टोली व्यवस्थापनले मानसिक दबाब दिएको भन्दै पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।
२८ वर्षे आमिरले २०१९ मा टेस्ट क्रिकेटबाट अलग्गिने घोषणा गरेका थिए। पाकिस्तानको न्युजिल्यान्ड भ्रमणमा पनि आमिरलाई टोलीमा समावेश गरिएको थिएन। ‘म टोलीको आवश्यकता पर्दा सधैं उपलब्ध हुन्छु, तर ममाथि टोली व्यवस्थापनले तल्लो स्तरको व्यवहार गर्यो,’ आमिरले भने।
आमिरले सन् २००९ मा १७ वर्षको उमेरमा श्रीलंकाविरुद्धको खेलसँगै पाकिस्तानी राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। आमिरले पाकिस्तानबाट ३६ टेस्टमा १ सय १९ विकेट, ६१ एकदिवसीय खेलमा ८१ र ५० वटा ट्वान्टी–२० खेलमा ५९ विकेट लिएका छन्।
आमिर अन्य दुई खेलाडीसँगै सन् २०११ मा इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखलामा म्याच फिक्सिङ गरेको आरोपमा जेलसमेत परेका थिए। उनमाथि ५ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाइएको थियो। ‘म अब अन्तर्राष्ट्रिय क्रिकेट खेल्न चाहन्नँ,’ आमिरले भने। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले आमिरको संन्यासको निर्णय व्यक्तिगत भएकाले त्यसको सम्मान गर्ने जनाएको छ। ५ वर्षको प्रतिबन्धपछि २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका आमिर पाकिस्तानले २०१७ को च्याम्पियन्स ट्रफी जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए।