च्यारिटी बास्केटवल खेलेर घाइते खेलाडीको उपचारमा २ लाख सहयोग
०८ पौष २०७७
•
२ मिनेट पाठ
च्यारिटी बास्केटवल खेलेर घाइते खेलाडीको उपचारमा २ लाख सहयोग
सहयोग रकम घाइते खेलाडी(दाँया रातो ज्याकेट)लाई हस्तान्तरण गरिँदै । तस्बिर : रोहित राई
अभ्यासको क्रममा घाइते भएका प्रदेश नं १ का बास्केटवल खेलाडी प्रदिप गुरुङलाई सहयोगार्थ आयोजित च्यारिटी मैत्रीपुर्ण बास्केटवल खेल आयोजना गरि २ लाख रुपैयाँ सहयोग गरिएको छ।  




धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको संयोजनमा च्यारिटी मैत्रीपुर्ण बास्केटवल खेलमार्फत नगद २ लाख सहयोग गरिएको हो। संघले आज बुधबार डिपो माविको बास्केटवल कोर्टमा मैत्रीपुर्ण च्यारिटी खेल आयोजना गर्दै घाइते खेलाडी गुरुङलाई नगद हस्तान्तरण गरेको थियो। संघको संयोजनमा संकलन भएको १ लाख २७ हजार ५ सय ९० रुपैयाँ नगद केन्द्रीय उपाध्यक्ष सुरज लामा, जिल्ला अध्यक्ष नारायण सुवेदीलगायतले हस्तान्तरण गरेका थिए।

खेल उद्घाटन समारोहमा नैधारनको वडा नं १८ का अध्यक्ष प्रविण राईले १५ हजार, एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष एवं प्रदेश १ अध्यक्ष किसोर राईले १० हजार, नेपाल बास्केटवल लिगबाट १० हजार, झापा बास्केटवल संघबाट ५ हजार, हिमालयन मेघा कलेजबाट ५ हजार, होप धरानले संकलित २७ हजार ४ सय १० रुपैयाँको डमी चेक पनि खेलाडी गुरुङलाई हस्तान्तरण गरिएको थियो।

संघका केन्द्रीय उपाध्यक्ष एवं धरान बास्केटवल संघका अध्यक्ष सुरज लामाले खेलाडीहरु घाइते हुँदा राज्यले उपचारको प्रबन्ध गर्नुपर्छ भनेर ध्यानाकर्षण गराउनको लागि च्यारिटी खेल आयोजना गरिएको बताए। उनले भने,‘खेलाडी भाईको सम्मानको लागि र राज्यका निकायहरुलाई जिम्मेवारी बोध गराउनको लागि च्यारिटी खेल आयोजना गरिएको हो।’अध्यक्ष लामाले फेरि पनि यसरी नै च्यारिटी खेल आयोजना गर्न नपारोस् भनेर खेलाडीहरुको लागि संघले छुट्टै कोष स्थापना योजना रहेको पनि बताए। उनले खेलाडीहरुको भविष्यको लागि अन्य क्लबहरुले पनि कोष बनाउन आग्रह पनि गरे।

कार्यक्रमका प्रमुख अतिथि एवं वीपी प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले राष्ट्रको लागि खेल्ने खेलाडी घाइते हुँदा राज्यले नै उपचारको प्रत्याभूति गर्नुपर्ने बताए। उनले आगामी दिनहरुमा देशको लागि मेडल जित्ने खेलाडीहरु उपचारको लागि च्यारिटी गर्न नपरोस् भन्दै प्रतिष्ठानले पनि सक्दो सहयोग गर्ने बताए। एन्फा प्रदेश १ अध्यक्ष किसोर राईले पनि घाइते खेलाडीलाई राज्यले उपचार व्यवस्था गर्नुपर्ने बताए।

सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका २८ वर्षीय गुरुङ प्रदेश न. १ को महत्वपुर्ण खेलाडी हुन्। उनको दाहिने घुँडाको एन्टिरियर क्रुसिएट लिगामेन्ट(ए.सि.एल.) पुर्णरुपमा च्यातिएको छ भने मिडियल मिनिस्कस र लेटिरियल मिनिस्कसको भाग पनि केही च्यातिएको छ। वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका खेलाडी गुरुङको मेजर सर्जरी गरेर लिगामेन्ट प्रत्यारोपण गर्नुपर्ने भएको छ। त्यसको लागि कम्तीमा ३ लाख खर्च हुने बताइएको छ।

मैत्रीपुर्ण च्यारिटी खेलमा धरान विजयी  

घाइते खेलाडी गुरुङको सहयोगार्थ मैत्रीपुर्ण च्यारिटी खेलमा धरान बास्केटवल टिम विजयी भएको छ। झापा बास्केटवल टिमलाई ७५–२९ को फराकिलो स्कोरमा धरानले हराएको हो। धरानका खेलाडी सुजन खालिङले व्यक्तिगत १६ प्वाइन्ट स्कोर गरेका थिए भने झापाका सर्वद्ध राईले १४ प्वाइन्ट स्कोर गरेका थिए।
अर्को समाचार
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
९ मिनेट अघि
•
१ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
नेपालगन्ज। धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्। नेपालगन्जमा शनिबार भएको म्याराथनको १२ औं संस्कर २ घण्टा २० मिनेट २५ सेकेण्डमा ४२ किलो मिटर दुरी पार गर्दै उनले उपाधि हात पारेका हुन्।




उपाधि जितेसँगै केन्याली धावक मुरियुकीले दुई लाख रुपैयाँ प्राप्त गरे। म्याराथनमा २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेका कुलबहादुर बस्नेत दोस्रो स्थानमा आएका छन्। उनले एक लाख रुपैयाँ प्राप्त गरे। यसैगरी २ घण्टा २४ मिनेट २९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका कृष्णबहादुर परियारले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।

हाफ म्याराथनको महिलातर्फ राज्यलक्ष्मी रावतले उपाधि जितिन्। उनले नगद ५५ हजार प्राप्त गरिन्। उनले २१ किलोमिटर दुरिलाई १ घण्टा २७ मिनेट ३६ सेकेण्टमा पार गरेकी थिइन्। हाफ म्याराथनमै दोस्रो भएकी सम्झना लिम्बु र तेस्रो स्थानमा आएकी सरस्वती भट्टराईले क्रमशः नगद ३० र १५ हजार प्राप्त गरेका छन्।

निर्धारित दुरिलाई दुबै जनाले क्रमशः १ घण्टा २८ मिनेट ३० सेकेन्ट र १ घण्टा ३० मिनेट ३७ सेकेन्टमा पार गरेका थिए। विजेतालाई नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरी, मिस नेपाल दिपमाला ढकाल, के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेड लगायतले पुरस्कृत गरे।

धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि जितेका केन्याली धावक जुलियस मुरियुकी। तस्बिरः नागरिक 
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस