नवलपुरलाई ८६ रनले पराजित गर्दै कास्की गण्डकी प्रादेशिक क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । अनुभवी खेलाडी दीपेश खत्री, कप्तान विपिन क्षत्री र सुवास भण्डारीले उत्कृष्ट बलिङ गरेपछि नवलपुर ३१ ओभरमा सबै विकेट गुमाउने क्रममा ११५ रनमा समेटिएको थियो । ८ ओभरमा ५२ रन बनाएर उत्कृष्ट शुरुवात गरेको नवलपुर राहुल शर्माको विकेट पतन भएपछि धरासायी बन्न पुग्यो । कमल परियार र सन्देश बस्नेतले विकेट जोगाउँदै रन जोड्दै अघि बढेपनि कास्कीका स्पीनरको बलमा विकेट झरेपछि पभेलियन फर्किए ।
राहुल शर्माले ३९ बल खेल्दै ३२ रन बनाउँदै जीतको सम्भावना देखाएका थिए । ४० ओभर भित्रै जीत निकालेको अवस्थामा च्याम्पियन बन्ने नेटरनरेटको आँकडा थियो । तर नवलपुरले एकपछि अर्को गरी विकेट गुमाउन पुग्यो । शर्माले ५ चौका र १ छक्का हिर्काउँदै गतिलो शुरुवात दिलाए । सन्देश बस्नेतले ४९ बलमा अविजिति रहने क्रममा २९ रन बनाए । उनले ३ चौका हिर्काए । कमल परियारले २७ बलमा १६ रन बनाउँदा २ चौका र १ छक्का स्कोरकार्डमा चढाएका थिए । कास्कीका बलर दीपेश खत्रीले ६ ओभरमा १ मेडन राख्लै केवल ८ रन दिएर ३ विकेट लिए । कप्तान विपिन क्षत्रीले ८ ओभरमा २९ रन खर्चिएर ३ विकेट लिँदा सुवास भण्डारीले ७ ओभरमा २ मेडन राख्दै १४ रन दिएर २ विकेट लिए ।
बुधबार टस जितेर व्याटिङको निम्तो दिएको कास्कीले २०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कमजोर शुरुआतलाई ओपनर एवं युवा खेलाडी अर्जुन कुमालले इनिङ सम्हालेपछि कास्कीले नवलपुरलाई २०२ रनको चुनौति दिएको थियो । १५ ओभरको समाप्तीमा ५१÷४ को स्थितिमा रहेको कास्कीलाई अर्जुन कुमालले छैठौं नम्बरमा अएका सुवास भण्डारीसँग ६८ रनको साझेदारी गर्दै योगफल उकासेका थिए । भण्डारी व्यक्तिगत ३४ रनमा आउट भएपछि कप्तान विपिन क्षत्री क्रिज छिरेका थिए । भण्डारीले ७५ बल खेल्दै ३ चौका र १ छक्का हिर्काए ।
म्यान अफ दि सिरिज सुवास भण्डारीनवलपुरको बलरले कास्कीका व्याट्सम्यानलाई खासै रन दिएनन् । कास्कीले ९ रन जोड्न ६० बल (१० ओभर) खेल्न पुग्यो । विकेट जोगाँउदै सम्हालिने प्रयास गरेको कास्कीले ६० रन बनाउन २५ ओभर पुरा खेल्यो । कुमालले खत्रीसँग छैठौं विकेटको लागि ४६ रनको साझेदारी गरेका थिए । ४६.३ ओभरमा कुमाल कप्तान खत्रीकै कारण रन आउट हुदैं पभेलियन फर्किएपछि दुबैको साझेदारी टुटेको थियो । फिल्डरको हातमा बल पुगेको अवस्थामा कप्तान खत्रीले आफैंले स्ट्राई लिने धुनमा कुमाललाई रन आउटको शिकार बनाए । रनआउट हुनु अघि कुमाल ७७ रनमा थिए । शतक पुरा गर्ने धुनमा रहेका कुमाललाई रनआउट आफ्नै कप्तानले रनआउट बनाएपछि निराश हुदैं पभेलियन फर्किएका थिए । कुमाललाई सन्देश बस्नेतले रनआउट बनाएका थिए ।
१२७ बल खेल्दै प्रतियोगिताकै सर्वाधिक १० चौका (एकै खेलमा) हिर्काउँदै कुमाल एकै खेलमा ७७ रन हिर्काउने पहिलो व्याट्सम्यान समेत हुन् । कुमाल नेपाली यु–१६ राष्ट्रिय टोली महत्वपूर्ण व्याट्सम्यान समेत हुन् । खत्रीले २३ बलमा एक चौका र दुई छक्कासहित ३० रन बनाई आउट भए । हतारिएर व्याटिङ गर्ने धुनमा आउट भएपछि आएका अमृत गुरुङले १८ रनमा अविजित रहे । उनले १३ बलमा १ चौका र १ छक्का हिर्काएका थिए । नवलपुरका विशाल पौडेलले १० ओभरमा ३ मेडन राख्दै २ विकेट लिएका थिए । विशाल पौडेलले ३ राख्दै १९ रन दिएर २ विकेट लिँदा राहुल शर्माले भने १० ओभरमा ६ मेडन राख्दै केवल ८ रन मात्रै दिए । तर उनले विकेट भने लिन सकेनन् ।
गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा भईरहेको छनोट प्रतियोगितामा म्यान अफ दि सिरिज सुवास भण्डारी घोषित भए । अर्जुन कुमाल बेष्ट व्याट्सम्यान र बेष्ट बलर सुवास भण्डारी घोषित भए । छनोटमा कास्की, तनहुँ, स्याङजा र नवलपुर जिल्ला सहभागि थिए ।
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ। लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको हो।
सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई-दुई अंक प्राप्त गरेको भएपनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको हो।
यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका थिए।
टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा पाँच विकेट गुमाएर ११७ रन बनाएको थियो। गण्डकीका लागि सिमाना केसीले सर्वाधिक ४० रनको योगदान दिइन्। ३४ बल खेलेकी सिमानाले तीन चौका प्रहार गरिन्। यस्तै सम्झना पौडेलले नटआउट ३८ रनको योगदान दिइन्।
ओपनर दिपिका सापकोटा शून्यमै आउट हुँदा श्रेया शाहले १५ रन बनाइन्। रेखा तामाङ चार रन बनाएर आउट हुँदा चन्द्रमाया बराल र कुशुम गोदारले एक एक रन थपे। सुदूरपश्चिमकी स्नेहा महराले दुई विकेट लिइन भने अनु कठायत, करिष्मा थापा र यशु पाण्डेले एक-एक विकेट लिए।
सुदूरपश्चिमलाई विताउन अनु कडायतले महत्वपूर्ण पारी खेलिन्। ३३ बलको सामना गरेकी अनुले दुई छक्का र सात चौका प्रहार गरिन्। यस्तै मनिषा बोहराले २५ रन बनाउँदा यशु पाण्डेले ११, ऋतु कनौजीयाले आठ स्नेहा महराले दुई र ममता बोहराले एक रन बनाए। गण्डकीका लागि दिपिका सापकोटाले चार तथा चन्द्रमाया बरालले एक विकेट लिए।