तीन महिनापछि अवे जित निकालेको लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसमाथि ७–० को गोलवर्षा गरेको छ।
रोबर्टाे फिर्मिनो र मोहम्मद सालाहको समान दुई गोलप्रेरणाबाट लिभरपुलले प्यालेसमाथि सानदार जित निकाल्दै दोस्रो स्थानको टोटेनह्यामसँग ६ अंकको अग्रता बनाएको छ। प्यालेसको मैदान सेलहर्ट पार्कमा लिभरपुलले सानदार जित निकाल्दा फिर्मिनो र सालाहले २/२ तथा ताकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले समान एक गोल थपेका थिए। जितसँगै लिभरपुल १४ खेलबाट ३१ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ।
लिभरपुलले पहिलो हाफमा तीन गोल गर्दा दोस्रो हाफमा चार गोल थपेको थियो। डिफेन्डिङ च्याम्पियन लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले पहिलो रोजाइका सालाहलाई मैदानबाहिर राख्दै जापानिज स्टार मिनामिनोलाई अवसर दिएका थिए। उनले प्रशिक्षकको भरोसामा साथ दिँदै छिट्टै अग्रता दिलाएका थिए। पछिल्लो समय चोटका कारण धेरै खेलाडी गुमाएको लिभरपुलले यस सिजन पहिलो पटक रबाफिलो प्रदर्शन गरेको छ।
यो जितबाट लिभरपुलले दोस्रो स्थानको टोटेनह्यामलाई ६ अंकले पछि पारेको छ भने पराजित क्रिस्टल प्यालेस १८ अंकसहित १२औं स्थानमा छ। एएफपी