हिलोमा चिप्लिएको नेपाली क्रिकेट
१४ जेष्ठ २०७०
•
८ मिनेट पाठ
हिलोमा चिप्लिएको नेपाली क्रिकेट
काठमाडौं -झरीमा फक्रने नेपाली क्रिकेट तालिका यसपल्ट पनि अछुतो रहेन। पछिल्लो एक दशकलाई हेर्ने हो भने वर्षायामसँग नेपाली क्रिकेटको सम्बन्ध प्रगाढ बन्दै गएको छ। सोमबार सम्पन्न वाइवाइ महिला यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता यसैको कडी थियो।
भदौदेखि वैशाखसम्म क्रिकेट खेल्न उपयुक्त समय मानिन्छ। जेठदेखि चार महिना लगभग नेपाली क्रिकेट ठप्प नै हुने गर्छ। गत वर्षलाई छाड्ने हो भने नेपाली क्रिकेट झन्डै उल्टो चलिरहेको छ। जेठसँगै सुरु हुने झरी र त्यसमा जोडिने मनसुनमा नेपाली क्रिकेट भिज्दै आएको छ। यही समयमा प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता देखाइए पनि निश्चित क्यालेन्डर नहुँदा नेपाली क्रिकेट वर्षामा चिप्लिने गरेको छ।
वर्षाले अवरुद्ध हुँदा यसमा बढी विवाद निम्तिने गरेका छन्। भर्खर सम्पन्न यु–१९ महिला राष्ट्रियमा नेपालगन्ज र वीरगन्जबीचको खेल वर्षाले बीचैमा रोकियो। भैरहवासँगको सेमिफाइनलमा पनि बीचमै रोकिएपछि नेपालगन्ज पूरै खेल खेल्न नपाई प्रतियोगिताबाट बाहिरियो। नेपालगन्जले १२.४ ओभरमा ५ विकेट गुमाई ५४ रन जोडेको बेला वर्षाले खेल रोकियो। समूह चरणमा सर्वाधिक अंक बटुलेको आधारमा भैरहवाले फाइनलमा स्थान पायो।
'एसिसी ट्वान्टी–२० बेला परेकाले हामीले केहीअघि यो प्रतियोगिता (यु–१९ महिला) गर्न सकेनौं। यु–१९ पुरुष राष्ट्रिय क्रिकेट पोखरामा भएको थियो। एउटै प्रायोजक भएकाले उनीहरू फेरि काठमाडौं बाहिर जान चाहेनन्,' नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुर्याोल संघको बाध्यता सुनाउँदै भन्छन्, 'त्यसैले यसपटक जेठमा पर्न गएको हो। त्यसमाथि यसपालि मनसुन चाँडै सुरु भएजस्तो लाग्यो। हामीले सकेसम्म जेठ १० पछि प्रतियोगिता नपार्ने हिसाबमै कार्यक्रम बनाइरहेका छौं।'
नेपालगन्ज क्षेत्रका स्थानीय खेलाडी रुपेश शर्मा यसमा ठूलो विमति छ। 'तालिका छ भनेर क्यान वर्षायाममा क्रिकेट गराउँछ, त्यसबाट कसरी नयाँ खेलाडी निस्कन्छन्,' उनले प्रश्न गरे, 'सेमिफाइनलजस्तो खेल हुन नसकेपछि समूह चरणको नतिजा हेरेर निर्णय दिई क्यान पैसा जोगाउन मात्र खोज्छ।'
तीन वर्षअघि एपिएफ क्लब राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलोपल्ट खेलिरहेको थियो। एकदिवसीय र ट्वान्टी–२० राष्ट्रिय प्रतियोगिता वैशाख अन्तमा सुरु भएर जेठमा टुंगिएको थियो। एपिएफ र भैरहवा समूह चरणको निर्णायक खेलमा थिए। जसले जित्यो त्यो फाइनल पुग्ने थियो। वर्षाले खेल हुने दिने स्थिति नै थिएन। एपिएफ र भैरहवा अंक बाँड्न बाध्य भएको खण्डमा जनकपुरधाम फाइनल पुग्ने थियो। वर्षा रोकिएसँगै सशस्त्रका प्रहरीका जवान आफै गएर मैदानको हिलो मिलाउन लागे। सशस्त्रका एक उच्च पदाधिकारीले हिलो क्रिकेटतर्फ इंगित गर्दै भनेका थिए, 'हामी विभागीय टोली हौं। नतिजामुखी हुन्छौं। खेल्न नपाएर बाहिरिने हो भने हामी क्रिकेटबाटै पछाडि हट्न पनि सक्थ्यौं।'
खुलेर अगाडि नआए पनि खेलाडीहरू यसका लागि क्यानलाई नै जिम्मेवार मान्छन्। 'क्यान बिना कुनै योजना नै प्रतियोगिता आयोजना गर्न तम्सिन्छ। वर्षायामको क्रिकेट पनि बिना योजनाकै नतिजा हो। यसले खेलाडीलाई र एउटा टोलीलाई मात्र नभई सम्पूर्ण नेपाली क्रिकेटको संरचनालाई नै असर पारिरहेको छ,' नाम उल्लेख गर्न नचाहने एक खेलाडीको गुनासो थियो।
एसिसी यु–१९ महिला च्याम्पियनसिपको आगामी संस्करण अर्को वर्ष हुनेछ। मिति स्पष्ट भएको छैन। त्यसलाई लक्षित गरेर क्यानले अर्को यु–१९ राष्ट्रिय प्रतियोगिता गर्नुपर्ने हुन्छ। त्यसैले यु–१९ महिला राष्ट्रिय प्रतियोगिता केही समयअघि गर्नुपर्ने थियो। वर्षायाममै जुधाउनुको कुनै तुक छैन। २०५८ मा क्षेत्रीय संरचनामा सुरु हुँदा पुरुष राष्ट्रिय प्रतियोगिताको पहिलो संस्करण जेठमै भएको थियो। वर्षाले प्रतियोगिताका खेलहरू मात्र प्रभावित पारेन, फाइनल नै हुन नदिएपछि विराटनगर समूह चरणको प्रदर्शनका आधारमा विजेता बन्यो। उपविजेता भैरहवाका अगाडि विराटनगरलाई विजेता ट्रफी नभिजाएर हस्तान्तरण गर्न क्यानले होटलमै कार्यक्रम नै गर्नुपरेको थियो।
त्यसको दुई वर्षपछि वर्षायामको क्रिकेट झनै अनौठो थियो। तत्कालीन राष्ट्रिय खेलकुद परिषद् नेतृत्वले राजाको शुभजन्मोत्सवका अवसरमा कुनै इभेन्ट गर्नुपर्ने निर्देशन सबै राष्ट्रिय संघलाई दिएको थियो। क्यान नेतृत्वले त्यसमा क्षेत्रीय संरचनामा राष्ट्रिय प्रतियोगितासरहकै अर्को प्रतियोगिता गर्ने निर्णय गर्योन। त्यो पनि असारमा। एउटै खेल पनि हुन सकेन।
राष्ट्रिय प्रतियोगितामा विराटनगर लगातार तेस्रोपल्ट च्याम्पियन बनिसकेको थियो। त्यो पनि दोस्रोपटक भैरहवालाई फाइनलमा पराजित गरेको। सोही आधारमा शुभजन्मोत्सवमा गरिएको प्रतियोगितामा कुनै खेल नभए पनि विराटनगर विजेता र भैरहवा उपविजेता बने। नेपालका तत्कालीन प्रशिक्षक रोय डायस त्यसलाई 'मिकी माउस' क्रिकेट भन्ने गर्थे। वर्षायाममा गरिने प्रतियोगितालाई विश्लेषण गर्ने हो भने क्यान अझै कार्टुनपात्र 'मिकी माउस' जस्तै नै छ।


अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस