काठमाडौँ- आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ जितेको नेपाली टोली एयर इन्डियाबाट बुधबार बिहान साढे ९ बजे स्वदेश फर्कने कार्यक्रम छ। विश्वकप छनौट प्रतियोगिताका लागि चयन भएको नेपाली टोलीलाई विमानस्थलबाटै भव्य स्वागत गरी नगर परिक्रमा गर्ने कार्यक्रम छ। विमानस्थलबाट गौशाला-रातोपुल-मैतिदेवी-पुतलीसडक-भृकुटीमण्डप-शहिदगेट हुँदै राष्ट्रिय खेलकुद परिषद्को कार्यालयसम्म विजय र्याली गरिने भएको छ।
प्रशिक्षक दासानायके भने बर्मुडाबाट सिधै क्यानाडा जाने छन्।
उपाधि जितेसँगै नेपाल क्रिकेटको विश्व वरियतामा २१ औं स्थानमा उक्लेको छ। वरियताका हिसाबले नेपालको यो सबैभन्दा ठूलो फड्को हो। प्रतियोगिता सुरु हुँदा नेपालले २५औं स्थानमा थियो। टेस्ट खेल्ने १० राष्ट्रबाहेक वरियतामा नेपालभन्दा अगाडि आयरल्यान्ड, नेदरल्यान्डस, अफगानिस्तान, स्कटल्यान्ड, केन्या, क्यानाडा, युएई, नामिबिया, पपुवा न्युगिनी र हङकङ मात्र छन्।
नेपाललाई आइसिसी अध्यक्षको बधाइ
आइसिसीका अध्यक्ष एलान इसाकले विश्वकप छनोटमा पुगेकामा नेपाल र युगान्डालाई बधाइ दिएका छन्। नेपाल र युगान्डाबीचको फाइनल हेरेपछि इसाकले भने, 'महान् खेलको भावनाअनुरुप फाइनल खेलिएको थियो र यसबाट यहाँ बर्मुडामा रहेका दर्शकले आनन्द अनुभूति गरे। यो खेलमा प्रतिभापूर्ण, अनुशासित र जोशले एसोसिएट र एफिलिएट देशहरूमा क्रिकेट खेलेको स्तर र उचाइ क्रमशः विकास भइरहेको उदाहरण यो खेलले प्रस्तुत गरेको छ। नेपाल र युगान्डा विश्वकपभन्दा एक पाइलामात्र पछाडि छन्। बर्मुडामा पाएको सफलतापछि मलाई पूरा विश्वास छ यी दुई टोलीले कडा मेहनत र पुनर्ताजगीसहित न्युजिल्यान्डको छनोट प्रतियोगितामा केन्द्रित भएर बाँकी ८ टोलीलाई चुनौती दिनेछन्।'
सम्पूर्ण नेपाली गौरवान्वित : कांग्रेस
नेपाली कांग्रेसले डिभिजन ३ को विजेता भएकोमा नेपाली टोलीलाई बधाई दिएको छ। पार्टी सभापति सुशील कोइरालाले सोमबार विज्ञप्तिमार्फत बधाई दिँदै भनेका छन्, 'डिभिजन ३ जितेर इतिहास रचेकोमा सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापनप्रति मेरो व्यक्तिगत र पार्टीको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु। नेपाली टोलीले पाएको यस उपलब्धिले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको छ।'
कांग्रेसले मलेसियामा भइरहेको एसिसी यु–१९ इलिट कपमा नेपालले उत्कृष्ट प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्दै आगामी खेललाई शुभकामना दिएको छ।