आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच आगामी मार्चमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर ओमानमा हुने तय भएको सिरिज स्थगित भएको जनाएको हो।
क्यानका अनुसार कोरोनाको बढ्दो प्रभावको कारण लामो क्वारेन्टिनको प्रावधान र विभिन्न देशहरुले भ्रमणमा गरेको कडाइका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अर्को सूचना नआएसम्मको लागि सिरिज स्थगित गरेको हो।
ओमानमा हुने सिरिज आगामी मार्च १९ देखि २८ का लागि तय गरिएको थियो।
नेपालले क्यानडासँग खेल्ने ३ एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार सार्वजनिक गरेको तालिका नुसार नेपाल र क्यानडाबीचको खेल पर्सिदेखि सुरु हुँदैछ।
क्यानका अनुसार नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल माघ २५ गते बिहान ९ बजेबाट सुरु हुनेछ। यस्तै दोस्रो खेल २७ माघ र तेस्रो खेल २९ माघमा हुनेछ। खेल त्रिवि किक्रेट मैदान किर्तिपुरमा हुनेछ।
क्यानडासँगको खेलका लागि रोहित पौडेलको कप्तानीमा टिमको घोषणा गरिएको छ। जसमा आशिफ शेख, कुशल भुर्तेल, देव खनाल, भिम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह रहेका छन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...