भारतद्वारा 'क्लिन स्विप'
१३ चैत्र २०६९
•
३ मिनेट पाठ
भारतद्वारा 'क्लिन स्विप'
दिल्ली, चैत १२ (एजेन्सी)- भारतले चौथो तथा अन्तिम टेस्टमा ६ विकेटले जित्दै ऐतिहासिक ढंगले शृंखला 'क्लिन स्विप' गरेको छ। ब्याटिङलाई कठिन मानिएको फिरोज शाह कोटला मैदानमा भारतले १ सय ५५ रनको लक्ष्य चेतेश्वर पुजाराको शानदार इनिङ्समा पूरा गर्‍यो।भारतले ८१ वर्षको इतिहासमा सबैभन्दा ठूलो सफलता पाएको हो। अस्ट्रेलियाले चारै टेस्टमा टस जितेर खेल हार्ने पहिलो अनौठो कीर्तिमान बनायो। भारतले अस्ट्रेलियासँग पहिलोपल्ट शृंखलाका चारै टेस्ट जितेको हो। बिल लारीको टोली सन् १९६९-७० मा दक्षिण अफ्रिकासँग घुँडा टेकेयता अस्ट्रेलियाले पहिलोपल्ट शृंखला ४-० ले गुमायो।

पुजाराले अविजित ८२ रन बनाएपछि भारतले तीन दिनभित्रै टेस्ट जितेको हो। उनले ९२ बल खेली ११ चौका प्रहार गरे। विराट कोहली, सचिन तेन्दुलकर र अजिन्का राहानेलाई छोटो समयमा गुमाए पनि पुजाराले आरामसँग खेल्दै भारतलाई सजिलो विजय दिलाए। कप्तान महेन्द्रसिंह धोनी १२ रनमा अविजित रहे। पुजाराले ग्लेन म्याक्सवेललाई लगातार ३ चौका प्रहार गरेपछि धोनीले विजयी चौका हाने।

कोहली ४१ तथा तेन्दुलकर र राहाने १-१ रनमा आउट भए। मुरली विजय ११ रनमा आउट भए पनि पुजारा र कोहलीले कठिन पिचमा दोस्रो विकेटका लागि १ सय ४ रन जोडेर भारतलाई विजय दिलाए। अस्ट्रेलियाका म्याक्सवेल र नाथान लायनले २-२ विकेट लिए। अस्ट्रेलियाका कार्यवाहक कप्तान शेन वाटसनले अर्का स्पिनर स्टेभन स्मिथलाई बलिङ गर्ने अवसर नै दिएनन्।

यसअघि भारतले बाँकी २ विकेट ६ रनमै गुमायो। दुवै विकेट लायनले लिए। उनले २३.२ ओभरमा ९४ रन खर्चेर ७ विकेट लिए। पहिलो इनिङ्सका आधारमा १० रनको अग्रता लिएको भारतले अस्ट्रेलियाको दोस्रो इनिङ्सलाई १ सय ६४ रनमा सीमित गर्‍यो। देव्रेहाते स्पिनर रवीन्द्र जडेजाले ५ विकेट लिए। अर्का दुई स्पिनर रविचन्द्रन अश्विन र प्रज्ञान ओझाले २-२ तथा इशान्त शर्माले १ विकेट लिए। प्लेयर अफ द म्याच जडेजा हुँदा अश्विनले प्लयेर अफ द सिरिज जिते।

अस्ट्रेलियाको इज्जत पुनः पिटर सिडेलले ब्याटिङबाट बचाए। पहिलो इनिङ्समा ५१ रन बनाएका सिडेलले ५० रन बनाई अस्ट्रेलियाको इनिङ्स लम्ब्याउन खोजेका थिए। उनले ४५ बल खेल्दै ७ चौका प्रहार गरे। इड कोवानले २४, स्मिथले १८ र म्याथ्यु वेडले १९ रन बनाए।
अर्को समाचार
भारतद्वारा शृंखला क्लिन स्विप
११ पौष २०७९
•
२ मिनेट पाठ
भारतद्वारा शृंखला क्लिन स्विप
 श्रेयस ऐयर र रविचन्द्रन आश्विनको सम्हालिएको ब्याटिङ प्रदर्शनमा बंगलादेशमाथि तीन विकेटको जितसहित भारतले दुई टेस्टको शृंखला २–० ले क्लिन स्विप गरेको छ।  

आइतबार ४५–४ बाट चौथो दिनको खेल सुरु गरेको भारत ७४ रन जोड्दा थप ३ विकेट गुमाएपछि दबाबमा परेको थियो। भारत जितबाट मात्र ७१ रन टाढा थियो र ३ विकेट बाँकी थियो। ऐयरले ४६ बलमा ४ चौकाको मद्दतमा २९ रन जोडे भने आश्विनले ६२ बलमा ४ चौका र १ छक्काको मद्दतमा अविजित ४२ रन जोडे। ऐयर र आश्विनले आठांै विकेटका लागि अविजित ७१ रनको साझेदारी गरेका थिए।  

तीन एकदिवसीय खेलको शृंखला २–१ ले आफ्नो पक्षमा पारेको बंगलादेशले टेस्टमा भने उल्लेख्य प्रदर्शन गर्न सकेन। बंगलादेशले टेस्ट क्रिकेटमा भारतलाई हराउन सकेको छेैन। १२ मध्ये १० टेस्ट भारतले जितेको छ भने दुई बराबरीमा टुङ्गिएको छ। १२ मध्ये ५ टेस्ट भारतले इनिङ अन्तरले जितेको छ।

भारतले गत साता चित्तागोङमा सम्पन्न पहिलो टेस्टमा बंगलादेशलाई १ सय ८८ रनले हराएको थियो। दोस्रो इनिङमा बंगलादेशका मेहदी हसन मिर्जाले ५ र साकिब अल हसनले २ विकेट लिए।  

यसअघि बंगलादेशले पहिलो इनिङमा २ सय २७ रन जोडेको थियो। भारतले भने पहिलो इनिङमा ३ सय १४ रन जोडेको थियो। पहिलो इनिङमा भारतका ऋषभ पन्तले ९३ र ऐयरले ८७ रन जोडेका थिए। भारतले पहिलो इनिङमा बंगलादेशमाथि ८७ रनको अग्रता लिएको थियो। दोस्रो इनिङमा पनि बंगलादेशले उल्लेख्य प्रदर्शन गर्न सकेन। बंगलादेशले दोस्रो इनिङमा २ सय ३१ रन मात्र जोडेको थियो। भारतले जितका लागि १ सय ४५ रनको लक्ष्य दिएको थियो।

‘म झुट बोल्न चाहन्नँ, ड्रेसिङ रुमको वातावरण निकै तनावपूर्ण थियो,’ रोहित शर्मा चोटका कारण बाहिरिएपछि भारतीय टोलीको कप्तानी सम्हालेका केएल राहुलले भने भने, ‘यहाँ ब्याटिङ गर्न निकै कठिन छ। दुवै इनिङमा बंगलादेशले पनि हामीलाई दबाबमा राखेको थियो। सबैको योगदान रह्यो। श्रेयस ऐयरले धैयपूर्ण ब्याटिङ गर्दा हामी जित निकाल्न सफल भयौं।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
भारतद्वारा शृंखला क्लिन स्विप
भारतद्वारा शृंखला क्लिन स्विप
नागरिक नागरिक • · ०६ कार्तिक २०७६ · ५ मिनेट पाठ
भारतद्वारा शृंखला क्लिन स्विप
एजेन्सी एजेन्सी • · २७ कार्तिक २०७५ · ४ मिनेट पाठ
भारतद्वारा 'क्लिन स्विप'
नागरिक नागरिक • · ११ चैत्र २०६९ · ३ मिनेट पाठ
भारतद्वारा शृंखला क्लिन स्विप
भारतद्वारा शृंखला क्लिन स्विप
नागरिक नागरिक • · २३ साउन २०७६ · ५ मिनेट पाठ
भारतद्वारा शृंखला क्लिन स्विप
नागरिक नागरिक • · ३१ साउन २०७४ · ५ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस