आर्सनलका प्राविधिक निर्देशक इडुले क्लब प्रशिक्षक मिचेल अर्टेटाले राम्रो काम गरिरहेको र क्लबको महत्वाकांक्षी योजना पूरा हुने बताएका छन्।
आर्सनलले इङ्लिस प्रिमियर लिगमा ४६ वर्षयताकै खराब प्रदर्शन गरिरहेको छ। आइतबार मात्र अर्टेटाको टोली बर्नलीसँग १–० ले निराश भएको थियो। आर्सनलले सन् १९५९ पछि घरेलु मैदान इमिरेट्समा लगातार ४ खेल गुमाएको यो पहिलो पटक हो। आइतबार मैदानमा उपस्थित २ हजार दर्शकमध्ये क्लबका केही समर्थकले अर्टेटा र उनको रणनीतिको विरोध गरेका थिए। तर क्लबले भने अर्टेटामाथिको विश्वास नगुमाइसकेको बुझिएको छ। इडुले पनि अर्टेटा सही मार्गमै भएको बताए।
‘मिचेलले राम्रो काम गरिरहेका छन्,’ इडुले भने, ‘टोलीले लगातार खराब नतिजा ल्याउँदा प्रशिक्षकको विरोध गरिनु सामान्य हो। तर मैले टोलीको भविष्य उज्ज्वल देखिरहेको छु। हामी दैनिक रूपमा टोली निर्माणको काम गरिहेका छौं। यहाँ जे भइरहेको छ सही भइरहेको छ र सबैले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। टोलीका कति युवा खेलाडीले पहिलो रोजाइमा स्थान बनाएका छन् र राम्रो प्रदर्शन गरिरहेका छन् ? म टोलीमा क्षमतावान् युवा खेलाडीको बाहुल्यता देखिरहेको छु। अहिले यसो भन्दा आश्चर्य लाग्न सक्छ तर म निष्पक्ष हुनुपर्छ, म टोलीले आगामी दिनमा सुखद प्रदर्शन गर्नेमा आशाबादी छु।’
आर्सनलले लिगका पछिल्लो ५ खेलमा मात्र १ अंक बटुलेको छ। टोली अहिले १५औं स्थानमा छ र रेलिगेसन क्षेत्रभन्दा मात्र ५ अंक माथि छ। युनेई इमिरेले छोडेपछि नोभेम्बर २०१९ बाट अर्टेटाले टोली प्रशिक्षण सम्हालेका थिए। अर्टेटाको प्रशिक्षणमा आर्सनलले चेल्सीको चुनौती पन्छाउँदै गत सिजन कीर्तिमानी १४औं पटक एफए कपको उपाधि जितेको थियो। त्यस्तै आर्सनलले लिभरपुललाई प्रिमियर लिग र कम्युनिटी सिल्डमा र नोभेम्बर १ मा ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडलाई हराएको थियो।
यद्यपि त्यसपछि भने आर्सनलले घरेलु मैदानमा कुनै पनि खेल जितेको छैन भने पिइरे इमेरिक औबामयाङले पनि गोल गर्न सकेका छैनन्।
‘उनी मैले काम गरेकामध्ये सबैभन्दा राम्रा व्यवस्थापक हुन्,’ म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अर्टेटाका बारेमा भनेका थिए, ‘उनले आफ्नो क्षमता बुझेका छन्।’
आर्सनलले प्रिमियर लिगका आगामी दुई खेलमा साउथह्याम्पटन र एभर्टनलाई आतिथ्यता प्रदान गर्नेछ। त्यसपछि अर्टेटाको टोलीले
इङ्लिस लिग कपको क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ। डिसेम्बर २६ मा आर्सनलले चेल्सीको सामना गर्नेछ।
‘हामीले धेरै परिवर्तनको सामना गरेका छौं,’ इडुले भने, ‘अबको हाम्रो लक्ष्य भनेको क्लबको स्वाभाविक प्रदर्शन फर्काउनु हो र यसका लागि हामीलाई अझै समयको आवश्यकता छ।’