सशस्त्र प्रहरी बलको एपिएफ क्लब टाइगर कप क्लब भलिबल च्याम्पियनसिपमा मंगलबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबसँग स्तब्ध हुँदा न्यु डायमन्ड एकेडेमीले सुखद सुरुआत गरेको छ।
पोखरा रंगशालामा आयोजित क्लब च्याम्पियनसिपमा मंगलबार महिलातर्फ एपिएफ पुलिससँग ३–० को सोझो सेटमा स्तब्ध हुँदा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै सुखद सुरुआत गरेको हो। पछिल्ला वर्षयता महिला भलिबलमा प्रभुत्व जमाइरहेको एपिएफले राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा विभागीय डर्बीसँग खराब सुरुआत गरेको छ। पुलिसले एक वर्षपछि एपिएफमाथि जित निकालेको हो।
गत वर्ष फागुनमा नेपालगन्जमा सम्पन्न छैटौं प्रधानमन्त्री कप महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुलिसले एपिएफलाई हराउँदै उपाधि जितेको थियो। मंगलबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको खेलको पहिलो सेटमा एपिएफले चुनौती दिए पनि पुलिसले २६–२४ ले आफ्नो पक्षमा पार्यो।
एपिएफले चुनौती दिए पनि दोस्रो सेट पुलिसले २५–२२ ले आफ्नो बनाउँदा टोली जितको सँघारमा पुग्यो। अन्तिम सेट भने पुलिसले २५–११ ले सहजै आफ्नो बनाउँदै एपिएफलाई करिब एक वर्षपछि हारको स्वाद चखायो। यो हारसँगै चार टोली सहभागी लिगको फाइनलमा स्थान बनाउन एपिएफले बाँकी दुई खेल जित्नै पर्ने भएको छ।
लिगमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। महिलाकै अर्को टोली न्यु डायमन्डले आर्मीमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्यो। टाइगर ग्रुपको आयोजनामा सञ्चालित प्रतियोगितामा पहिलो सेट न्यु डायमन्डले २५–१२ ले सहजै आफ्नो बनाउँदै आर्मीमाथि हाबी हुने संकेत देखायो। तर, आर्मीले दोस्रो र तेस्रो सेट आफ्नो बनाउँदै उल्टै डायमन्डमाथि दबाब बनायो। आर्मीले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१८ ले आफ्नो बनाएको थियो।
चौथो सेटमा भने आर्मीले अन्तिमतिर लय गुमाउँदा खेल निर्णायक सेटतर्फ धकेलियो। उक्त सेट डायमन्डले २७–२५ ले जितेको थियो। रोमाञ्चक बनेको निर्णायक सेट पनि डायमन्डले १५–१३ ले आफ्नो बनाउँदै आर्मीविरुद्ध उत्कृष्ट पुनरागमन गर्यो।
पुरुषतर्फ भने गण्डकी प्रदेश घरेलु कोर्टमा नेपाल पुलिस क्लबसँग पराजित भएको छ। पुलिसले गण्डकीलाई सोझो सेटमा पराजित गरेको थियो। पहिलो सेटमा पुलिसलाई २७–२५ ले चुनौती दिएको गण्डकीले त्यसपछि भने २५–२१ र २५–२२ ले सहजै सुम्पियो।
प्रतियोगितामा महिला र पुरुष दुवै टोलीका विजेताले नगद एक लाख ५० हजार, उपविजेताले ७५ हजार, तेस्रो हुने टोलीले भने ३५ हजार रूपैयाँ पुरस्कार पाउनेछन्। सान्त्वना पुरस्कार १५/१५ हजार रूपैयाँ प्रदान गरिनेछ। महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीले २० हजार पाउँदा विधागत उत्कृष्टअन्तर्गत सर्भर, सेटर, ब्लकर, डिफेन्डर र स्पाइकरले ५/५ हजार रूपैयाँ प्राप्त गर्नेछन्।