएसँगै भारतको आशा समाप्त भएको थियो। उनी एन्ड्य्रु टाईको बलमा ड्यानिएल साम्सद्वारा क्याच भए। ६१ बलमा विराटले ४ चौका र तीन छक्का हिर्काए।
न्यु साउथ वेल्सको राज्य सरकारको स्वास्थ्य प्रोटोकल अपनाएर करिब ३० हजार दर्शकलाई खेल हेर्न दिएको थियो। एकदिवसीय शृंखला २–१ ले गुमाएको भारत दुई दिनअगाडिको जस्तो सानदार ब्याटिङ प्रदर्शनलाई निरन्तरता दिन नसक्दा शृंखला क्लिन स्विप गर्नबाट चुक्यो। ‘जब हार्दिक (पाण्ड्या) ले एक समय राम्रो गरे, त्यस बेला खेलमा फर्कन्छौं जस्तो लागेको थियो,’ कोहलीले भने, ‘तर मिडल अर्डरको ब्याटिङ राम्रो हुन सकेन। ३० रनभन्दा माथिको साझेदारी भइसकेपछि हार्दिकलाई पनि सहज हुनुपर्ने थियो, तर भएन। तर पनि हामी यस सिजनलाई सानदार बिदाइ गर्न प्रयत्न गर्नेछौं।’
त्यसअघि अस्ट्रेलियाले म्याथ्यु वेड र ग्लेन म्याक्सवेलको अर्धशतकीय पारीबाट पाँच विकेट गुमाउँदै १ सय ८६ रनको बलियो योगफल तयार पारेको थियो। म्याक्सवेल दुई पटक रिभ्युमार्फत आउट हुनबाट बचेका थिए। उनले ३६ बलमा ५४ रनको आक्रामक ब्याटिङ गर्दा समान ३/३ छक्का र चौका हिर्काए। वेडले तेस्रो विकेटका लागि म्याक्सवेलसँग ९० रनको साझेदारी गरेका थिए। शार्दूल ठाकुरको बलमा वेड ८० रनमा एलबिडब्लुको सिकार हुन पुगे। वेडले करियरको सर्वाधिक व्यक्तिगत स्कोर बनाउँदा ५३ बलमा सात चौका र दुई छक्का प्रहार गरे।
‘यो शृंखला पनि राम्रै रह्यो। हामीले दुई खराब हारका बावजुद शृंखलालाई सुखद अन्त्य गर्न सफल भयौं,’ अस्ट्रेलियाका कप्तान आरोन फिन्चले भने, ‘हामी पहिलो पटक ट्वान्टी–२० शृंखलामा दुई लेग स्पिनरका साथ उत्रिएका थियौं, तर पनि सानो बाउन्ड्रीमा उनीहरूले राम्रो प्रदर्शन गरे।’ लेग स्पिनर मिचेल स्विपसनले चार ओभरमा तीन विकेट लिँदा २१ रन खर्चिंदै किफायती बलिङ गरेका थिए। म्याक्सवेल, सिन एबट, एडम जाम्पा र टाईले १/१ विकेट निकाल्दा भारतले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा १ सय ७४ रन मात्र बनाउन सक्यो। एएफपी