एक सेटले पछाडि परेको अवस्थालाई उल्ट्याउँदै गण्डकी प्रदेशले नेपाल आर्मी क्लबमाथि ३–१ सेटले पराजित गर्दै बुधबार पहिलो जित आत्मसाथ गरेको छ । उत्कृष्ट पुनरागमन जित निकाल्ने क्रममा गण्डकी लगातार दोस्रो, तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै विभागीय टिम विरुद्ध रवाफिलो बन्यो ।
पोखरा रंगशालामा पहिलो सेट प्रतिस्पर्धात्मक अवस्थामा गुमाएर पछि परेको गण्डकी प्रदेशले घरेलु कोर्टमा आर्मीमाथि पुनरागमन गर्दै चौथो सेटमा आईपुगेर जित सुनिश्चित बनायो । आर्मीले पहिलो सेट २५–२२ मा लिदैं गण्डकी प्रदेशलाई दबावमा राख्यो । तर घरेलु दर्शक र घरेलु कोर्टको फाईदा उठाँउदै गण्डकी प्रदेश दोस्रो सेटमा लयमा फर्कियो ।
दोस्रो सेटमा ३–६ लेपछि परेको स्थितिमा गण्डकी प्रदेश लगातार १३ अंक जोड्दै १६–६ को स्थितिमा पुर्यायो । आर्मीको स्पाईकलाई ब्लक गर्दै अंक जोड्यो । कप्तान हरि पाण्डेको उत्कृष्ट स्पाईकमा समेत एकपछि अर्को गरी अंक थपिएपछि दोस्रो सेट भने गण्डकी प्रदेशले २५–१४ मा लिदैं बराबरी गर्यो ।
तेस्रो सेटमा पनि आर्मीलाई खासै मौका भने गण्डकी प्रदेशले दिएन् । २५–१८ मा तेस्रो लिएपछि गण्डकी प्रदेश जितको संघारमा पुग्यो । चौथो सेटमा भने आर्मीले केही समय रेफ्रीको निर्णयलाई अस्वीकार गर्दै कोर्ट बाहिर रह्यो । आर्मीले उठाएको बललाई रेफ्रीले फउल दिएपछि आक्रोशित आर्मी केही मिनेट कोर्ट बाहिर बस्दै निर्णयको विरुद्धमा रह्यो । चौथो सेट १८–१५ को स्थितिमा आर्मी पछि थियो । कोर्टमा फर्किएको आर्मीलाई प्रदेशले २५–१७ सेटमा सुम्पिएपछि खेलको नजिता गण्डकी प्रदेशको पक्षमा पुग्यो । टाईगर ग्रुप पोखराको आयोजनामा सञ्चालित महिला तथा पुरुष टाईगर कप क्लब च्याम्पिनयसिप अन्तर्गत पुरुषको दोस्रो खेल दुई विभागीय क्लब बीच प्रतिस्पर्धा हुदैं छ । नेपाल प्रहरीले शसस्त्र प्रहरीसँग प्रतिस्पर्धा गरेको छ ।