समग्र भक्तपुरको फुटवलको विकासका लागि एउटा संस्थाले निःशुल्क रुपमा बालबालिकाहरुलाई फुटवल प्रशिक्षण दिन थालेको छ। ख्वप किङ फुटवल क्लबले जिल्लाभरका ६ वर्षदेखिमाथिका बालबालिकाहरुलाई यहाँंका खेल मैदानहरुमा हप्तामा एक दिन शनिबार दुई घण्टा निःशुल्क फुटबल प्रशिक्षण दिन थालेको हो।
ख्वप किङ फुटवल क्लब भक्तपुरका संयोजक, अखिल नेपाल फुटबल संघ भक्तपुरका कोच एवं तालिमका प्रशिक्षक धनेश प्रजापतिले समग्र भक्तपुरको फुटबलको विकासका लागि आफूहरुले ६ वर्षदेखि माथिका बालबालिकाहरुलाई हप्तामा एक दिन शनिबार दुई घण्टा निःशुल्क फुटबल तालिम दिंदै आएको जानकारी गराए। यो तालिम अहिले सातौ हप्तामा पुगिसकेको उनले जनाए। 'भक्तपुरमा फुटवलको माहौल बनाऔं भन्ने हिसावले नयाँ पिढीको रुपमा आउने नयाँं पुस्तालाई निःशुल्क तालिम दिन थालेका हौं, तालिम प्रशिक्षक प्रजापतिले सुनाए, उनीहरु आएपछि भक्तपुरको फुटवलले फडको मार्ने विश्वास लिएका छौं।'
क्लबको यो उदाहरणीय कार्यलाई इको प्यानल नेपालले सहयोग गरेको छ। आधुनिक निर्माण सामाग्री कम्पनीको रुपमा रहेको इको प्यानल नेपालले ससाना बालबालिकाहरुलाई निःशुल्क फुटबल प्रशिक्षण दिंदै आएको ख्वप किङ फुटवल क्लब भक्तपुरलाई आर्थिक तथा भौतिक सहयोग गरेको हो। क्लवलाई इको प्यानल नेपालले तालिम सञ्चालनका लागि आर्थिकका साथै व्यानर, लोगो बनाउनलगायतका लागि भौतिक सहयोग गरेको जनाएको छ।
इको प्यानल नेपालको प्रमुख कार्यकारी अधिकृत सीईओ इन्जिनियर कृष्णभक्त दुवालले सामाजिक उतरदायित्व अन्तर्गत आफूहरुले सहयोग गरेको बताए। उनले राम्रो कामका लागि सदा सहयोग गर्न आफ्नो कम्पनी तयार रहेको बताए।
इको प्यानल नेपाल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो। हाल यसका उत्पादनहरु हुने क्रममा छ।