अर्जुन कार्कीले बाह्रखरी कर्पोरेट गल्फको उपाधि जितेका छन्। शनिबार पोखराको हिमालयन गल्फ कोर्समा आयोजित कर्पोरेट गल्फमा कार्कीले एक ओभर ३५ को स्कोरसहित उपाधि जितेका हुन्।
स्टेबल फोर्ड ३/४ ह्यान्डिक्यापको आधारमा खेलाइएको खेलमा रवीन्द्र सैनी तीन ओभर ३३ सहित उपविजेता बने। उनी काउन्ट ब्याकमा ३३ स्कोरसहित उपविजेताको हकदार बनेका हुन्। पार ७० को हिमालयन गल्फ कोर्समा बेस्ट ग्रस विजेताको पुरस्कार भने काठमाडौंका गल्फर सुरेन्द्र फुँयालले पाए। उनले २८ स्कोर गरेका थिए।
६० वर्षमाथिको उमेरसमूहमा टेन्डी शेर्पा विजेता हुँदा महिलातर्पm रेखा घिमिरेले सफलता प्राप्त गरिन्। एनसेलको प्रायोजन रहेको बाह्रखरी कर्पोरेट गल्फ प्रतिस्पर्धामा पोखरेली गल्फर बलराम थापाले क्लोजेस्ट टु दी पिनको पुरस्कार प्राप्त गरे। क्याप्टेन नोर्बु शेर्पाले लङ्गेस्ट ड्राइभ र रमेश गुरुङले (तीन बर्डी) सर्वाधिक बर्डीको सफलता प्राप्त गरे। पोखरा–१४ छिनेडाँडास्थित हिमालयन गल्फ कोर्समा एमेच्योर कर्पोरेट गल्फ प्रतियोगिता भने पहिलो पटक आयोजना गरिएको थियो। प्रतियोगिताले पोखरालाई खेलपर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिएको छ।
एमेच्योर गल्फमा पोखराबाट दुई महिलासहित १५ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए। उपाधिका लागि नेपालका ७४ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरेका थिए। विजेतालाई पर्यटनमन्त्री भानुभक्त ढकाल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र हिमालयन गल्फ कोर्सका निर्देशक रोशन केसीलगायतले पुरस्कार प्रदान गरेका थिए।