झापाको स्रोतमा विराटनगरको बाजी
१४ जेष्ठ २०७०
•
७ मिनेट पाठ
झापाको स्रोतमा विराटनगरको बाजी
काठमाडौं- क्षेत्रीय छनोटमा मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्ला सहभागी नै भएनन्। जबकि तयारी वाइवाइ महिला यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको विराटनगर (क्षेत्र १) का लागि थियो। सप्तरीको पनि सहभागिता ठेगान थिएन। प्रशिक्षक बिरु श्रेष्ठ र रुबिना क्षेत्री डग्मगाएका थिएनन्। 

राष्ट्रिय प्रतियोगिता हुने खबरसँगै उनीहरूले आफ्नै हिसाबले विशेष तयारी गरिसकेका थिए। त्यो झापा जिल्ला क्रिकेट टोली बनाउन थियो। खेलाडी सबै काँकडभिट्टाका थिए। अन्तमा यही टोलीले झापाको मात्र नभई विराटनगर क्षेत्रकै प्रतिनिधित्व गर्नुपर्ने स्थिति आयो। बन्द प्रशिक्षण सुरु हुँदै गर्दा सप्तरीका चार खेलाडी काँकडभिट्टा पुगे। दुईले विराटनगर टोलीमा स्थान पाए, बाँकी सबै झापाबाट खेल्ने आशामा रहेका काँकडभिट्टाका खेलाडी थिए। पहिलो ११ मा यही टोलीले प्रतियोगिताका पूरै खेल खेल्यो।

प्रशिक्षक श्रेष्ठ र नेपाली महिला टोलीकी कप्तान रुबिनालाई 'केही गरेर देखाउँछौं' भन्ने विश्वास थियो। विराटनगरको टोलीमा व्यवस्थापकको भूमिकामा बाँधिए पनि रुबिनाले श्रेष्ठलाई प्रशिक्षणमा सघाइन्। २० दिनअघिदेखि काँकडभिट्टामा गरेको तयारीको प्रतिफल थियो, राजधानीमा सोमबार सम्पन्न महिला यु–१९ राष्ट्रिय क्रिकेटको उपाधि। 

२०६५ मा काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदमा फाइनलमा पुग्नुबाहेक महिला क्रिकेटमा विराटनगरले अझै ठूलो छाप छाड्न सकेको थिएन। यु–१९ राष्ट्रिय क्रिकेटको सफलताले विराटनगरलाई महिला क्रिकेटमा पहिलो उपाधि मात्र दिलाएन्, भविष्यमा आशाका किरण पनि देखाइदियो। 'राम्रो तयारी गर्ने हो भने अझै ठूलो नतिजा आउन सक्छ र क्रिकेटको विकास पनि हुन्छ,' प्रशिक्षक श्रेष्ठ फाइनल पुग्ने आशामा थिए। उपाधि उनका लागि पनि बोनस थियो।

श्रेष्ठ र रुबिनाले मिलन क्रिकेट क्लबमा खेलाडीलाई प्रशिक्षण दिँदै आएका थिए। त्यसमा यही टोलीका धेरै खेलाडी दुई वर्ष र केही ६ महिनादेखि प्रशिक्षणरत थिए। झापा हुँदै विराटनगर क्षेत्रको प्रतिनिधत्व गर्ने सबै १२ खेलाडी त्यही मिलन क्लबका हुन्। उनीहरूलाई देवकोटा पार्क र काँकडभिट्टा मैदानमा दिइने प्रशिक्षण अन्यभन्दा फरक थियो। 'खाना खानलाई हामी बीचमा १ घन्टामात्र छुट्टी दिन्थ्यौं, त्यो बाहेक बिहान ६ बजेदेखि साँझ नपरेसम्म हाम्रो अभ्यास जारी हुन्थ्यो,' रुबिनाले सुनाइन्, 'त्यो मेहनत अहिले आएर बल्ल खेलाडीले बुझे।'

पछिल्लो एक दशकमा मीन बस्नेत पूर्वाञ्चल फुटबल टोलीका प्रमुख गोलरक्षकमा रहे। राजधानीको 'ए' डिभिजन टोलीबाट खेलेका बस्नेत गृहनगरमा महिला क्रिकेट टोलीको तयारी देखेरै छक्कै परेका थिए। मुनाल क्लबबाट राजधानीमा जारी गोर्खा कप खेल्न आएको मौका छोपेर सोमबार कीर्तिपुरमा फाइनल हेर्न पुगेका मीनले भने, 'मैले यत्रो फुटबल खेले, यो क्रिकेट टोलीले जस्तो अन्य कुनै खेलको टोलीले मैले तयारी गरेको देखिनँ। उनीहरू छनोट खेल खेलेर फेरि अभ्यास गरिरहेका हुन्थे। घामपानी केही नभनी उनीहरू तयारी गरिरहेका हुन्थे।'

पूर्वराष्ट्रिय खेलाडी मनोज कटुवाल झापाले विराटनगरलाई दिलाएको सफलताको श्रेय प्रशिक्षक श्रेष्ठलाई दिन्छन्। विराटनगरको टोली छनोट गरेका कटुवालले भने, 'केही आशा नगरी उनले निरन्तर अभ्यास गराइरहन्थे। उनी खेलाडीको शारीरीक पक्षमा बढी ध्यान दिन्थे। बडी मात्र बनाउने हो भनेर उनको कुरा काट्ने पनि त्यहाँ धेरै थिए।'

अन्तरस्कुल क्रिकेट प्रतियोगिता गराएर खेलाडी खोज्नेक्रम सुरु गरिएको बताउँदै रुबिनाले यी खेलाडीलाई निखार्न लहानसम्म गएर अभ्यास खेल्ने गरेको जानकारी गराए। काँकडभिट्टा हुँदै झापाबाट अर्की रुबिना क्षेत्री नेपाली क्रिकेटले पाउँछ त? रुबिनाले सटिक जवाफ दिइन्, 'निश्चय नै। यही टोलीका खेलाडी उत्कृष्ट खेलाडीदेखि उत्कृष्ट बलर र प्रतियोगिताकै उत्कृष्ट खेलाडी भएका छन्। त्यसैले राम्रा खेलाडी सबैका अगाडि आइसकेका छन्। मेरो नामले होइन उनीहरू आफ्नै नामले चिँनिदैछन्।' 

विराटगनरको यो कथा दुई वर्षअघि यही प्रतियोगिताको पहिलो संस्करणमा जनकपुरधामकै जस्तै छ। जनकपुरले महिला क्रिकेटमा जितेको त्यो पहिलो राष्ट्रिय उपाधि थियो। जनकपुरका अधिकांश खेलाडी सिराहाका थिए। त्यही जनकपुरलाई विराटगनरले यसपल्ट सेमिफाइनलमै किनारा लगाइदियो। उपाधि जितेको जनकपुर टोलीका ५ खेलाडी नेपाली यु–१९ टोलीमा परेका थिए। अहिले विराटनगरको आशा पनि त्यही हो। अर्को वर्ष एसिसी यु–१९ महिला च्याम्पियनसिप हुँदैछ, सम्भवत नेपालमै। त्यसका लागि अर्को यु–१९ महिला राष्ट्रिय प्रतियोगिता हुनेछ। प्रशिक्षक श्रेष्ठ एसिसी यु–१९ महिला च्याम्पियनसिपका लागि विराटनगरले कम्तीमा ४–५ खेलाडी अहिले नै तयारी पारिसकेको दाबी गर्छन्।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस