लन्डन- वैकल्पिक खेलाडी जाइल्फी सिगर्डसनले समय सकिन १० मिनेट बाँकी रहँदा गोल गरेपछि टोटेनह्यामले बुधबार इङ्लिस प्रिमियर लिगको खेलमा चेल्सीसँग २–२ को बराबरी नतिजा निकालेको छ।अन्तिम समयमा बराबरीमा सीमित भएपछि चेल्सीको आगामी सिजन च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना कठिन बनेको छ। १० औं मिनेटमा ओस्कारको गोलमा अग्रता लिएको चेल्सीविरुद्ध इमानुयल एडेबायोरले २६ औं मिनेटमा बराबरी गोल गरेका थिए। तर, रामिरेसले मध्यान्तर हुन ६ मिनेट बाँकी रहँदा गोल गरेपछि चेल्सीले शीर्ष चारमा रहेर लिगको अन्त्य गर्ने संकेत गरेको थियो। तर, स्टामफोर्ड ब्रिजमा समय सकिन १० मिनेट बाँकी रहँदा आइसल्यान्डका मिडफिल्डरले बराबरी गोल गरेर टोटेनह्यामको च्याम्पियन्स लिग आशा जीवित राखे।
प्रिमियर लिग सिजनका दुई खेल मात्र बाँकी रहेको अवस्थामा तेस्रो स्थानको चेल्सी चौथो स्थानको आर्सनलभन्दा दुई अंकले माथि छ। टोटेनह्याम भने आर्सनलभन्दा एक अंकले मात्र पछि छ। प्रिमियर लिगका शीर्ष ४ टोलीमात्र च्याम्पियन्स लिगका लागि छनोट हुनेछन्।
'आज हामीले नतिजा आफ्नो पक्षमा पार्न थुप्रै अवसर पाएका थियौं। हामीले दुई पटक पाएका राम्रा अवसर खेर नफालेको भए नतिजा पहिल्यै अर्कै हुनेथियो,' चेल्सीका स्पेनिस प्रशिक्षक राफेल बेनिटेजले भने, 'हामी सधै जित्न चाहन्थ्यौं। अहिले पनि शीर्ष तीन वा चारमा रहेर लिगको अन्त्य गर्नु हाम्रो लक्ष्य हो। त्यसका लागि हामीले अब एउटा खेल जित्नु पर्छ, त्यसो भए हाम्रो शीर्ष चार पक्का हुनेछ।