क्रस दुवाथोलनको उपाधि सुरेश र अनिशालाई
२५ पौष २०७७
•
१ मिनेट पाठ
क्रस दुवाथोलनको उपाधि सुरेश र अनिशालाई
काठमाडौंमा शनिबार आयोजित पुरुष क्रस दुवाथोलनको उपाधि विजेता बनेका सुरेश भुजेल र महिलातर्फको उपाधि विजेता अनिशा गुरुङ दूरी पुरा गर्दै । तस्बिरः नागरिक
नेपाल ट्रायथोलन संघको आयोजनामा काठमाडौंको टोखामा आयोजित पुरुष क्रस दुवाथोलनको उपाधि सुरेश भुजेलले जितेका छन् । महिलातर्फको प्रतिस्पर्धामा अनिशा गुरुङले उपाधि आफनो नाममा लेखाईन् ।  




शनिबार टोखा गणेशस्थानदेखि चण्डेश्वरीसम्म आयोजित क्रस दुवाथोलनमा भुजेलले ३५ मिनेट ४० सेकेण्डमा पुरा गदैै उपाधि जिते । त्यसैगरी प्रेमसिंह मोयालले ३७ मिनेट ०८ सेकेण्डमा पुरा गर्दै दोस्रो र ३७ मिनेट १३ सेकेण्डमा पुरा गर्दै आईतसिंह तामाङ तेस्रो स्थानमा रहे ।  

त्यसैगरी महिला तर्फको प्रतिस्पर्धामा अनिशा गुरुङले ४३ मिनेट ५४ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनिन् । ४८ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै सुधा राई दोस्रो स्थानमा रहँदा ५२ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै युस्का महर्जन तेस्रो भईन् । विजेता खेलाडीलाई विभिन्न संघसंस्थाले प्रायोजित गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । टोखा नगरपालिका –२ का वडाध्यक्ष दिपकराज जोशीले गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।  

प्रतियोगिताको लागि जम्प नेशनसँग संघले एकवर्षे सम्झौता गरेको छ । सम्झौता अनुसार जम्प नेशनले प्रायोजन गर्नेछ । प्रतियोगितामा राष्ट्रिय खेलाडीको सहभागिता गराईएको थिएन । युवा एवं नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य अनुसार नेपाल ट्रायथोलन संघले प्रतियोगिता आयोजना गरेको संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जनाए । पुरुष तर्फ २० र महिला तर्फ ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।  

अबको दुईसातापछि दुवाथोलन सिरिज अन्तर्गत किर्तिपुरमा आयोजना गरिने संघले जनाएको छ । किर्तिपुरमा आयोजनाको दुईसातापछि ललितपुरको गोदावरीमा र तेस्रो प्रतिस्पर्धा टोखामै आयोजना गरिनेछ । सिरिजको फाईनल पोखरामा आयोजना गर्ने तयारी गरिएको छ । यद्यपी पोखरामा एशियन ट्रायथोलन च्याम्पियन आयोजना गर्ने संघले जनाएको छ । एशिय ट्रायथोलनको लागि भने मिति तय भईसकेको छैन् ।
अर्को समाचार
अच्युत र करिशालाई क्रस दुवाथलन–२ को उपाधि
१० माघ २०७७
•
२ मिनेट पाठ
अच्युत र करिशालाई क्रस दुवाथलन–२ को उपाधि
क्रस दुवाथोलन उपाधि विजेता खरेल र महर्जन । तस्बिरः नागरिक
क्रस दुवाथोलनको दोस्रो संस्करणको उपाधि अच्युतकृष्ण खरेल र करिशा महर्जनले जितेका छन् । नेपाल ट्रायथोलन संघको आयोजना तथा जम्पनेशनको संयुक्त आयोजनमा शनिबार भएको क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणको उपाधि खरेल र महर्जनले जितेका हुन् ।  




ऐतिहासिक सहर किर्तिपुरको जाखामा भएको च्याम्पियनसिपमा ३७ मिनेट २७ सेकेन्डमा पुरा गर्दै खरेलले उपाधि आफनो नाममा लेखाउँदा ४५ मिनेट १२ सेकेन्डका साथ आर्यन राई दोश्रो र ४५ मिनेट २१ सेकेन्डका साथ शुसिम चित्रकार तेश्रो भए ।  

खरेलले जिम्बु थकालीको तर्फबाट प्रदान गरिएको दुईहजार बराबरको भौचर र प्याङक बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ भौचर प्राप्त गरे । क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङक बाईकको १५ सय बराबरको साईकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्याङ बाईकको तर्फबाट १ हजार बराबरको साईकल मर्मतको भौचर प्राप्त गरेका छन् ।  

च्याम्पियनसिपको महिलातर्पm एकमात्र प्रतिस्पर्धी करिशाले १ घण्टा ८ मिनेट ३० सेकेन्डका साथ बिजय हात पारिन् । उनले काठमाडौं गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्यांक बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ प्राप्त गरिन् । प्रत्येक बिजयी खेलाडीहरुले आयोजक जम्प नेशनको तर्फबाट प्रदान गरिएको ब्याग प्राप्त गरे ।

पुरुषतर्फ दोश्रो हुने खेलाडीले २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ र १.३ कि.मि.दौडको क्रस दुवाथलनको बिजयी खेलाडीहरुलाई किर्तिपुर नगरपालिकाका मेयर रमेशकुमार महर्जन, किर्तिपुरका डिएसपी रुकेश तण्डुकार, वडा नं. ६ का अध्यक्ष, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

सिरिजको पहिलो संस्करण काठमाडौंको उत्तरभेगिय प्राचिन सहर टोखामा सम्पन्न भएको थियो । प्रत्येक दुई हप्तामा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुनेछ । यसैगरी चौथो संस्करण टोखा, पाँचौ किर्तिपुरमा हुनेछ । तीन महिनासम्म प्रत्येक दोश्रो हप्तामा सिरिज आयोजना हुने नेपाल ट्रायथोलन संघले जनाएको छ ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस