काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको क्यानाडा यात्रा अनिश्चित बनेको छ। क्लब क्रिकेटलाई नियमितता दिन पारस क्यानाडा जानेक्रममा थिए। गत वर्ष ओन्टारियो एकेडेमी क्लबबाट खेलेका पारस यसपल्ट पनि त्यहीं जाने तयारीमा थिए। वैशाखमा विश्व क्रिकेट लिग डिभिजन ३ मा इटालीसँग खेल्दा नै पारसलाई चोट लागेको थियो। काँधको लिगामेन्ट तन्किए पनि पारसले इटालीसँग समूह चरणको अन्तिम खेल र युगान्डाविरुद्धको फाइनल खेल खेलेका थिए। त्यसयता उनले दाहिने हात राम्रोसँग चलाउन सकेका छैनन्।बर्मुडाबाट फर्किएदेखि नियमित फिजियोथेरापी गर्दै आएका पारसले भने, 'चोटका कारण मेरो क्यानाडा जाने सम्भावना अनिश्चित छ। डाक्टरले यो चोट निको हुन अझै साता लाग्छ भनेका छन्। तर, मलाई अझै त्यति समयमा आफू ठीक होलाजस्तो लागेको छैन। तीन सातापछि ठीक नै भएमा गएर खासै केही अर्थ छैन।'
एक सिजनलाई अनुबन्धित हुने भए पनि अगस्ट १७ देखि सिंगापुरमा हुने इमर्जिङ टिम्स कप खेल्न करिब दुई साताअघि नै फर्कनुपर्ने भएकाले पनि पारसको क्यानाडा जाने सम्भावना कमजोर बनेको हो। गत वर्ष पम्पी कन्फ्रेन्सबाट खेल्दै पारसले ओन्टारियालाई प्रिमियर डिभिजन पुग्ने माहोल बनाएका थिए।
पारसले ओन्टारियोबाट ११ खेल खेल्दा उनको टोलीले ७ मा विजय र २ मा पराजय भोगेको थियो। उनले ४१.५६ को औसतमा ३ सय ७४ रन बनाउनुका साथै ११.७३ को औसतमा १३ विकेट लिएका थिए। डिभिजन ४ का लागि पारस नेपाल फर्कंदा ओन्टारियो शीर्ष स्थानमा थियो भने उनी स्वयम् क्लबको सर्वाधिक रन बनाउने खेलाडीमा थिए। मिसिसाउगा रयाम्बर्लससँग पारसले बनाएको ९८ रन ओन्टारियोका खेलाडीको व्यक्तिगत उच्च स्कोर थियो।
पारसको टोलीमा इन्डियन प्रिमियर लिगमा डेक्कन चार्जर्सबाट खेलेका जसकरण सिंह, श्रीलंका 'ए' बाट खेलेका थारिन्डु मेन्डिस र अफगानिस्तान यु–१९ का पूर्वखेलाडी शाहिद अहमादजाइसहितका खेलाडी थिए। उनको टोली सिजनको पहिलो खेलमा पराजित भइसकेको छ।
उपकप्तान ज्ञानेन्द्र मल्ल अहिले ओन्टारियोबाट खेल्न जान लागेका हुन्। त्यस्तै अलराउन्डर वसन्त रेग्मीले डिभिजन २ को टोली जिटिए स्पोर्टस क्लबबाट खेल्ने छन्। दुवै करिब २ महिना क्यानाडामा खेल्न शुक्रबार जाँदैछन्। क्यानाडामा खेल्ने व्यवस्था प्रशिक्षक पुबुदु दासानायकेले मिलाइदिएका हुन्। ज्ञानेन्द्र र वसन्तको खर्च क्लबले नै बेहोर्ने छ।
'त्यहाँको लिग राम्रो हुन्छ भन्ने सुनेका छौं। भारत, वेस्ट इन्डिज, अफगानिस्तानका खेलाडी त्यहाँ खेल्ने भएकाले हाम्रो खेल पनि सुधारिन्छ,' ज्ञानेन्द्रले भने, 'सधैँ एउटै माहोलमा एकै टोलीसँग खेलेका थियौं। अब फरक माहोलमा खेलेर आएपछि क्रिकेट सेन्स बढ्नुका साथै आफ्नो खेल पनि सुधारिन्छ।' क्यानाडामा खेल्नुलाई अवसर र एक्सपोजरका रूपमा लिँदै ज्ञानेन्द्रले भने, 'पारसले त्यहाँ राम्रो खेल्नाले पनि हाम्रो ढोका खुलेको हो। हामीले राम्रो गर्ने हो भने अरुका लागि पनि अवसर आउन सक्छ।'
वसन्तको पनि खासै फरक मत छैन। उनी भन्छन्, 'हामीले क्यानाडामा राम्रो खेल्ने हो भने त्यसको प्रभाव यहाँसम्म पर्छ। नेपालमा पनि राम्रा खेलाडी छन् भनेर धेरैलाई थाहा हुनेछ। त्यसबाहेक त्यहाँ धेरै देशका खेलाडी खेल्ने हुनाले आत्मविश्वासको स्तर पनि बढ्ने अपेक्षा छ।' पछिल्ला वर्षमा वसन्तले डिभिजन ४, एसिसी ट्रफी इलिट र डिभिजन ३ मा गरी १८ खेलमा ४७ विकेट लिएका थिए। यी खेलहरूमा ज्ञानेन्द्रले झन्डै ६ सय रन बनाएका थिए।