नरेश र राजेशको सिकाइ लर्ड्समा
२८ जेष्ठ २०७०
•
८ मिनेट पाठ
नरेश र राजेशको सिकाइ लर्ड्समा
काठमाडौं - युवा ब्याट्सम्यानद्वय नरेश बुढाएर र राजेश पुलामी कोचिङ कोर्स छात्रवृत्तिमा मंगलबार लन्डन जाँदैछन्। विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलोबन क्रिकेट क्लब (एमसीसी) ले उनीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो। उनीहरू ६ साताका लागि त्यहाँ जान लागेका हुन्। विश्व क्रिकेटका नियमहरू परिमार्जित गर्न आइसिसीलाई सहयोग गर्दै आएको एमसिसी सन् १७८७ मा स्थापित क्लब हो।एमसिसीको विकास कार्यक्रमअर्न्तगत कोर्स जुलाई २६ सम्म चल्नेछ। क्रिकेटका लागि मन्दिर मानिने लर्ड्स क्रिकेट मैदान एमसिसीकै स्वामित्वमा छ। मिडलसेक्स क्रिकेट काउन्टी क्लबको लर्ड्स गृहमैदान हो।
लन्डनमा रहेका प्रशान्त कुँवरमार्फत एमसिसीले नेपाल क्रिकेट संघ (क्यान) लाई दुई युवा खेलाडी प्रशिक्षणका लागि पठाइदिन दुई महिनाअघि पत्राचार गरेको थियो। नेपाली राष्ट्रिय टोली एसिसी ट्वान्टी–२० कप खेल्न व्यस्त थियो भने यु–१९ टोली एसिसी यु–१९ इलिट कप तयारीलाई पोखरामा बन्द प्रशिक्षणमा रहँदा खाली बसेका नरेश र राजेशले स्थान पाएका हुन्। 
प्रशिक्षक पुबुदु दासानायकेले नरेश र राजेशको नाम सिफारिस गरेका थिए। एमसिसीले प्रशिक्षण लिने खेलाडीको भिडियो पठाउन भन्यो। नेपालले नरेश र राजेशको भिडियो पठाएपछि एमसिसीले सहमति जनाएको हो। एमसिसीले १६ देखि २३ वर्षसम्मका खेलाडी हुनुपर्ने जनाएको थियो। 
स्वदेश आइपुगेका क्रिकेटप्रेमी कुँवरले नागरिकसँग भने, 'एमसिसीका कार्यकारी प्रमुखसँग मेरो चिनजान थियो, अहिले उनी फेरिसकेका छन्। उनले प्रशिक्षक मार्क एलानसँग परिचय गराइदिए। संयोगले त्यतिखेर नेपाली यु–१९ टोलीले आयरल्यान्डमा राम्रो गरिरहेको थियो। नेपाल दोस्रो भएर यु–१९ विश्वकपमा छानियो। एलानले हुन्छ भनेपछि नेपाली खेलाडी बोलाउने तयारी सुरु गरिएको हो। यसले एमसिसी र क्यानको सम्बन्ध जोडिएको छ। यसलाई अझ माथि लैजानुपर्छ।' कुँवरले भोलिका दिनमा यो सम्बन्धले पारस खड्कासहित अरु खेलाडीलाई त्यहाँको क्लबबाट पनि खेल्ने ढोका खुल्न सक्ने बताए।
इङ्ल्यान्डका स्टार इयान बोथम र फिल टफनेल पनि एमसिसीकै उत्पादन हुन्। अस्ट्रेलियन ब्याट्सम्यान मार्क वा पनि एमसिसीबाटै निखारिएका थिए। एमसिसीले पछिल्ला वर्षहरूमा टेस्ट खेल्ने बाहिर पनि विकास कार्यक्रम लैजाने गरेको छ। आयरल्यान्डका विलियम पोर्टफिल्ड र केभिन ओ'ब्राइन तथा अफगानिस्तानका हमिद हसन र मोहम्मद नाबीले पनि एमसिसीमा आएर आफ्नो प्रतिभा तिखारेका थिए।
एमसिसी टोली विश्व भ्रमणमा जाने गर्दछ। सन् २००३ र २००८ मा गरी एमसिसी दुईपल्ट नेपाल आइसकेको छ। २००३ मा दीपेन्द्र चौधरी र २००८ मा ज्ञानेन्द्र मल्लले एमसिसीविरुद्ध शतक बनाएका थिए। एमसिसीले पछिल्लो भ्रमणमा ज्ञानेन्द्र र पृथु बाँस्कोटालाई लन्डन बोलाएर प्रशिक्षण गराइदिने चासो देखाए पनि नेपालबाट खासै पहल नहुँदा त्यत्तिकै सेलाएको थियो।
'मेरा लागि यो निकै ठूलो मौका हो, म र राजेश निकै भाग्यमानी छौं। सबैले यस्ता अवसर पाउँदैनन्। त्यहाँ गएर केही अभ्यास खेल खेल्नुका साथै अभ्यास गर्नुपर्छ,' नरेशले लन्डन यात्राको पूर्वसन्ध्यामा भने, 'त्यहाँ राम्रो गर्ने हो भने अरु अवसर निस्केला। म्याच एक्सपोजर पाइन्छ। यसले राष्ट्रिय टोलीमा पुग्न सजिलो हुन्छ भन्ने विश्वास छ।'
नरेश एकैपल्ट राष्ट्रिय टोलीमा परेका खेलाडी हुन्। २००९ मा युएईमा भएको एसिसी ट्वान्टी–२० कपबाट टोलीमा परेका थिए। सिंगापुरसँग तेस्रो स्थानको प्लेअफबाट 'डेब्यु' गर्दै उनले अविजित ३२ रन बनाएका थिए। त्यसपछि उनी २०१० को ग्वाङझाउ एसियाली खेलकुदमा पनि राष्ट्रिय टोलीमा परे। राष्ट्रिय टोलीबाट भने उनले अझै एकदिवसीयमा खेल्न पाएका छैनन्। उपकप्तान ज्ञानेन्द्र मल्लको भिसा अनिश्चित हुँदा उनलाई विश्व क्रिकेट लिग डिभिजन ३ का लागि बर्मुडा लागिएको थियो। ज्ञानेन्द्रको भिसा आएपछि नरेश बर्मुडामै रहे पनि उनी १४ सदस्यीय टोलीमा थिएनन्। 
राजेश राष्ट्रिय टोलीको ढोका ढक्ढकाइरहेका खेलाडी हुन्। नेपालको यु–१९ मा भने दुवै खेलाडी प्रभावकारी छन्। थाइल्यान्डमा २०११ को एसिसी यु–१९ इलिट कपमा नेपाल उपविजेता बन्दा नरेशले १ सय २१ को औसतमा १ सय २१ रन बनाएका थिए। राजेशले भने ४ खेलमा ३९ रनमात्र बनाउन सकेका थिए। सोही वर्ष आयरल्यान्डमा भएको आइसिसी यु–१९ विश्व छनोटमा नरेशले नेपालबाट सबैभन्दा बढी २ सय ३२ रन बनाए। उनले ९ खेलमा ३ अर्धशतक बनाएका थिए। 
राजेशले १ सय ८८ रन बनाएका थिए। पपुवा न्युगिनीविरुद्ध उनले बनाएको ९१ रन नेपाली खेलाडीको प्रतियोगितामा उच्च स्कोर थियो। अघिल्लो वर्ष अस्ट्रेलियामा भएको आइसिसी यु–१९ विश्वकप अभ्यास खेलमा नरेशले न्युजिल्यान्डविरुद्ध शतक बनाए पनि प्रतियोगिताभर दुवै ब्याट्सम्यान जम्न सकेनन्।
'ठूलो मौका पाइएको छ। त्यहाँ गएर अभ्यास राम्रो गर्ने, जतिसक्दो धेरै सिक्ने हो। ६–७ खेल अभ्यास खेल खेल्न पाइन्छ, त्यसमा राम्रो गर्ने हो,' राजेशले भने, 'हामीले च्याम्पियन्स ट्रफीका केही खेलहरू पनि हेर्न पाउने सम्भावना छ, त्यसले नयाँ अनुभव प्रदान गर्नेछ।'


अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस