पावरहाउसमा जिल्लास्तरीय रंगशालाको योजना
०९ पौष २०७७
•
३ मिनेट पाठ
पावरहाउसमा जिल्लास्तरीय रंगशालाको योजना
‘पावरहाउस फुस्रेखोला जिल्लास्तरीय रंगशाला मैदान’ निर्माणको शुभारम्भ गर्ने क्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी । तस्बिरः नागरिक
बिरौटास्थित पावरहाउस (फेवा जलविद्युत आयोजना) नजिकै खेल मैदान छ । तर, मैदान पुग्ने बाटो छैन् । मैदानसम्म बाटो पु¥याउने लक्ष्य पोखरा महानगरपालिकाले लिएको छ ।  




महानगरपालिकाका मेयर मानबहादुर जिसीले खेल मैदान निर्माणको लागि बाटोको शिलान्यास गरे । शिलान्याससँगै बाटो निर्माण अघि बढाइएको छ । केही दिनपछि पावरहाउसकै निर्माणाधिन खेलमैदानसम्म सडह पहुँच पु¥याईने लक्ष्यसहित काम धमाधम गरिएको छ ।  

पोखरा–१७ आफैंमा खेल क्षेत्रमा अग्रणी छ । त्यसैले पनि खेल मैदानको जिम्मेवारी पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीले लिएको छ । जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष समेत भईसकेका पूर्व राष्ट्रिय खेलाडी दिपकबहादुर गोदारकै अध्यक्षतामा बनेको निर्माण समितिले काम शुरु गरेको हो । 

बक्सिङका अन्तर्राष्ट्रिय पूर्व खेलाडी गणेशबहादुर भट्टराई, फुटबलका राजेन्द्र तामाङ, दिपेन्द्र तामाङ प्याराग्लाइडिङका एशियन पदकधारी विमल अधिकारी, फुटबलका अन्तर्राष्ट्रिय खेलाडीद्वय बसन्त गौचन तथा विशन गौचन त्यही क्षेत्रका स्थायी बासिन्दा हुन्  । 
 महानगरले नेतृत्व र अपनत्व लिने गरी काम शुरु गरिएको छ । महानगरपालिकाका मेयर जिसीले पूर्वाधार तयार गर्न लगानी गर्ने तर बनिसके पछि कसले जिम्मेवारी लिने भन्ने परिपाटीले नै समस्या सिर्जना हुने गरेको बताए । ‘जसले अपनत्व र नेतृत्वको जिम्मेवारी लिन्छ उसैले लगानी गर्नुपर्छ,’ मेयर जिसीको भनाई थियो । ‘पावरहाउस फुस्रेखोला जिल्लस्तरीय रंगशाला मैदान’ नाम दिइएको छ । योजना ९ करोड रुपैयाँको हो । तर बाटो बनाउने काम शुरु गरिएको छ । ‘रंगशालासम्म पुग्ने बाटो बन्छ, महानगरले मोटरबाटो सम्पन्न गर्छ ’ मेयर जिसीको भनाई थियो । उनका अनुसार ‘एक वडा एक खेलमैदान’को अभियानलाई साकार पार्न पनि योजनालाई सफल बनाउने सुनाए ।  

मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपकबहादुर गोदारले भने,‘मैदान निर्माण गर्न महानगरको चासोलाई हामीले साथ र सहयोग गर्दै आएका छौं ।’ महानगरपालिकाले आवश्यक बजेट छुट्टाएको अवस्थामा बाटोको काम टुग्याउँदै प्राविधिक लगेर खेल मैदानमा बनाउन सकिने पूर्वाधारको विषयमा विस्तृत परियोजना बनाउने उनको भनाई थियो ।  

पोखरा–१७ काउसेघारीबाट ओरालो झार्दै मैदानसम्म सडक पु¥याउने काम भईरहेको छ । ५० मिटर बाटो बनाईसकिएको छ । अझै दुईसयमिटर भन्दा बढी दुरीको बाटो बनाउनुपर्ने खाँचो छ । पोखरा महानगरपालिका १७ ले सडकका लागि १३ लाख रुपैयाँ छुट्टाएको छ । छुट्टाईएको बजेटबाटै बाटोको काम शुरु गरिएको उनले सुनाए । ‘खेल मैदान निर्माणपछि स्वास्थ्यका लागि खेलकुदको नाराले सार्थकता पाउँछ’ गोदारले भने,‘विशेष गरी खेलाडीलाई पावर टे«निङ गर्न उपयुक्त हुन्छ ।’

पावर हाउस झण्डै २ सय मिटर गहिराईमा छ । फुस्रे खोला किनारमा छ । खोला किनारमै मैदान छ । त्यहाँ रंगशालाको लागि पर्ती जग्गा छ । पर्ती जग्गाभित्र समथरदेखि उबडखाबड जमिन समेत छ । त्यसलाई सम्याएर पूर्वाधारहरु तयार गरिनेछ । निर्माण उपभोक्ता समितिले ‘स्पोर्टस गार्डेन’ बनाउने लक्ष्य लिएको छ । शिलान्यास समारोहमा पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारी लगायत विभिन्न राजनीतिक व्यक्तित्व एवं समाजसेवीको उपस्थिति रहेको थियो । 
अर्को समाचार
पुरिएको ल्याण्डफिल साईटमा खेलमैदान बनाउन प्रस्ताव
१६ माघ २०७९
•
३ मिनेट पाठ
पुरिएको ल्याण्डफिल साईटमा खेलमैदान बनाउन प्रस्ताव
तीनवर्षपछि नेपालले यु–१९ महिला विश्वकप क्रिकेट आयोजना गर्नेछ। बंगलादेशसँगको सहआयोजनामा (सन् २०२६ मा) उमेर समूहको महिला टी–२० विश्वकप आयोजना गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले घोषणा गरिसकेको छ। पाएको जिम्मेवारीसँगै मैदान निर्माण तथा स्तरोन्नति गर्नुपर्ने दायित्व नेपाल क्रिकेट संघको छ।  




त्रिभुवन विश्वविद्यालयको मैदान नै एकमात्र नेपालको अन्तर्राष्ट्रिय क्रिकेट मैदान हो। पोखराका क्रिकेटप्रेमीले पोखरा रंगशालास्थित ‘होम अफ क्रिकेट ग्राउण्ड’ मा पनि खेलाउनुपर्ने आवाज उठाउन थालेका छन्। पोखरामा भएको क्रिकेट मैदानको स्तरोन्नति गर्नुपर्ने खाँचो छ। अन्तर्राष्ट्रियस्तरको मैदानसँगै प्रशिक्षणको लागि बैकिल्पक मैदानको आवश्यक छ।  

वैकल्पिक मैदानको लागि पोखरा–३३ पशुपतिघाट खेल मैदान र पोखरा–१४ स्थित बाच्छेबुडुवास्थित तत्कालिन ल्याण्डफिल साईटलाई उपयुक्त ठानिएको छ। ल्याण्डफिल साईट अहिले बाच्छेबुडुवाबाट अन्यत्र सारिसकिएको छ। पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै फालिएको फोहोरलाई माटोले पुरिएको छ। माटोले पुरिएको ठाउँ अहिले क्रिकेट मैदान बनाउन उपयुक्त हुने कास्की जिल्ला क्रिकेट संघले ठहर गरेको छ।  

‘नेपालले यु–१९ महिला विश्वकपको होस्ट गर्दैछ । काठमाडौंसँगै पोखरामा गेम ल्याउनुपर्छ भन्ने हाम्रो माग हो’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने, ‘भईरहेको पोखरा रंगशालाको मैदानलाई स्तरोन्नति गर्ने अनि बाच्छेबुडुवाको मैदानलाई बैकल्पिक मैदान बनाउनुपर्छ।’ राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालास्थित क्रिकेट मैदानलाई दुई करोड रुपैयाँ बजेट छुट्टाएको छ। छुट्टाएको बजेटबाट प्लेयर बक्स बनाउने योजना संघको छ। ‘राखेपको बजेटले प्लयेर बक्स बनाउने र बजेट बचेमा अरुकेही बनाउने योजना छ,’ उनको भनाई छ।  
बाच्छेवुडुवाको ल्याण्डफिल साईटको माटो पुरिएको क्षेत्रफल ८० रोपनी छ। त्यसबाहेक सबैखाले उपयोग गरे दुई सय रोपनी पुग्ने पोखरा महानगरपालिका सरसफाई शाखा प्रमुख कल्पना बरालले जानकारी दिईन्। ‘माटोले पुरिएको क्षेत्रफल ८० रोपनी छ। अरु सबैगर्दा दुईसय रोपनी पुग्छ,’ शाखा प्रमुख बरालको भनाई थियो। ८० रोपनीको क्षेत्रफलमा खेलकुदको पूर्वाधार बनाउन सकिने सम्भावना देखिएको छ। क्रिकेट मैदानसँगै रग्बी, हक्की तथा गल्फको लागि उपयुक्त हुन्छ।  

पोखरा महानगरपालिका वडा नं १४ ले पनि तत्कलिन ल्याण्डफिल साईटलाई खेलकुद पूर्वाधारको लागि उपयुक्त हुने निष्कर्ष निकालेको छ। ‘हामी अध्ययनमा छौं। कुन खेलकुदको पूर्वाधार बनाउन उपयुक्त हुन्छ। अध्ययन पछि निर्णय गर्छौ’ पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले भने, ‘उपयुक्त ठहरिएको खेलको पूर्वाधार बनाउन आवश्यक लगानी गर्न सबैठाँउमा पहलकदमी गर्ने छौं।’  

खेलकुद पूर्वाधारको लागि अन्य वडामा सार्वजनिक जग्गा छैनन्। ल्याण्डफिल साईटले चर्चेको ८० रोपनी क्षेत्रफलमा धेरै खेलको पूर्वाधार बनाउन सकिने देखिन्छ। यद्यपी भौतिक संरचनायुक्त पूर्वाधार बनाउन नहुने प्राविधिक बताउँछन्। ‘लम्बाई ३ सय मिटर र चौडाई ९० मिटरको देखिन्छ’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका इन्जिनियर अनिल अधिकारीले भने, ‘९० मिटर चौडाई भएको क्षेत्रफलमा क्रिकेट मैदान बनाउन पुग्दैन्।’ 

उनले गुगल म्याप अनुसार क्रिकेट मैदान बनाउन भित्ता खारेर झार्नुपर्ने सुनाए। ‘भौतिक संरचनायुक्त पूर्वाधार बनाउनु हुदैन्,’ उनले भने, ‘सबैभन्दा उपयुक्त गल्फ कोर्ष बनाउन देखिन्छ।’ उनले अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन मापदण्ड नपुग्ने भएपनि प्राक्टिस भेन्युको लागि बनाउन सकिने सम्भावनालाई भने नकारेनन्।  

महानगर खेलकुद विकास समितिका सदस्य सदस्य सचिव सुवास खड्काले पछिल्लो समय चर्चामा रहेको रग्बी खेलको पूर्वाधार बनाउन सकिने खाँचो औंल्याएका छन्। खड्का पनि रग्बी संघमा आवद्ध छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्बी सेभेनलाई समावेश गरेपछि रग्बीको चर्चा शुरु भएको हो। ‘रग्बीको मैदान छैन्। रग्बीको लागि उपयुक्त हुने देखिन्छ,’ उनको भनाई थियो। ल्याण्डफिल साईटलाई माटोले पुरेसँगै महानगरपालिकाले खेलकुदको पूर्वाधार बनाउन अग्रसर बन्नुपर्ने सुझाव समेत खेलप्रेमीले दिएका छन्।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस