कुसुम खतिवडाले ह्याट्रिक गर्दा बुधबार विराटनगर महानगरपालिका मोरङले राजधानीमा जारी राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिका रौतहटविरुद्ध ५–० को सुखद नतिजा निकालेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न खेलमा विराटनगरले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा तीन गोल गरेर फराकिलो जित दर्ता गरेको हो। सुरुआतबाट नै चन्द्रपुरलाई दबाबमा राखेको विराटनगरले १२औं मिनेटमा कुसुमको गोलबाट अग्रता लिएको थियो।
चन्द्रपुरकी गोलकिपर युनिसा राईसँगको वान भर्सेस वानको अवस्थामा उनी गोल गर्न सफल भएकी थिइन्। ३२औं मिनेटमा विराटनगरले अग्रता दोब्बर बनायो। अनु राईले गोल गर्दै पहिलो हाफमा विराटनगरलाई २–० को अग्रता दिलाउन सफल भएकी थिइन्। चन्द्रपुरकी गोलरक्षक युनिसा अगाडि बढेको मौकामा उनी काउन्टर गोल गर्न सफल भएकी थिइन्। विराटनगरले पहिलो हाफमा देखाएको प्रदर्शनलाई दोस्रो हाफमा पनि निरन्तरता दियो। ६३औं मिनेटमा सरिता शेर्पाले गोल गर्दा विराटनगर ३–० ले अघि बढेको थियो। पेनाल्टी बक्सनजिकैबाट प्रहार गरेको कडा सटले जाली चुमेको थियो।
त्यसको ६ मिनेटपछि कुसुमले व्यक्तिगत दोस्रो गोल गर्दा विराटनगरको अग्रता ४–० मा पुग्यो। गोलकिपर र डिफेन्डरबीच तालमेल अभाव देखिएको अवस्थामा कुसुमले गोल गरेकी थिइन्। त्यसपछि एकतर्फी जस्तो देखिएको खेलको ७०औं मिनेटमा गोल गरेर कुसुमले ह्याट्रिक पूरा गरिन्। अग्रता घटाउने प्रयासमा रहेको चन्द्रपुरविरुद्ध कुसुमले काउन्टर गरेर जाली चुमाउँदा जारी प्रतियोगिता उनको पहिलो ह्याट्रिक बनेको हो। कुसुमको ह्याट्रिकसँगै जारी प्रतियोगितामा पाँचौं ह्याट्रिक भएको छ। एपिएफकी सावित्रा भण्डारीले दुई ह्याट्रिक गर्दा आर्मीकी विमला चौधरी र चन्द्रपुरकी सविता रानामगरले एक/एक ह्याट्रिक गरेका छन्।
तीन खेल खेल्दा पहिलो जित निकालेको विराटनगरले तालिकामा ४ अंक बनाएको छ। विराटनगरले पहिलो खेलमा वालिङ नगरपालिका स्याङ्जासँग १–१ को बराबरी खेल्दा दोस्रो खेलमा एपिएफलाई ७–० को नतिजा सुम्पिएको थियो। उता पराजित चन्द्रपुरको यो दोस्रो हार हो। चन्द्रपुरले ३ खेलमा ३ अंक जोडेको छ। चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोलअन्तरले पराजित गरेको थियो भने पहिलो खेलमा भने चन्द्रपुर एपिएफसँग ६–० ले पराजित भएको थियो। प्रतियोगिताअन्तर्गत बिहीबार एन्फा कम्प्लेक्समा दुई खेल हुनेछन्। पहिलो खेल वालिङ नगरपालिका स्याङ्जा र चौदण्डीगढी नगरपालिका उदयपुरबीच हुँदा दोस्रो खेल विभागीय टोलीहरू एपिएफ र नेपाल पुलिसबीच हुनेछ।