काठमाडौं - प्रतिभा खोज मानिएको विद्यालयस्तरको राष्ट्रिय क्रिकेट आयोजना गर्ने चटारोमा छ क्रिकेट संघ। स्थिति यथावत रहे यसले मनसुनमा पुनः निरन्तरता पाउने छ। नेपाली क्रिकेट भविष्य मानिने युवा खेलाडीको परीक्षा हिलोमा हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद्मार्फत युवा तथा खेलकुद मन्त्रालयसँगको सहाकार्यमा विगत चार वर्षदेखि यो प्रतियोगिता गर्दै आएको छ।मन्त्रालयले छात्र र छात्रामा गरी यो शीर्षकमा १५ देखि १६ लाख रकम विनियोजन गर्दछ। त्यसमा प्रमुख प्रायोजक भएवापत वाइवाइले ५ लाख प्रदान गर्ने गर्दछ। बाँकी अपुग रकम क्यान आफैले बेहोर्छ ।
बजेट हिसाबमा क्यानले आयोजना गर्नेमा विद्यालय प्रतियोगितामा ठूलो पर्दछ। सिनियरतर्फ क्यानले एकदिवसीय र ट्वान्टी–२० मा गरी वार्षिक आयोजना गर्ने प्रतियोगिताको बजेट २२–२३ लाख छ, जुन विद्यालयस्तरकै हाराहारी हो। नेपाली खेलकुदमा स्कुल गतिविधिलाई कुनै पनि खेलको प्रमुख जग मानिए पनि आयोजना पाटोमा क्यानको गतिविधि ठ्याक्क उल्टो जस्तो देखिन्छ।
क्यानले यसपल्ट असारको साइत पारेर प्रतियोगिता गर्न मन्त्रालयमा प्रस्ताव राखिसकेको छ। मन्त्रालयले स्वीकृति प्रदान गरिसके पनि अघिल्लो आर्थिक वर्षको हिसाब फर्स्यौट गर्न बाँकी रहेकाले बजेट दिन केही समय लिएको क्यान सचिव उत्तम कर्माचार्यले बताउँछन्। केही दिनमै बजेट पठाइदिने आश्वासन पाएको उनले बताए। उनका अनुसार बजेट आएलगत्तै प्रतियोगिता हुनेछ।
सचिव कर्माचार्यले बजेट खेर जान्छ भनेर हतारमा माग गरिएको बताए। गत वर्ष क्यानले मन्त्रालयमा प्रस्ताव नपठाउँदा प्रतियोगिता नै भएन। बेलामै तदारुकता नदेखाइएको स्वीकार्दै उनले भने, 'पछिल्ला वर्षहरूमा यो प्रतियोगिता मोफसलमा भएका थिए। क्षेत्रीय समितिले यसको हरहिसाब राख्थ्यो। तर पछिल्ला वर्षहरूमा प्रतियोगिताको हिसाब क्षेत्रीय समितिले ढिला पठाउँदा बजेट समयमा माग्न नसकिएको हो।'
सुरुआती वर्षदेखि नै यो वर्षाबाट प्रभावित छ। सन् २००९ मा पहिलो संस्करण काठमाडौंमा हुँदा कीर्तिपुरको त्रिवि क्रिकेट मैदान र ल्याब स्कुलमा खेलाइएको थियो। असार–साउनमा भएकाले प्रतियोगिता पानीले पूरै प्रभावित भयो। कीर्तिपुर मैदान पुरै भिजेकाले बाहिरपट्टि म्याट राखेर त्रिपाल बिछ््याएर प्रतियोगिता गरिएको थियो।
वर्षाले पुरै प्रतियोगिता प्रभावित पार्नुका बावजुत दाङ र रुपन्देहीबीचको फाइनल पनि बीचैमा बिथोलियो। बलआउटमा रुपेन्देही विजेता बनेको थियो। २० जिल्ला सहभागी प्रतियोगिता दोस्रो संस्करणदेखि क्षेत्रीय स्वरुपमा सारियो। जनकपुरमा दोस्रो तथा वीरगन्ज र कलैयामा तेस्रो संस्करण आयोजना भए। छात्राको तेस्रो संस्करण भैरहवाले आयोजना गर्योथ।
मनसुनसँगै जोडिएर हुने भएकाले प्रतियोगिताको प्रतिफल शून्यजस्तै रहेको सम्बन्धित ज्ञाताहरू बताउँछन्। 'वर्षामा गरिने भएकाले स्कुलहरू पनि बिनातयारी प्रतियोगितामा भाग लिन्छन्। यसले राम्रो प्रतिभा निस्कने गाह्रो भएको धेरैको बुझाइ छ,' एक क्रिकेट प्रशिक्षक भन्छन्, 'बजेट सिध्याउने हिसाबले मात्र प्रतियोगिता गरिँदै आएको छ। खेलाडी छनोटको कुनै दायरा छैन। क्यानले यसलाई जुन रूपमा हेर्नुपर्ने हो, त्यसअनुरुप खासै महत्व पनि दिइएको छैन।'
प्रतियोगिताबाट खासै खेलाडी निस्कन सकेका छैनन्। अहिले राष्ट्रिय स्तरमा खेलिरहेका कलैयाका अमित श्रेष्ठ, रुपन्देहीका सुशन भारी, देवेन्द्र सोमारेजस्ता खेलाडीले पहिलो संस्करण खेलेका थिए। उनीहरूलाई प्रतियोगिताबाट भन्दा पनि जिल्ला र क्षेत्रले उत्पादन गरेका खेलाडी मान्न सकिन्छ। रुपन्देहीकै इखलाख अहमद भने प्रतियोगिताको खोज मान्न हुन्।
सन् २००७ मा एसियाली क्रिकेट परिषद् (एसिसी) ले यु–१५ को संस्करण बन्द गरेपछि क्यानले पनि यु–१५ र यु–१७ राष्ट्रिय प्रतियोगिता बन्द गरेको थियो। उमेर समूहमा यु–१६ र १९ मात्र भएको अवस्थामा स्कुले प्रतियोगिता 'फिडिङ सिस्टम' बसाल्न महŒवपूर्ण हुने क्रिकेट जानकारहरू बताउँछन्। झारो टार्ने हिसाबमै प्रतियोगिता सञ्चालन हुँदै आएपछि अहिले युवा क्रिकेटमा स्तरीय खेलाडीको समस्या देखिएसकेको उनीहरूको विश्लेषण छ।
तर राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवाल वर्षामा आयोजना गर्नु बाहेक प्रतियोगितालाई सकारात्मक रुपमा लिनुपर्ने तर्क राख्छन्। 'स्कुलमा क्रिकेट खेलाउनु निकै राम्रो हो, स्कुलमा प्रतिस्पर्धा सुरु भएको छ। स्कुल आफैले लगानी गर्न लागेका छन्,' उनले भने, 'क्यानले अलिकति रकम थपेर सुहाउँदो समयमा फेस्टिभलजस्तै आयोजना गर्न सके प्रतियोगिताले ठूलो रुप लिन सक्छ।'