काठमाडौं - ओपनिङ ब्याट्सम्यान अनिल मण्डल श्रीलंकाको यु–२३ लिग क्रिकेट खेल्न जाने भएका छन्। घरायशी कारण देखाउँदै अर्का ओपनिङ ब्याट्सम्यान तथा विकेटकिपर सुवास खकुरेल श्रीलंकाबाट फर्केपछि अनिल जान लागेका हुन्।
सुवास र अर्का ब्याट्सम्यान प्रदीप ऐरी कुरुनेगाला युथ क्रिकेट क्लबबाट श्रीलंकामा यु–२३ अन्तर क्रिकेट लिग खेल्न जेठ अन्तिम साता कोलम्बो लागेका थिए। प्रशिक्षक पुबुदु दासानायकेले यो वातावरण मिलाइदिएका हुन्। अन्तिम समयमा विनोद भण्डारीको उमेर थोरै बढी भएको पाइएपछि सुवासलाई श्रीलंका पठाइएको थियो।
श्रीलंकाली क्लबले आफ्नो आधिकारिक फेसबुक पेजमा शुक्रबार सुवासको स्थानमा अनिल आउन सम्भावना रहेको जनाएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव उत्तम कर्माचार्यले यसको पुष्टि गर्दै अनिल सोमबार श्रीलंका जान लागेको बताए। 'टिकट व्यवस्था भइसकेको छ, उनले श्रीलंकामै आगमन भिसा लिनेछन्,' कर्माचार्यले जानकारी गराए।
श्रीलंकाली क्लबले सुवासको विकल्पमा अर्को खेलाडी पठाइदिन भनेपछि क्यानले प्रशिक्षक दासानायकेको सिफारिसमा अनिल पठाउन लागेको हो। सचिव कर्माचार्यले भने, 'हामीले पठाएको अनिलको नाममा उनीहरूले सहमति जनाएका छन्। सुवासलाई खर्चेको खानाबस्ने रकममा अनिल कुरुनेगाला क्लबमा बस्ने छन्।' एकमहिने यात्रामा अनिलले पाँच दुईदिवसीय खेलमा कुरुनेगाला टोलीसँग हुनेछन्।
नेपालले अगस्ट १७ देखि २५ सम्म सिंगापुरमा हुने इमर्जिङ टिम्स कपमा प्रतिस्पर्धा गर्दैछ। 'राष्ट्रिय टोली अभ्यास खेल्न श्रीलंका जाँदैंछ। सम्भवत हामी अगस्ट १ मा श्रीलंका पुग्नेछौं,' कर्माचार्यले भने, 'अनिल राष्ट्रिय टोलीमा परेमा त्यतैबाट सिंगापुर लाग्ने छन्।' अनिलले श्रीलंका गएर खेल्नुलाई एउटा राम्रो अवसर भएको बताए। 'त्यहाँ राम्रो अभ्यास हुन्छ। मैले राम्रो अवसर पाएको छु। यहाँ अहिले मनसुन भएकाले अभ्यास गर्ने स्थिति पनि छैन,' अनिलले नागरिकसँग भने, 'पछिल्लो केही समय म फर्ममा नभएजस्तो देखिएको छु। त्यसैले पनि यो मेरा लागि प्रमाणित गर्ने एउटा राम्रो अवसर हो।'
वर्षाका कारण दुई साता पछि सरेको श्रीलंकाको यु–२३ लिग शनिबार सुरु हुँदैछ। सोमबार जाने भएकाले अनिलले पहिलो खेल गुमाउने छन्। प्रदीपले पहिलो अभ्यास खेलमा आफ्नो प्रभाव देखाएका छन्। कुरुनेगालाले केन्डीको असगिरिया क्रिकेट रंगशालामा शुक्रबार इङ्ल्यान्ड यु–२३ युनिभर्सिटी टोलीसँग अभ्यास खेल खेलेको थियो। मैदान भिजेका कारण ३५ ओभरमा छोट््याएको खेलमा ८ विकेटले कुरुनेगाला विजयी भयो।
पहिला ब्याटिङ गरेको इङ्लिस टोली २५ ओभरमा १ सय ७ रनमै सीमित भयो। नेपालका अलराउन्डर प्रदीप ऐरीले अविजित २३ रन बनाएपछि कुरुनेगालाले २० ओभरमै लक्ष्य पार गर्यो। ओपनरमा आएका प्रदीपले ९ बल खेल्दै २ छक्का र २ चौका प्रहार गरे। कुरुनेगालाका छनोटकर्ताले शनिबार सुरु हुने दुईदिवसीय खेलको गल क्रिकेट क्लबसँगको खेलमा उनलाई ओपनरकै रुपमा खेलाउने संकेत गरेको प्रदीपको क्लबले जनाएको छ।
सुवाससँग स्पष्टीकरण
श्रीलंका पुगेर तत्कालै फर्किनुको कारण क्यानले सुवाससँग स्पष्टीकरण माग गरेको छ। श्रीलंका पुगेपछि बिरामी भएर भर्ना भएका सुवास अस्पताल छाडेपछि नेपाल फर्किएका थिए। उनले भने आफू परीक्षा परेका कारण नेपाल फर्किएको बताएपछि क्यानले सुवाससँग बिहीबार स्पष्टीकरण मागेको सचिव कर्माचार्यले बताए। नेपाली खेलाडीको सबै खर्च क्यानले बेहोरेको हो। त्यही हिसाबमा परीक्षा दिनुपर्छ भन्ने थाहा हुँदाहुँदै सुरुमै जानकारी नगराएका कारण सुवाससँग स्पष्टीकरण मागिएको कर्माचार्यले बताए।
'परीक्षा दिन फर्किनुपर्ने थियो। अहिले भने बिरामी भएका कारण म नेपाल फर्किएको हुँ। बिरामी नभएको भए अझै तीन साता श्रीलंकामा बसेर म्याच खेलेर आउँथंे,' सुवासले भने, 'पेटमा इन्फेक्सन भएपछि मैले श्रीलंकामा ३ रात र ४ दिन अस्पतालमा बिताएँ। अझै पनि म पूर्ण स्वस्थ भइसकेको छैन।' विनोद भण्डारी बढी उमेरको पाइएपछि सुवास एकैदिनको खबरमा श्रीलंका लागेका थिए।