नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला संघसँग सुझाव मागिँदै
०२ पौष २०७७
•
३ मिनेट पाठ
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला संघसँग सुझाव मागिँदै
कोरोनाले सबै क्षेत्र सन्त्रासमै छ। खेलकुद बिस्तारै चलायमान हुँदै गएको छ। खेलकुद गतिविधि बढ्दै छ। कोरोनाको सन्त्राससँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद पषिद्ले पोखरामा विभिन्न जिल्ला संघका पदाधिकारीसँग छलफल गर्दै रायसुझाव पेस गर्न आग्रह गरेको छ।  




खेलकुद गतिविधि बढ्दै गएपछि प्रदेशका सबै जिल्लासँग प्रतियोगिताका बारेमा आवश्यक सुझाव माग्नुपर्ने राय छ। परिषद्ले पोखरामै रहेका विभिन्न खेलसँग मात्रै सुझाव मागेको छ। ‘जिल्लाहरूमा खेलकुदको अवस्था कस्तो छ ? प्रशिक्षण गर्ने वातावरण छ कि छैन ? खेलाडीको अवस्था के छ ? त्यो बुझेर मात्रै अघि बढ्नुपर्छ,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दीपकबहादुर गोदारले भने, ‘पोखरालाई मात्रै लक्षित गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने र नहुने विषयमा निर्णय गर्न सकिने अवस्था रहँदैन।’ उनका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सबै जिल्लालाई सूचित गरेर जिल्ला छनोट हुँदै खेलाडी प्रदेश छनोटसम्म आइपुग्ने अवस्थाको बारेमा समेत बुझ्नुपर्छ।  

राष्ट्रिय खेलकुदको जिम्मेवारी गण्डकी प्रदेशको काँधमा छ। चर्चासँगै प्रशिक्षण गराउनुपर्ने दायित्वसमेत बढेको छ। ३५ खेलमध्ये थोरै खेलका मात्रै प्रशिक्षक छन्। सितोरियो कराते, तेक्वान्दो, उसु, भलिबल, शारीरिक सुगठन, एथलेटिक्स र जिम्न्यास्टिकका मात्रै प्रशिक्षक छन्। बाँकी खेल प्रशिक्षकविहीन अवस्थामा छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा चलिरहँदा प्रशिक्षकको पीडा गण्डकी प्रदेश खेलकुदले भोग्दै आएको छ। स्वयंसेवक प्रशिक्षकको भरमा धानिनुपर्ने बाध्यता छ। पदकको अपेक्षा उस्तै छ। तर सिकाउने दक्ष प्रशिक्षकको अभावमा भने कास्कीको खेलकुद रुमलिएको छ।  

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रशिक्षण विभाग निर्देशक कृष्ण तिमिल्सिनाले संघले दिएको सुझावलाई परिषद्मा पठाउने र परिषद्ले नै निर्णय गरेपछि कार्यान्वयन गरिने बताए। ‘खेलाडी लामै समय घरमै बसेका छन्। प्रतियोगिताका लागि प्रशिक्षकको समय पाए नतिजा राम्रो आउँथ्यो कि भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने, ‘परिषद्ले निर्णय गर्ने हो। निर्णयलाई हामीले हाम्रो तहबाट कार्यान्वयन गर्ने मात्रै हो।’ प्रशिक्षणको समय पाएको अवस्थामा प्रशिक्षण गराउन सहज हुने विश्वास उनको थियो।  

गण्डकी प्रदेशले आयोजनाको दायित्वसँगै पदकको शाखसमेत जोगाउनुपर्ने अर्को बाध्यता छ। दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० सालमा पोखरामै आयोजना गरिएको थियो। ३७ वर्षपछि फेरि पोखरा फर्किएको छ। ३७ वर्षअघि केवल १३ खेल समावेश गरिएको थियो। गण्डकी (अञ्चल) ले दोस्रो स्थान हासिल गरेको छ। विभागीय टोलीको सहभागिता भने थिएन। १४ वटै अञ्चलले प्रतिस्पर्धा गरेका थिए। अहिले सात प्रदेशसहित तीन विभागीय टोलीको प्रतिस्पर्धा हुन्छ।  

‘गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक हो। आयोजक भइसकेपछि उत्कृष्ट नतिजा कसरी ल्याउन सकिन्छ। यो बेलामा प्रतियोगिताको सम्भावना बारेमा छलफल गरियो,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने, ‘सबै संघका पदाधिकारीलाई रायसुझावका लागि आग्रह गरिएको छ।’ सबै संघले दिएको सुझावलाई परिषद्मा पठाउने उनले सुनाए। सुझावअनुसार नै नवौं खेलकुदको आवश्यक तयारीलाई कसरी अगाडि बढाउने भन्ने अहिलेको उद्देश्य र चुनौती रहेको कार्यालय प्रमुख योगीको भनाइ थियो। 
अर्को समाचार
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
३ मिनेट अघि
•
१ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ। लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको हो।




सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई-दुई अंक प्राप्त गरेको भएपनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको हो।

यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका थिए।

टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा पाँच विकेट गुमाएर ११७ रन बनाएको थियो। गण्डकीका लागि सिमाना केसीले सर्वाधिक ४० रनको योगदान दिइन्। ३४ बल खेलेकी सिमानाले तीन चौका प्रहार गरिन्। यस्तै सम्झना पौडेलले नटआउट ३८ रनको योगदान दिइन्।

ओपनर दिपिका सापकोटा शून्यमै आउट हुँदा श्रेया शाहले १५ रन बनाइन्। रेखा तामाङ चार रन बनाएर आउट हुँदा चन्द्रमाया बराल र कुशुम गोदारले एक एक रन थपे। सुदूरपश्चिमकी स्नेहा महराले दुई विकेट लिइन भने अनु कठायत, करिष्मा थापा र यशु पाण्डेले एक-एक विकेट लिए।

सुदूरपश्चिमलाई विताउन अनु कडायतले महत्वपूर्ण पारी खेलिन्। ३३ बलको सामना गरेकी अनुले दुई छक्का र सात चौका प्रहार गरिन्। यस्तै मनिषा बोहराले २५ रन बनाउँदा यशु पाण्डेले ११, ऋतु कनौजीयाले आठ स्नेहा महराले दुई र ममता बोहराले एक रन बनाए। 
गण्डकीका लागि दिपिका सापकोटाले चार तथा चन्द्रमाया बरालले एक विकेट लिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस