स्पोर्टस अवार्ड असारमा
३१ वैशाख २०७०
•
५ मिनेट पाठ
स्पोर्टस अवार्ड असारमा
काठमाडौं (नागरिक)– स्पोर्टस अवार्डको १०औं संस्करण असार १८ मा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष यो अवार्ड कार्यक्रम गर्दै आएको छ। मञ्चले स्पोर्टस अवार्डमा उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा एथलिट, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र लोकप्रीय खेलाडी अवार्ड प्रदान गर्नेछ। वर्ष २०६९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त उपलब्धि र प्रदर्शनका आधारमा पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षकमा ५–५ मनोनयन गरी त्यसबाट एक उत्कृष्टलाई अवार्डको दिन विजेता घोषणा गरिने मञ्चले जनाएको छ। बाँकी बिधामा अवार्डको दिन सोझै पुरस्कृत गरिनेछ।आयोजकका अनुसार मञ्चका सचिव प्रकाश तिमल्सिनाको संयोजकत्वमा खेलाडी छनोट समिति बनाइएको छ। जेठ १८ मा लोकप्रिय खेलाडीको मनोनयन सार्वजनिकसँगै एसएमएस भोटिङ पनि खुला गरिनेछ। अन्य विधाको मनोनयन त्यसपछि सार्वजनिक गरिने बताइएको छ। फरक रूपमा सफल खेलाडीलाई पारा एथलिट अवार्ड प्रदान गरिन्छ। नेपाली खेलकुदलाई लामो समय योगदान दिने एक खेल व्यक्तित्व लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित हुने छन्। खास योगदान दिनेले विशेष अवार्ड पाउने छन्।
मञ्चले पछिल्लो साल वर्ष पुरुष र महिला खेलाडी तथा लोकप्रिय खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गरेको थियो। अन्य विधालाई जनही ३० हजार रुपैयाँबाट पुरस्कृत गरेको थियो। 'हामी यसपल्ट नगद राशि वृद्धि गर्ने तयारीमा छौं र थप एउटा विधामा पल्सर मोटरसाइकल प्रदान गर्ने प्रयास गरिरहेका छौं,' मञ्चका अध्यक्ष अजय फुयालले भने। उनले विजेता तथा मनोनयनका खेलाडीलाई सामसुङ क्यामरा र टाइमेक्स घडी पनि प्रदान गर्ने प्रयास गरिरहेको बताए। पछिल्ला संस्करणले धेरै सिकाएकाले अवार्ड अझै परिस्कृत गर्दै लाने बताउँदै अध्यक्ष फुयालले भने, 'सम्पूर्ण नेपाली खेलकर्मीले यो अवार्डलाई सम्मानका रूपमा लिएका छन्। हामी अवार्ड सोहीअनुरुप आयोजना गर्नेछौं।'
मञ्चले हंसराज हुलासचन्द एन्ड कम्पनीको प्रमुख प्रायोजनमा स्पोर्टस अवार्ड गर्दै आएको हो। कम्पनीको पल्सर मोटरसाइकलसँगको सहकार्यमा पाँचौंपल्ट गर्न लागिएको स्पोर्टस अवार्डको यो लगातार १०औं संस्करण हो। प्रमुख प्रायोजक भएवापत हंसराज हुलासचन्दले ११ लाख रुपैयाँ प्रदान गर्नेछ।
खेलकुदले मात्र राष्ट्रिय एकता कायम गर्न सक्ने हुनाले आफ्नो कम्पनीले स्पोर्टस अवार्डमा सहकार्यलाई निरन्तरता दिएको कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले बताए। उनले भने, 'जुन एकता खेलकुदमा हुन्छ, त्यो अन्यमा देख्न पाइँदैन। खेलकुदले मात्र एकताको सूत्रमा बाँध्छ। अहिलेको अवस्थामा नेपालीलाई सबैभन्दा एकत्रित बनाउने शक्ति खेलकुद नै हो। त्यसैले हामीले यो अवार्डलाई निरन्तरता दिइरहेका छौं।'
मञ्चका महासचिव महेश आचार्यले विश्व खेलकुद दिवसका अवसर पारेर जुलाई २ मा अवार्ड गर्न लागिएको जानकारी दिए। उपाध्यक्ष देवेन्द्र सुवेदीले अवार्डको माहोल आज (मंगलबार) सुरु भए पनि भित्री तयारी अघिदेखि नै सुरु भइसकेको जनाए।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस